सुदन गुरुङ्गलाई पत्रकार अनिल गुरुङ्ग माथि विश्वास नभएकै हो त ?

राजधानीबाट अनगिन्ती सञ्चारकर्मीको जम्बो टोली लिएर गोरखा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा उम्मेदवार सुदन गुरुङ पछिल्लो समय चर्चामा छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दिएसँगै गुरुङ आफ्नो क्षेत्रमा सक्रिय चुनावी प्रचार–प्रसारमा जुटिरहेका छन् । तर राजधानीबाट विभिन्न सञ्चारमाध्यमका पत्रकारहरू सहभागी गराइँदा गोरखाकै स्थायी बासिन्दा, स्थानीय गोर्खाली पत्रकार अनिल गुरुङलाई भने उक्त मिडिया टोलीमा समेटिएको नदेखिँदा यो विषय अहिले सामाजिक सञ्जालमा बहसको केन्द्र बनेको छ ।

 

विशेषगरी ‘आफ्नो क्षेत्र, आफ्नो माटो र आफ्नो समुदायबाट निरन्तर पत्रकारिता गर्दै आएका पत्रकारलाई किन बेवास्ता गरियो ?’ भन्ने प्रश्न यतिबेला उठ्न थालेको छ ।गोरखामा जन्मेका पत्रकार अनिल गुरुङ विगत करिब एक दशकदेखि पत्रकारिता क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका गुरुङ पत्रकार अनिल गुरुङलाई मिडिया टिममा नसमेटिनु सामान्य संयोग मात्र हो कि नियोजित बेवास्ता ? भन्ने जिज्ञासा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उठाइरहेका छन् ।

 

अझ उम्मेदवार स्वयं गुरुङ समुदायका प्रतिनिधि भएकाले पनि ‘एक गुरुङ भएर अर्को गुरुङ पत्रकारलाई किन खोजी गरिएन ?’ भन्ने प्रश्नले थप चासो पाएको छ ।यसै सन्दर्भमा पत्रकार अनिल गुरुङले आफ्ना नजिकका केही पत्रकारसँग अनौपचारिक कुराकानीका क्रममा दुःख र असन्तुष्टि व्यक्त गरेको स्रोतले जनाएको छ । उनका अनुसार, “प्रस्ताव आएको थिएन भन्न मिल्दैन, तर कसैको गुलामी गरेर जानु भन्दा पनि आफ्नो भेग, आफ्नो माटो र आफ्नै समुदायबाट उम्मेदवारी दिएका व्यक्तिबाट नै सम्मानजनक प्रस्ताव आएको भए कुनै पनि शर्त र मागबिना साथ दिन तयार थिएँ,” भन्ने धारणा उनले राखेका छन् ।

 

उनको यो अभिव्यक्तिले स्थानीय पत्रकारहरूलाई राजनीतिक अभियानमा केवल प्रयोगको माध्यम बनाइन्छ कि सम्मानका साथ साझेदार ? भन्ने गम्भीर प्रश्नसमेत उठाएको छ । राजधानी केन्द्रित मिडियालाई प्राथमिकता दिँदा स्थानीय पत्रकारहरू उपेक्षित हुनु नयाँ विषय नभए पनि यसपटक यो विषय समुदायगत र भावनात्मक रूपमै जोडिएर आएको देखिन्छ । यता उम्मेदवार सुदन गुरुङ भने आफ्नो मौलिक गुरुङ पहिरनमा कार्यकर्ताहरूको उत्साहजनक उपस्थितिसहित गाउँ–गाउँ पुगेर चुनावी प्रचारमा सक्रिय देखिएका छन् ।

 

राजधानीबाट पुगेको मिडियाको ठूलो टोलीले उनको गतिविधिलाई व्यापक रूपमा कभर गरिरहेको छ । तर त्यही भिडमा गोरखाकै गुरुङ पत्रकार अनिल गुरुङ नदेखिनुले प्रश्नको घेरो झनै फराकिलो बनेको छ । सामाजिक सञ्जालमा कतिपयले यो विषयलाई ‘गुरुङ युवाहरूलाई राजनीति, पत्रकारिता र अन्य क्षेत्रमा किन दबाउने प्रयास गरिन्छ ?’ भन्ने ठूलो बहससँग जोडेर हेरिरहेका छन् । नयाँ सोच, नयाँ जोश र नयाँ जागरण बोकेका युवाहरूलाई अगाडि ल्याउने प्रतिबद्धता व्यक्त गर्ने नेताहरूले व्यवहारमा कत्तिको समावेशी भूमिका खेल्छन् भन्ने प्रश्न पनि सँगै उठेको छ ।

 

यद्यपि, यति सबै असन्तुष्टि र पीडाका बाबजुद पनि पत्रकार अनिल गुरुङले व्यक्तिगत कुण्ठा भन्दा माथि उठेर उम्मेदवार सुदन गुरुङलाई शुभकामना दिएका छन् । उनले अन्त्यमा भनेका छन्, “धेरै धेरै शुभकामना सुदनजी । तपाईंले वास्ता नगरे पनि तपाईंलाई हरपल हाम्रो मिडियाबाट साथ र सपोर्ट रहनेछ ।” यसरी एकातिर समावेशिता, विश्वास र स्थानीय प्रतिनिधित्वको बहस चर्किँदै गएको छ भने अर्कोतर्फ पत्रकार अनिल गुरुङको यो अभिव्यक्तिले पत्रकारिताको पेशागत मर्यादा, आत्मसम्मान र सिद्धान्तलाई पनि उजागर गरेको छ । यो विषय अब केवल व्यक्तिगत गुनासोमा सीमित नरही गोरखा र गुरुङ समुदायभित्रै गहिरो विमर्शको विषय बनेको छ

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

बैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठगी गर्ने कलाकार तथा मेकअप आर्टिष्ट शान्ती लिम्बु बिरुद्ध ठगी मुद्धामा जाहेरी, नेपाल प्रहरीद्धारा खोजी कार्य जारी

बैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठगी गर्ने कलाकार तथा मेकअप आर्टिष्ट शान्ती लिम्बु बिरुद्ध ठगी मुद्धामा जाहेरी, नेपाल प्रहरीद्धारा खोजी कार्य जारी

वि.सं.२०८३ वैशाख २३ बुधवार ०७:१४

काठमाडैं। केही बर्ष यता बैदेशिक रोजगारीको शिलशिलामा ठगी गर्ने गिरोह...

म्युजिक भिडियो कलाकार संघ नेपालद्धारा बिशिष्ट कलाकार र बरिष्ठ कलाकारहरुको रुपमा को को भए त सम्मानित ? (बिबरण सहित)

म्युजिक भिडियो कलाकार संघ नेपालद्धारा बिशिष्ट कलाकार र बरिष्ठ कलाकारहरुको रुपमा को को भए त सम्मानित ? (बिबरण सहित)

वि.सं.२०८३ वैशाख १९ शनिवार १४:२३

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...