गोविन्द अञ्जान र दीपेन्द्र प्रकाश केसीको निर्देशनमा “हामी नारी” सार्वजनिक

काठमाडौं, नेपाल । सामाजिक सञ्जालदेखि युट्युव च्यानलमा यतिबेला एक पछि अर्को गर्दै रचनाकार देबी पराजुलीका नयाँ गीहतरु आएका छन् । ज्योति प्रकाशको संगीतमा नयाँ गीत “हामी नारी” यतिबेला बजारमा आएको छ ।

 

यो गीतलाई सम्माननीय राष्ट्रपति बिध्यादेवी भण्डारी र सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय श्री ज्ञानेन्द्र बहादुर कार्की ले संयुक्त रुपमा शितल निवासमा बिमोचन गर्नु भएको थियो । उक्त्त भिडियो ओएसआर डिजिटल च्यानलबाट रिलिज गरिएको छ।

 

देवी पराजुली र राधा महत को प्रस्तुति रहेको यो गीतलाई गायिकाद्वय सत्यकला राई र बिन्दु परियारले गाएका हुन । यो नारी जागरण सम्बन्धी राष्ट्रिय गीत निकै माधुर्य बनेको छ । नृत्यप्रधान यो गीतको भिडियो पनि त्यत्तिकै आकर्षक बनेको छ । भिडियोलाई गोविन्द अञ्जान र दीपेन्द्र प्रकाश केसीले निर्देशन गरेका छन् ।

उक्त्त भिडियोलाई याम गुरुङले कोरियोग्राफी गरेका छन् भने भिडियोमा मोडल दिब्यानी वली र अस्मिता पुरीको शीर्ष नृत्य रहेको छ । उनीसँगै विभिन्न उत्कृष्ट योगदान पुर्याउनु हुने नेपाल सिर्जनशील महिला समूहको अभिनय रहेको छ ।

यो गीतको सङ्गीत संयोजक सुदीप सागरले गरेका हुन् । गीतको भिडियोमा करन चैसिरको छायाङ्कन, प्रकाश धमलाको सम्पादन, सन्तोष पौडेलको ध्वनी मिश्रण रहेको उक्त गीत द म्युजिक इरामा रेकर्डिङ्ग गरिएको हो ।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

दोहोरी साँझहरुमा देखाइने अपाच्य श्रव्य दृश्य सामाग्री प्रति “राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ” द्धारा ध्यानाकर्षण (बिज्ञप्ती सहित)

दोहोरी साँझहरुमा देखाइने अपाच्य श्रव्य दृश्य सामाग्री प्रति “राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ” द्धारा ध्यानाकर्षण (बिज्ञप्ती सहित)

वि.सं.२०८० असोज १६ मंगलवार १६:३४

काठमाडौं, असोज १५ । पछिल्लो समय व्यवसायिक रुपमा सञ्चालित विभिन्न...

सिडी विजय अधिकारीको स्वरमा “जीवनको रेल” सार्वजनिक

सिडी विजय अधिकारीको स्वरमा “जीवनको रेल” सार्वजनिक

वि.सं.२०८० असोज १६ मंगलवार ०२:३७

दुई हप्ता अगाडि गायिका समीक्षा अधिकारीको स्वरमा बजारमा आईसकेको "जीवनको...

किरणबाबु पुनको आवाजमा “पिपल बोट मुनी” बोलको गीत सार्वजनिक

किरणबाबु पुनको आवाजमा “पिपल बोट मुनी” बोलको गीत सार्वजनिक

वि.सं.२०८० असोज १५ सोमवार ११:४६

काठमाडौं । लोकप्रिय भारतिय गायिका सञ्जीवनी र गायक तथा संगीतकार...

लोकप्रिय सञ्चारकर्मी, गायक राज कुमार रायमाझी “लोक पत्रकारिता सम्मान” द्धारा ११,१११/- नगद पुरस्कार सहित सम्मानित

लोकप्रिय सञ्चारकर्मी, गायक राज कुमार रायमाझी “लोक पत्रकारिता सम्मान” द्धारा ११,१११/- नगद पुरस्कार सहित सम्मानित

वि.सं.२०८० असोज १५ सोमवार ११:३४

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका...

चर्चित मोडल एबं डान्सर रुबिना अधिकारीले “सर्बाेत्कृष्ट नायिका नृत्य” बिधाबाट अवार्ड पाउन सफल

चर्चित मोडल एबं डान्सर रुबिना अधिकारीले “सर्बाेत्कृष्ट नायिका नृत्य” बिधाबाट अवार्ड पाउन सफल

वि.सं.२०८० असोज १५ सोमवार १०:५५

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका...

अभिनेता अनमोल केसी ठगीको आरोपमा पक्राउ

अभिनेता अनमोल केसी ठगीको आरोपमा पक्राउ

वि.सं.२०८० असोज १२ शुक्रवार १५:२३

काठमाडौँ । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगीको...