राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको “आठौं केन्द्रिय महाधिबेशन” बाट को को निर्वाचित हुन सफल भए त ? (बिबरण सहित)

प्रकाश बराईली “अभिब्यक्ति”
धादिङ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा धादिङकी रीता थापा मगर सर्वसम्मत निर्वाचित भएकी छन् । शुक्रबार देखि धादिङ बेसीमा सम्पन्न प्रतिष्ठानको आठौँ केन्द्रीय महाधिवेशनबाट थापा सर्वसम्मत अध्यक्षमा निर्वाचित भएकी हुन् । केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको नामावली अनुसार थापाका विरुद्ध उम्मेदवारी नै नपरेपछि उनी सर्वसम्मत भएकी हुन् । यस महाधिवेशनले ३५ जनाको पदाधिकारी सहित ७५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

 

उनी प्रत्यक्ष दोहोरी गीतबाट चर्चामा थिइन् । लोक तथा दोहोरी क्षेत्रमा दशक अघि देखि तल्लीन उनले यसअघि प्रतिष्ठानको विभिन्न पदमा रहेर काम गरिसकेकी छन् । प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा स्याङ्जाका पशुपति शर्मा र प्रथम उपाध्यक्षमा रामजी खाँण सर्वसम्मत भएका छन् । सांगठनिक उपाध्यक्षमा सुवास केसी, प्रशासनिक उपाध्यक्षमा दीपक खड्का र महिला उपाध्यक्षमा राधिका हमाल पनि सर्वसम्मत निर्वाचित भएका छन् ।

 

सात जनाको खुला उपाध्यक्षमा भने १० जनाको उम्मेदवारी परेको खुल्ला उपाध्यक्षमा कृष्ण रेउले, रमेशराज भट्टराई, खुमन अधिकारी, पुर्णकला बिसी, राजु ढकाल, पुस्कल शर्मा, कुलेन्द्र बिश्वकर्मा निर्वाचित हुन सफल भएका छन् ।

 

प्रतिष्ठानको महासचिवमा शिव हमाल सर्वसम्मत भएका छन् भने दुई जना उप महासचिवमा हरी डाँगी र शिरिष देबकोटा, लुम्बीनी सचिवमा दिपक गरौजा मगर, सुदुर पश्चिम सचिवमा नबिन सिंह धामी, उपत्यका सचिवमा प्रकाश सपुत, कर्णाली सचिवमा उत्तम शर्मा, बिदेश सचिवमा रामकृष्ण बम मल्ल, प्रशासनिक सचिवमा जिवन दाहाल, सांगठनिक सचिवमा पिएन सापकोटा, महिला सचिवमा जमुना राना, सांगठनिक सह सचिवमा तारानाथ आचार्य, प्रशासनिक सह सचिवमा राजकुमार रायमाझी, बिदेश सह सचिवमा दुर्गा पंगेनी, महिला सह सचिवमा सिता राना, कोषाध्यक्षमा अमृत अधिकारी, महिला सह कोषाध्यक्षमा जुना श्रीस मगर सर्व सम्मत रुपले निर्वाचित भएका छन् । त्यस्तै सात प्रदेशमध्ये भूगोल सचिवमा पनि गण्डकी प्रदेश बाहेक सबै प्रदेशबाट आउने सचिव पदमा सर्वसम्मत भएको थियो । गण्डकी प्रदेशबाट भने तीन जनाको उम्मेद्वारीमा घनश्याम रिजाल निर्वाचित भएका छन् ।

 

तीन जनाको खुला सचिव पदमा पाँचको उम्मेद्वारी परेको मध्य देबी घर्ती, युवराज मगर, महेन्द्र गौतम निर्वाचित हुन सफल भएका छन् । दुई जनाको सहकोषाध्यक्ष (खुल्ला) पदमा तीन जनाको उम्मेद्वारी परेको मध्य सम्झना लामिछाने मगर र ईश्वरी प्रसाद भुसाल निर्वाचित हुन सफल भएका छन् । ८ औं महाधिबेशनबाट खुल्ला केन्द्रिय सदस्यहरुमा शान्ती श्री परियार, रबिन लामिछाने, खेम सेञ्चुरी, मनमाया वाईवा, कुमार पुन मगर, रिना थापा मगर, प्रकाश भट्ट, सुजन लम्साल, पुरुषोत्तम भण्डारी (पुर्खे बा), श्रीकृष्ण बम मल्ल, कुमार राना मगर, बाल चन्द्र बराल, दिनेश काफ्ले, कुशल बेलबासे, रेशम निर्दाेष निर्वाचित हुन सफल भएका छन् ।

 

त्यस्तै ७ जनाको महिला सदस्य पदमा ९ जनाको उम्मेद्वारी परेको मध्य सम्झना भण्डारी, कला लम्साल, उषा सुबेदी, करिश्मा ढकाल, स्मृती तिमिल्सिना (गुरु आमा), जालुमाया गुरुङ, सुशिला गौतम निर्वाचित हुन सफल भएका छन् ।

 

प्रदेश नं १ सदस्यमा रमेश आचार्य, गण्डकी प्रदेश सदस्यमा सुरेन्द्र गुरुङ, लुम्बीनी प्रदेश सदस्यमा प्रेम शर्मा निर्वाचित भएका छन् भने भुगोल सदस्यहरुमा मधेश सदस्यमा कृष्ण प्रसाद गौतम, बागमती सदस्यमा भरत बाराकोटी, कर्णाली सदस्य राज कुमार खत्री, सुदुर पश्चिम सदस्यमा पदम बहादुर धामी, उपत्यका समन्वय सदस्यमा तिलक परियार निर्बिरोध रुपमा निर्वाचित भएका हुन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौं केन्द्रिय महाधिबेशनबाट निर्वाचित सम्पुर्ण कार्यसमितीलाई हाम्रो तर्फबाट हार्दिक बधाई एबं सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौं ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार ३१ मंगलवार ०९:२३

काठमाडौं। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO) को समन्वयमा...

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ असार ३० सोमवार १५:४०

लन्डन । सोंपाल समाज यूकेको "गृष्मकालिन भेटघाट कार्यक्रम" सम्पन्न भएको...

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

वि.सं.२०८२ असार २९ आइतवार १३:४०

काठमाडौं।  सुष्मा ठकुरी फाउन्डेशन नेपालद्वारा असार २७ र २८ गते...

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३५

काठमाडौं, भिजिट भिषामा कठाई सगैं नक्कली होटल बुकिङमार्फत हुने मानव...

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३०

काठमाडौंः ‘साम्व सदाशिव ॐ’ भजन भगवान शिव प्रतिको भक्तिभावले ओतप्रोत...

गायिका रिता बुढाथोकीको तीज बिशेष गीत “आमा मेरी आमा” सार्वजनिक

गायिका रिता बुढाथोकीको तीज बिशेष गीत “आमा मेरी आमा” सार्वजनिक

वि.सं.२०८२ असार २५ बुधवार १०:४६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...