गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक
वि.सं.२०८३ असार २७ शनिवार ०९:२३
काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ गीतहरू सार्वजनिक भइरहेका छन्। सोही क्रममा गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” केही दिन अघी सार्वजनिक भएको छ। गायिका पार्वती बिश्वकर्मा हाल उनकै बिरामी श्रीमान प्रकाश ज्ञवालीको उपचार खर्च जुटाउन र साना साना छोरा छोरीको भबिश्य निर्माणका लागी खाडी मुलुक दुबईमा परिश्रम गरिरहेकी छिन्।
जिविकोपार्जन मात्र नभई जिवनमा थप चुनौतीहरु आएपछि पार्वती बिश्वकर्मा बिदेशिन बाध्य भएकी हुन्। यस अघी पार्वती काठमाडौंमा दोहोरी साँझमा गीत गाउदै आएकी थिईन्। बिरामी श्रीमान र साना साना छोरा छोरीकोको याद आएपछि यो गीत उनीहरुकै सम्झनामा तयार पारेको कुरा पार्वती बिश्वकर्माले बताएकी छिन्।
“तिम्रो याद” गीतमा पार्वती बिश्वकर्माको स्वर रहेको छ भने पार्वती बिश्वकर्माकै शब्द, संगीत र रमेश सेञ्चुरीको एरेञ्ज, हेमराज डाँगीको मिक्सिङ रहेको छ। तिम्रो याद नामक गीतमा भुपेन्द्र रानाको कथा, निर्देशन रहेको छ भने रमित बोहराको छायांकन, अनिल बिष्ट प्युठानीको सम्पादन रहेको छ।
उक्त गीतको भिडियोमा मोहन नेपाली र आयुश्मा कार्कीको अभिनय रहेको छ। यस गीतलाई प्रकाश पार्वती युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।
वि.सं.२०८३ असार २७ शनिवार ०९:२३















