“धौलागिरी संगीत उत्सव एबं दोस्रो धौलागिरी स्रस्टा सम्मान तथा साँस्कृतिक कार्यक्रम – २०७९” सम्पन्न 

काठमाडौं / नेपाल

“श्रष्टा, सम्मान र समय हाम्रा आधार हुन्” भन्ने मुलनारा सहित धौलागिरी साँस्कृतिक समितिको आयोजनामा भदौ २५ गते राजधानीमा “धौलागिरी संगीत उत्सव एबं दोस्रो धौलागिरी स्रस्टा सम्मान तथा साँस्कृतिक कार्यक्रम – २०७९” सम्पन्न  भएको छ ।

यस कार्यक्रममा अध्यक्ष कृष्ण समीप सुबेदीको अध्यक्षता रहेको थियो भने राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा धौलागिरी समाज नेपालका अध्यक्ष केदार आचार्य, धौलागिरी समाज नेपालका उपाध्यक्ष भक्तराज भुसाल, स्व. कवि भुपी शेरचन कि धर्मपत्नी कान्ति शेरचन, नेपाल राष्ट्र बैंकका म्यानेजर डिलाराम सुबेदी, वरिष्ठ कलाकार प्रेमदिप गिरि, बहुचर्चित कलाकारहरु बिमलराज क्षेत्री, श्रीकृष्ण बम मल्ल, वसन्त थापा, लक्ष्मी मल्ल, दुर्गेश थापा, प्रकाश सपूत लगायत अन्य चर्चित कलाकार र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा औपचारिक कार्यक्रम सचिब सुजन बराईलीले सञ्चालन गरेका थिए भने साँस्कृतिक कार्यक्रमको सञ्चालन सपना रोका र राजेश बर्देवाले सञ्चालन गरेका थिए । यस कार्यक्रममा पत्रकार प्रकाश बराईली “अभिव्यक्ति” ले मिडिया संयोजकको भुमिका निर्वाह गरेका थिए । कार्यक्रममा उपाध्यक्ष राजन भुजेल बिश्वकर्माले स्वागत मन्तब्य राखेका थिए ।

“धौलागिरी संगीत उत्सव एबं दोस्रो धौलागिरी स्रस्टा सम्मान तथा साँस्कृतिक कार्यक्रम – २०७९” मा बागलुङको नचरी, म्याग्दीको यानिमाया, पर्बत पाङको शिव पार्बती भजन र मुस्ताङको थकाली नाच सँगै थालीनाच, सालैजो, नौमती बाजा आदी सो कार्यक्रममका मुख्य आकर्षण थिए । साथै  कार्यक्रममा गीत संगीतको माध्यमबाट धौलागिरीलाई देश तथा बिदेशभर चिनाउन सफल कलाकार बिमलराज क्षेत्री, प्रकाश सपूत, देवी घर्ती, ईश्वर सिंह लगायतका चर्चित कलाकारहरुको प्रस्तुतीले दर्शकहरूलाई थप मनोरञ्जन प्रदान गरेको थियो ।

 
धौलागिरी साँस्कृतिक समितिद्वारा आयोजित “धौलागिरी संगीत उत्सव एबं दोस्रो धौलागिरी स्रस्टा सम्मान तथा साँस्कृतिक कार्यक्रम – २०७९” मा साहित्य सम्मान तर्फ स्व. कवि भुपी शेरचन कि धर्मपत्नी कान्ति शेरचन, खेलकुद सम्मान तर्फ राष्ट्रिय महिला भलिबल कि कप्तान अरुणा शाही, पत्रकारिता सम्मान तर्फ नारायण अमृत, धौलागिरी विशेष सम्मान तर्फ प्रकाश सपूत, धौलागिरी युवा सम्मान तर्फ प्रल्हाद सुबेदी, देवि घर्ती मगर, दिपक शर्मा र आशिष अबिरल, धौलागिरी साधाना सम्मान तर्फ वरिष्ठ संगीतकार बिबि अनुरागी र वरिष्ठ कलाकार प्रेमदेव गिरि सम्मानित भएका थिए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रामकृष्ण ढकाल, तृप्ती खड्का गुरुङ्गको युगल स्वरमा “छ माया छपक्कै” सार्वजनिक

रामकृष्ण ढकाल, तृप्ती खड्का गुरुङ्गको युगल स्वरमा “छ माया छपक्कै” सार्वजनिक

वि.सं.२०८२ जेठ ५ सोमवार ०६:५४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

वि.सं.२०८२ जेठ ४ आइतवार १२:५५

काठमाडौं, ४ जेठ । पत्रकार गणेश विक नेपाल पत्रकार महासंघ...

लोक दोहोरी ब्यवसायी संघ केन्द्रिय समितीको आयोजनामा “स्वागत तथा भेटघाट कार्यक्रम” सम्पन्न

लोक दोहोरी ब्यवसायी संघ केन्द्रिय समितीको आयोजनामा “स्वागत तथा भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ जेठ ४ आइतवार ०५:५४

काठमाडौं। जेठ ३ गतेका दिन "लोक दोहोरी ब्यवसायीहरुको एक्यबद्धता, कला...

गायक एबं संगीतकार गोबिन्द मधुर आचार्यको नयाँ गीत “केलाई हतार” सार्वजनिक

गायक एबं संगीतकार गोबिन्द मधुर आचार्यको नयाँ गीत “केलाई हतार” सार्वजनिक

वि.सं.२०८२ जेठ २ शुक्रवार ०९:३५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

दशक पत्रकारिता सम्मानद्धारा सबिता पोखरेल नगद रु ११,१११/- सहित सम्मानित

दशक पत्रकारिता सम्मानद्धारा सबिता पोखरेल नगद रु ११,१११/- सहित सम्मानित

वि.सं.२०८२ जेठ १ बिहीवार ०५:४३

काठमाडौं । तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा...

रमेश रोकाको नयाँ गीत “स्वर्ग” सार्वजनिक

रमेश रोकाको नयाँ गीत “स्वर्ग” सार्वजनिक

वि.सं.२०८२ जेठ १ बिहीवार ०५:२६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...