वसन्त थापा र अञ्जिता विश्वकर्माको स्वरमा नयाँ लोक दोहोरी गीत “बैंशैमा नगरकोट” सार्वजनिक

काठमाडौं । चर्चित गायक एबं संगीतकार वसन्त थापा र गायिका अञ्जिता विश्वकर्माको स्वरमा रहेको नयाँ लोकदोहोरी गीत “बैंशैमा नगरकोट” सार्वजनिक भएको छ। सार्वजनिक भएको छोटो समयमै गीतले दर्शक श्रोता माझ चर्चा बटुल्न थालेको छ।

 

मानवीय जीवनका दुई महत्वपूर्ण पाटो युवा अवस्था र बुढ्यौलीलाई रोचक, रमाइलो र कलात्मक ढंगले प्रस्तुत गरिएको गीतमा प्रेम, उमेर र जीवनका विभिन्न अवस्थालाई मनोरञ्जनात्मक शैलीमा चित्रण गरिएको छ।

 

गीतका शब्द नवराज पन्तले लेखेका हुन् भने संगीत वसन्त थापाकै रहेको छ। गीतमा निराक थापाको संगीत संयोजन रहेको छ। गीतको भिडियोमा सुरेश कोहोली र जुना विश्वकर्माको अभिनय रहेको छ। भिडियोमा उनीहरू एकातिर आधुनिक पहिरनमा मोटरसाइकलमा हुइँकिएका रोमान्टिक युवा प्रेमीका रूपमा देखिन्छन् भने अर्कोतिर परम्परागत भेषभूषा, सेतो कपाल र वृद्धको भूमिकामा रमाइलो अभिनय मार्फत जीवनका फरक–फरक चरणलाई प्रस्तुत गरेका छन्।

प्रकाश भट्टको निर्देशन रहेको भिडियोमा नगरकोटको मनमोहक प्राकृतिक सौन्दर्यसँगै काठमाडौं उपत्यकाका ऐतिहासिक मठ–मन्दिर तथा प्राकृतिक दृश्यलाई भिडियोमा कलात्मक रूपमा प्रस्तुत गरिएको छ। भिडियोको छायाङ्कन करण चैशिरले गरेका हुन् भने सम्पादन प्रविन भट्टको रहेको छ।

 

“बैंशैमा नगरकोट” मा गीतकार नवराज पन्त र संगीतकार वसन्त थापाको सहकार्य पुनः देखिएको छ। यसअघि यी दुईको सहकार्यमा तयार भएको चर्चित गीत “सालको पात” ले नेपाली लोकसंगीतमा उल्लेख्य लोकप्रियता हासिल गरेको थियो। त्यसैले पनि ‘बैंशैमा नगरकोट’लाई श्रोता तथा दर्शकले विशेष चासोका साथ हेरिरहेका छन्।

 

गीत निर्माणमा यस अघि जस्तै यसपटक पनि लामो समयको अनुभव, मेहनत र सिर्जनात्मकतालाई प्राथमिकता दिइएको निर्माण पक्षले जनाएको छ। साथै श्रोता संगीतका अर्जुन बोहोरा सहितको सहकार्यले गीत प्रतिको आत्मीयता र साथी प्रतिको मायालाई समेत थप उजागर गरेको बताइएको छ।

 

युवावस्थाको उमंगदेखि बुढ्यौलीको रमाइलोसम्मलाई एउटै कथामा जोडेर प्रस्तुत गरिएको ‘बैंशैमा नगरकोट’ ले पछिल्लो समय नेपाली लोक संगीतमा देखिएको नयाँ स्वादलाई प्रतिनिधित्व गरेको छ। गीतको शब्द, संगीत, अभिनय र दृश्य प्रस्तुतिको संयोजनले गर्दा सार्वजनिक भएको छोटो समयमै यसले श्रोता तथा दर्शकको ध्यान तान्न सफल भइरहेको छ।

 

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...