बागलुङ गैरागाउँ – काठमाडौ विश्वकर्मा समाजको ७औं बार्सिक साधारण सभा सप्पन्न

काठमाडौं। बागलुङ गैरागाउँ – काठमाडौ विश्वकर्मा समाजले आफ्नो ७औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। समाजले जेठ १६ गते काठमाडौंको सामाखुसी स्थित क्वालिटी क्याफेमा एक औपचारिक कार्यक्रम सहित आफ्नो वार्षिकसभा सम्पन्न गरेको हो।

समाजको ७औं वार्षिक साधारण सभामा समाजका अध्यक्ष सरोज विश्वकर्माको अध्यक्षता रहेको थियो भने प्रतिनिधि सभा सदस्य माननिय खगेन्द्र सुनारको प्रमुख आतिथ्यता रहेको थियो। त्यस्तै गण्डकी प्रदेश संघिय सदस्य माननिय दिलमाया पबिको विशिष्ट आतिथ्यता रहेको थियो। कार्यक्रममा नेपाल दलित उत्पीडित केन्द्रका अध्यक्ष नन्दराज घतानी , चचन्द्रागिरी बिश्वकर्मा समाजकाअध्यक्ष रत्न बिश्वकर्मा, पुर्व अध्यक्ष नारायण विश्वकर्मा, संस्थापक कोषाध्यक्ष होममान बिश्वकर्मा, नेपाल दलित उत्पिडित केन्द्रका महासचिव कमल बिम्ब, राष्ट्रिय कलाकार कमल बिक लगायततको उपस्थिती रहेको थियो।

सह सचिव प्रविन रामदाम स्वागत मन्तव्यका साथ प्रारम्भ भएको उक्त कार्यक्रमको सञ्चालन सचिव किशन विश्वकर्माले गरेका थिए। ७औं वार्षिक सभा र कार्यक्रमको उदेश्यबारे उपाध्यक्ष राम बिकले आफ्नो मन्तव्यमा प्रकाश पारे। सभामा धनमाया बिश्वकर्मा, शुकलाल बिश्वकर्मा, प्रकाश रामदाम र मदन बिश्वकर्माले समाजको नयाँ आजिवन सदस्यता ग्रहण गरेका थिए।

कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा माननीय खगेन्द्र सुनारले अबका दिनमा देश भरीका दलितहरु एक जुट भएर प्रत्यक्ष चुनावमा आफ्नो सत प्रतिशत उपस्तिती जनाई राज्यसत्ता चलाउने स्थानमा पुग्नु पर्ने कुरामा जोड दिए। समाजका अध्यक्षले बाग्लुङ – काठमाडौं एम्बुलेन्स संचालन गर्ने र काठमाडौंमा बिश्वकर्मा समाजको किरियापुत्री घर बनाउने भाबी योजना रहेको कुरा बताए। साथै माननिय दिलमाया पबीले आफु सधै बाग्लुङ जिल्ला र जिल्लाबासी साथमा रहेको कुरा प्रस्ट्याइन।

अन्तिममा नेपाल दलित उत्पिडित केन्द्रका महासचिव कमल बिम्बले यो सम्पर्क समाज सबैको लागि अपरिहार्य कुरा रहेकोले सक्ने सहयोग गरी समाजको कोषलाई बलियो बनाउन सकेमा अप्ठ्यारो र दुखमा परेकाले यहि कोषबाट सहयोग लिन सक्ने अवधारणा राखी समाजलाई दीर्घकालीन र दिगो रुपमा स्थापित गर्न सबैले आ-आफ्नो स्थानबाट योगदान गर्नु पर्ने कुरामा जोड पनि दिएका थिए।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

वि.सं.२०८३ भदौ १० बुधवार ०९:५५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

वि.सं.२०८३ भदौ ९ मंगलवार १२:२६

काठमाडौँ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा एकै मञ्चमा १४...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...