पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक
वि.सं.२०८३ वैशाख ११ शुक्रवार १३:४१
काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि अर्को कलाकारहरुले नयाँ नयाँ गीत सार्वजनिक गर्ने होडबाजी चलिरहेको छ। सोही क्रममा पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक भएको छ।
यस गीतमा सुजन बराईली र चर्चित गायिका देबी घर्तीको स्वर रहेको छ चने चर्चित सर्जक प्रल्हाद सुबेदीको शब्द, सुजन बराईलीको संगीत रहेको छ। गीतलाई रमेश सञ्चुरीले एरेञ्ज गरेका हुन् भने श्यामश्वेत रसाईलीले मिक्सिङ गरेका हुन्। यस गीतलाई पर्वतको मल्लाजमा छायांकन गरिएको हो।
सो गीतको भिडियोमा कुमार केसीको निर्देशन रहेको छ भने अमृत चापागाईको सम्पादन रहेको छ। उक्त गीतको भिडियोमा सुजन बराईली, उशु भट्टराई, रियोश बराईली, करुणा नेपाली आदीको अभिनय रहेको छ। यस गीतलाई सुजन बराईलीको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला।
वि.सं.२०८३ वैशाख ११ शुक्रवार १३:४१















