“राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगिता, स्रष्टा सम्मान एवम् ईन्द्रेणी कार्यक्रम – २०७९” आजबाट पोखरामा सुरु

काठमाडौं / नेपाल
“लोक संस्कृति जोगाऔं, हाम्रो चिनारी बचाऔं” भन्ने मुख्य नारा सहित कलाकार कल्याण शेरचनको ७६ औं जन्म जयन्तीको अवसरमा “राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगिता, स्रष्टा सम्मान एवम् ईन्द्रेणी कार्यक्रम – २०७९” आज साउन १२ गतेबाट सुरु भएको छ । आजबाट पोखराको राष्ट्रिय सभागृहमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ । आज साउन १२ गते देखि १४ गते सम्म सञ्चालन हुने प्रतियोगितामा ४६ समूह सहभागी भएका छन् ।

नेपाली लोकबाजाहरुको संरक्षण र सम्बर्द्धन गर्न र लोक गायक, स्रष्टा, शिल्पी कल्याण शेरचनको प्रतिमा निर्माण गर्ने पवित्र गर्ने लक्ष्य रहेको आयोजकले जनाएका छन् । कार्यक्रमका सहकार्य गर्ने संस्थाहरु गण्डकी प्रज्ञा–प्रतिष्ठान, पोखरा प्रज्ञा–प्रतिष्ठान, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल केन्द्र, मातहतका प्रदेश, समन्वय र जिल्ला शाखाहरु, इन्द्रेणी साँस्कृतिक समाज, काठमाण्डौं र हिमाली साँस्कृतिक परिवार पोखरा रहेका छन् । कार्यक्रमको प्रबर्द्धन पोखरा महानगरपालिकाले गरेको छ ।

कल्याण शेरचन निकै लोकप्रिय नेपाली बरिष्ठ लोक गायक हुन। विक्रम सम्वत् २००३ साल साउन १२ गते आइतबार औशीका दिन पोखरा–११, रानीपौवामा जन्मेका गायक तथा लोक संकलक कल्याण शेरचनको ६४ वर्षको उमेरमा २०६७ माघ २४ गते सोमबार विहान निधन भएको थियो । ७ भाइ छोरा मध्येका कान्छा छोरा शेरचनको श्रीमती र २ छोरी छन् । पित्तथैलीको क्यान्सरबाट पीडित शेरचनको जण्डिस विग्रिएपछि निधन भएको थियो ।

बि.सं.२०३२ साल देखि लोक गायनमा सक्रिय शेरचनका “कलिलो तामालाई सोध रामलाई”, “सोह्र वर्षे उमेरैमा मै पनि झिल्के हुँदो हो”, “सुखी ज्यानलाई गुँदरी काम्लो”, “कता होला हितको दौंतरी” लगायतका गीतहरू चर्चित तथा लोकप्रिय छन् । उनको लोकप्रिय गीत “च्याङ्बा हो च्याङ्बा, च्याङ्बाले आज के भन्छ” बोलको गीतको धुन बीबीसी रेडियो नेपाली सेवाको सिग्नेचर ट्युन समेत हो । उनले पहिलो पटक २०२० सालतिर “किन रोयौ दमिनी भाउजू दमै दाइले कुटेर टयाम्को फुटेर” बोलको गीत गाएका थिए । जुन गीत गाउँदा पहिलोपटक रेडियो नेपालबाट पुरस्कार पनि पाए । तर २०३२ सालमा पहिलोपटक ‘घर मेरो खुदिमा, बुढो भयो ठुली के जानु रोदीमा’ भन्ने गीत रेकर्ड भएको थियो ।

लोकगीत भनेपछि बाल्यकाल देखि हुरुक्क हुने शेरचन लोकगीत प्रतियोगितामा कहिल्यै दोस्रो हुनु परेन । पारिवारीक पृष्ठभुमि एवं सँगीतकार गोपाल योञ्जनसँग हिमचिम बढेपछि शेरचनको सँगीतको यात्रा अघि बढेको थियो । उतिबेला कवि भुपि शेरचन, गायकहरू पूर्ण नेपाली, क्षेत्र गुरुङ सहितको उनको एउटा गायिकी समुह थियो ।

यसबाहेक शेरचनले गण्डकीको मौलिक भाकाको रुपमा रहेको कौरा गीति भाका तथा नृत्यलाई जनमानससम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका थिए । शेरचन संगीत मात्रै नभएर खेल, शिक्षा, सामाजिक क्षेत्रलगायत सबैमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तित्व हुन । सांगीतिक अभियन्ताका साथै मास पिटीलाई नेपालमा भित्राएर विद्यालय स्तरमा प्रशिक्षण र प्रवद्र्धन समेत थिए । ‘ग्रामीण कुना कन्दरामा गाइने नेपालीपन बोकेका मौलिक लय, भाका संकलन र गायन सहित संरक्षण र उत्थानमा उनको उल्लेख्य योगदान छन ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...