युबिन ढुंगानाको तीज बिशेष गीत “मैदानै थर्कियो” सार्वजनिक

वि.सं.२०८२ साउन २६ सोमवार ०७:२९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। हिन्दु नारीहरुको महान चाड हरितालिका तीज आउन बाँकी नै छ। तर पनि तीज गीतहरु आउनेक्रम जारी छ।
सोही क्रममा युबिन ढुंगानाको तीज बिशेष गीत “मैदानै थर्कियो” केही दिन अघी सार्वजनिक भएको छ। यस गीतमा अस्मिता अधिकारी र सञ्जय श्रीपालको स्वर रहेको छ भने लोकराज अधिकारीको शब्द, सञ्जय श्रीपालको संगीत, एरेञ्ज, मिक्सिङ रहेको छ।
भिडियोमा शिवन पोखरेलको निर्देशन, सरोज शाहीको छायांकन, टेकेन्द्र शाहको सम्पादन रहेको छ। उक्त गीतको भिडियोमा युबिन ढुंगाना, रिचा थापा, नेपाली ब्रो, सपना जनक आदीको अभिनय रहेको छ।
यस गीतलाई युबिन ईन्टरटेनमेन्टबाट सार्वजनिक गरिएको हो। भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

वि.सं.२०८२ साउन २६ सोमवार ०७:२९