प्रेम रसाइली र सविना योगीको मौलिक तिज गीत “मायालु” सार्वजनिक
वि.सं.२०८२ साउन ७ बुधवार १३:३५
काठमाडौं। सांस्कृतिक एवम धार्मिक पर्वहरुलाई मध्यनजर राख्दै सार्वजनिक गरिने गीत संगीतहरुको महत्त्व छुट्टै छ। तर पनि यही वाहनामा मौलिकत भड्किने गीत संगीतहरुको विगविगि छ।
यही परिस्थितिमा यतीवेला भने लोकदोहोरी गायक एवम सर्जक प्रेम रसाइलीले सविना योगीको साथमा मौलिक तिज गीत “मायालु” प्रेम रसाइली युटुव च्यानल मार्फत सार्वजनिक गरेका छन्।
प्रस्तुत गीतमा प्रेम रसाइलीको शब्द संगित रहेको छ भने आवाजमा प्रेम रसाइलीलाई लोक दोहोरी गायीका सविना योगीले साथ दिएकी छिन्। संगित संयोजनको पाटो अर्जुन थापाले सम्हालेका छन् भने सम्पुर्ण अडियो मारुनी स्टुडियोमा सम्पन्न भएको हो।
अर्जुन थापाको निर्देशनमा बनेको प्रस्तुत गीतमा शुशिल डाँगीले छायांकन र सम्पादन गरेका छन् । अस्मिता रणपाल र गोविन्द विवशले नृत्य गरेको गीतमा कोरियोग्राफी भने समिर ठोकरको रहेको छ ।
गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।
वि.सं.२०८२ साउन ७ बुधवार १३:३५















