सुनितामी परियारको विशेष प्रस्तुती, संगीता परियारको स्वर र नितु कोइरालाको अभिनय रहेको नयाँ तीज गीत “सिउँदोमा सिन्दुर​” सार्वजनिक

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। हिन्दु नारीहरुको महान चाड हरितालिका तीज आउन बाँकी नै छ। तर पनि तीज गीतहरु आउनेक्रम जारी छ।

सोही क्रममा लोकगायिका सुनितामी परियारको विशेष प्रस्तुती, संगीता परियारको सुमधुर स्वर र कलाकार नितु कोइरालाको अभिनय रहेको नयाँ तीज गीत “सिउँदोमा सिन्दुर​” सार्वजनिक गरिएको छ। यस गीत सुनितामी परियारको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

मुम्बईमा छायाङ्कन गरिएको यस गीतको निर्देशन कर्ण चापागाईंले गरेका छन। गीतमा लक्ष्मण रायमाझी र विमल कौशलको शब्द, जीवन परियार र लक्ष्मण रायमाझीको संगीत तथा सुनितामी परियार र संगीता परियारको स्वर रहेको छ।

गीतमा महेश पाण्डेको एरेञ्ज, विमल छिनालको मिक्सिङ, लक्ष्मण सेञ्चुरी स्टुडियोमा रेकर्डिङ गरिएको हो। सिनेमाटोग्राफी बेद प्रसाद पाण्डेले गरेका छन भने गीतको सम्पादन तथा पोस्टर डिजाइन असिम चन्द्र विश्वकर्माले गरेका हुन्।

रंग संयोजनमा राजकुमार मगर, मेकअप आर्टिस्ट रुबी शर्मा, र कोरियोग्राफी हरीश विश्वकर्माको रहेको छ। पोस्ट–प्रोडक्सन कार्य रेड मून पोस्ट प्रोडक्सनले सम्हालेको हो।

गीतको छायांकन भारतको फिल्म नगरी मुम्बईमा गरिएको हो। यस म्युजिक भिडियोमा अभिनय गर्न पाएकोमा अत्यन्त खुसी लागेको कलाकार नितु कोइरालाले प्रतिक्रिया दिँदै भनिन्, “यस अवसरका लागि निर्माण पक्ष र सम्पूर्ण सहयोगी मित्रहरूलाई धन्यवाद तथा आभार व्यक्त गर्दछु।”

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

वि.सं.२०८३ भदौ १० बुधवार ०९:५५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

वि.सं.२०८३ भदौ ९ मंगलवार १२:२६

काठमाडौँ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा एकै मञ्चमा १४...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...