समीक्षा अधिकारी “कदमैको छायाँ” मार्फत फेरि उदाईन् (भिडियो सहित)

काठमाडौं । पछिल्लो समय सांगीतिक क्षेत्रमा एकपछी अर्को गीत गर्दै बजारमा आएका छन् । कतिपय कलाकारहरु त मौलिकतालाई बिर्सेर आफ्नो धरातल बिर्सेर बिकृतीजन्य गीत बजारमा ल्याएका हुन्छन् । पछिल्लो समय हिमाल घलेको नयाँ गीत “कदमैको छायाँ” सार्वजनिक भएको छ ।

लामो समय व्यक्तिगत समस्यामा झेलिएकी गायिका समीक्षा अधिकारीको पछिल्लो गीत “कदमैको छायाँ” मार्फत बजारमा उनी देखा परेकी हुन् । समीक्षा र हिमाल घलेको स्वर रहेको गीत “कदमैको छायाँ” धादिङ गोरखा तिरको मौलिक लोकशैलीलाई समेटर तयार गरिएको छ । आफ्नै गाउँको सेरोफेरो, ग्रामीण परिवेशसँगै जोडिएको मायाप्रेमपूर्ण गीतमा लोकप्रिय सर्जक रमेश बिजीको शब्द सृजना रहेको छ । तक्दिरमा नभए पनि दिल बसेको कुरालाई गीतमा समावेश गरिएको छ । गीतको एरेञ्ज भने सागर विरहीले गरेका हुन् । गीतको कोरस गायनमा भिमु गुरुङ, सागर विरही, विन्दा परियारले साथ दिएका छन् ।

उक्त गीतको भिडियोमा लोकप्रिय निर्देशक प्रकाश भट्टले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । गीतको सम्पादन विष्णु शर्माले गरेका छन् भने नवराज उप्रेतीको छायांकन रहेको छ । सो गीतको भिडियोमा सुधिर श्रेष्ठ र आश्विनी शाहीले फिचरिङ गरेका छन् । भिडियोलाई हिमाल घलेको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो । सोही गीतको भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुहोला ।

 

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

दोहोरी साँझहरुमा देखाइने अपाच्य श्रव्य दृश्य सामाग्री प्रति “राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ” द्धारा ध्यानाकर्षण (बिज्ञप्ती सहित)

दोहोरी साँझहरुमा देखाइने अपाच्य श्रव्य दृश्य सामाग्री प्रति “राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ” द्धारा ध्यानाकर्षण (बिज्ञप्ती सहित)

वि.सं.२०८० असोज १६ मंगलवार १६:३४

काठमाडौं, असोज १५ । पछिल्लो समय व्यवसायिक रुपमा सञ्चालित विभिन्न...

सिडी विजय अधिकारीको स्वरमा “जीवनको रेल” सार्वजनिक

सिडी विजय अधिकारीको स्वरमा “जीवनको रेल” सार्वजनिक

वि.सं.२०८० असोज १६ मंगलवार ०२:३७

दुई हप्ता अगाडि गायिका समीक्षा अधिकारीको स्वरमा बजारमा आईसकेको "जीवनको...

किरणबाबु पुनको आवाजमा “पिपल बोट मुनी” बोलको गीत सार्वजनिक

किरणबाबु पुनको आवाजमा “पिपल बोट मुनी” बोलको गीत सार्वजनिक

वि.सं.२०८० असोज १५ सोमवार ११:४६

काठमाडौं । लोकप्रिय भारतिय गायिका सञ्जीवनी र गायक तथा संगीतकार...

लोकप्रिय सञ्चारकर्मी, गायक राज कुमार रायमाझी “लोक पत्रकारिता सम्मान” द्धारा ११,१११/- नगद पुरस्कार सहित सम्मानित

लोकप्रिय सञ्चारकर्मी, गायक राज कुमार रायमाझी “लोक पत्रकारिता सम्मान” द्धारा ११,१११/- नगद पुरस्कार सहित सम्मानित

वि.सं.२०८० असोज १५ सोमवार ११:३४

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका...

चर्चित मोडल एबं डान्सर रुबिना अधिकारीले “सर्बाेत्कृष्ट नायिका नृत्य” बिधाबाट अवार्ड पाउन सफल

चर्चित मोडल एबं डान्सर रुबिना अधिकारीले “सर्बाेत्कृष्ट नायिका नृत्य” बिधाबाट अवार्ड पाउन सफल

वि.सं.२०८० असोज १५ सोमवार १०:५५

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका...

अभिनेता अनमोल केसी ठगीको आरोपमा पक्राउ

अभिनेता अनमोल केसी ठगीको आरोपमा पक्राउ

वि.सं.२०८० असोज १२ शुक्रवार १५:२३

काठमाडौँ । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगीको...