“जय नेपाल यात्रा – २०८३” अन्तर्गत धनकुटामा उत्पादन संस्कृति र आर्थिक राष्ट्रवाद नेपाली कांग्रेसमा अन्तरसम्वाद कार्यक्रम सम्पन्न

धनकुटा। जय नेपाल फाउण्डेसनको राष्ट्रिय अभियान “जय नेपाल यात्रा – २०८३” अन्तर्गत धनकुटामा आयोजना भएको विशेष वैचारिक अभियान उत्पादन संस्कृति र आर्थिक राष्ट्रवाद नेपाली कांग्रेसमा अन्तरसम्वाद कार्यक्रम सम्पन्न भएको छ। विगत लामो समयदेखि प्रजातान्त्रिक समाजवाद, सुशासन, आर्थिक समृद्धि र सामाजिक रूपान्तरणको क्षेत्रमा बैचारिक तथा रचनात्मक बहस पैरवी गर्दै आएको संस्था जय नेपाल फाउण्डेशनको धनकुटा जिल्ला शाखाले अन्तरसम्वाद कार्यक्रम आयोजना गरेको हो।

सकारात्मक सोच र निरासाको अन्त गर्ने अभियान स्वरुप “जय नेपाल यात्रा – २०८३” को देशव्यापी सञ्चालन गर्ने उद्देश्यका साथ धनकुटा जिल्लाबाट सुरुवात गरिएको हो। धनकुटामा एक विशेष र समसामयिक वैचारिक मन्थनको कार्यक्रम आयोजना गरिएकोमा खुसी व्यक्त गर्दै प्रमुख अतिथि नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईले नयाँ पुस्तालाई उत्पादनसँग जेड्ने कार्यमा सरिक गराउन जरुरी छ भन्नुभयो।

यस संस्थाले आगामि दिनमा सञ्चालन गर्ने यस्ता रचनात्मक कार्यक्रमहरुको सफलताको समेत कामना गर्नुभयो। संस्थाको तर्फबाट संस्थाका केन्द्रिय अध्यक्ष बद्री अर्यालले यो यात्रा सबै जिल्लामा निरन्तर रहने जानकारी गराउँनुभयो। नेपालको वर्तमान आर्थिक परिदृश्य, युवा पलायनको विकराल अवस्था र राजनीतिक दलका नीतिगत स्पष्टताको आवश्यकतालाई मध्यनजर गर्दै देश व्यापी अभियान सञ्चालन गर्ने पनि अर्यालले बताउनुभयो।

नेपाल महिला संघकी धनकुटा अध्यक्ष तथा जिल्लाबाट संविधान सभामा प्रतिनित्व गर्ने लीला सुब्बाले युवाको हित र जागरणमुखि कार्यक्रमको मुक्तकण्ठले प्रशंसा गर्दै यात्रा सफलताको कामना गर्नुभयो। अभियाका अर्का सदस्य तथा साना तथा मझौला व्यवसायी महासंघका अध्यक्ष हरि पराजुलीले व्यवसाय विहिन राजनीतिको आकर्षण कमजोर रहेकाले उत्पादनमुखी व्यवसायमा सबै संलग्न हुनुपर्ने र त्यसका लागि मल बिउ र बजारको समेत व्यवस्था गर्न आफ्नो सहयोग रहने बताउनुभयो।

लोक गायक विमलराज क्षेत्रीको गरे के नै हुन्न र हाम्रो देशैमाु बोलको गीत आफ्नै सुमधुर स्वरले गुञ्जायमान भएको कार्यक्रममा यशोधा दाहाल, निर्मल ओझा, जयन्द्र घिसिङ, राजन पौडेल लगायतले सम्बोधन गर्नु भएको थियो भने जय नेपाल फान्डेशन, धनकुटाका संयोजक खेमराज पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

वि.सं.२०८३ असार २५ बिहीवार १३:३९

सहरसा (बिहार)। भारतको बिहार राज्यस्थित सहरसामा आयोजित "रक्तदाता महाकुम्भ–२" कार्यक्रममा...

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

वि.सं.२०८३ असार २५ बिहीवार ०९:१४

काठमाडौं। नेपाली सङ्गीत क्षेत्रमा आफ्नो सुमधुर स्वरले लाखौँ श्रोताको मन...

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

वि.सं.२०८३ असार २१ आइतवार ०७:०६

काठमाडौं। धुनीबेशी नगरपालिकामा आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीलाई परेको...

साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित “संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न

साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित “संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न

वि.सं.२०८३ असार २० शनिवार १२:४७

काठमडौं। साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित "संगीत र...