राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)
वि.सं.२०८३ असार २७ शनिवार १२:०२
काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ गीतहरू सार्वजनिक भइरहेका छन्। सोही क्रममा लोक गायक रामकुमार कार्कीको पृथक एबं मार्मिक गीत “डुब्नै लाग्या घामको” केही दिन अघी सार्वजनिक भएको छ।
यस गीतमा राम कुमार कार्की र चर्चित गायिका देवी घर्ती मगरको स्वरमा रहेको रहेको छ। गीतमा शब्द तथा संगीत रामकुमार कार्की कै रहेको छ। गीतलाई गोबिन्द अनेकले एरेञ्ज गरेका हुन् भने नेपालका चर्चित ध्वनी सम्पादक श्यामश्वेत रसाईलीले मिक्सिङ गरेका हुन्।
सो गीतको भिडियोमा राम कुमार कार्की स्वयंले निर्देशन गरेका हुन् भने प्रकाश खड्काको छायांकन, मनोज कार्कीको सम्पादन रहेको छ। उक्त गीतको भिडियोमा जगेन्द्र बस्नेत, शर्मिला पौडेल, केशव बहादुर कार्की, निर बहादुर घिमिरे (पूर्ण), ईश्वरी कुमारी कार्की र मित्रा देवी कार्की आदीको अभिनय रहेको छ।
भिडियोमा ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र जिन्दगीका कथाहरुलाई समेट्ने प्रयास गरिएको छ। सार्वजनिक भएको केही दिन यता गीतले धेरै दर्शकहरुको मन जित्नुका साथै सकारात्मक सन्देश पाउन थालेको छ। “डुब्नै लाग्या घामको” नामक गीतलाई राम कुमार कार्की कै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।
वि.सं.२०८३ असार २७ शनिवार १२:०२















