राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको “आठौं केन्द्रिय महाधिबेशन” बाट को को निर्वाचित हुन सफल भए त ? (बिबरण सहित)

प्रकाश बराईली “अभिब्यक्ति”
धादिङ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा धादिङकी रीता थापा मगर सर्वसम्मत निर्वाचित भएकी छन् । शुक्रबार देखि धादिङ बेसीमा सम्पन्न प्रतिष्ठानको आठौँ केन्द्रीय महाधिवेशनबाट थापा सर्वसम्मत अध्यक्षमा निर्वाचित भएकी हुन् । केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको नामावली अनुसार थापाका विरुद्ध उम्मेदवारी नै नपरेपछि उनी सर्वसम्मत भएकी हुन् । यस महाधिवेशनले ३५ जनाको पदाधिकारी सहित ७५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

 

उनी प्रत्यक्ष दोहोरी गीतबाट चर्चामा थिइन् । लोक तथा दोहोरी क्षेत्रमा दशक अघि देखि तल्लीन उनले यसअघि प्रतिष्ठानको विभिन्न पदमा रहेर काम गरिसकेकी छन् । प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा स्याङ्जाका पशुपति शर्मा र प्रथम उपाध्यक्षमा रामजी खाँण सर्वसम्मत भएका छन् । सांगठनिक उपाध्यक्षमा सुवास केसी, प्रशासनिक उपाध्यक्षमा दीपक खड्का र महिला उपाध्यक्षमा राधिका हमाल पनि सर्वसम्मत निर्वाचित भएका छन् ।

 

सात जनाको खुला उपाध्यक्षमा भने १० जनाको उम्मेदवारी परेको खुल्ला उपाध्यक्षमा कृष्ण रेउले, रमेशराज भट्टराई, खुमन अधिकारी, पुर्णकला बिसी, राजु ढकाल, पुस्कल शर्मा, कुलेन्द्र बिश्वकर्मा निर्वाचित हुन सफल भएका छन् ।

 

प्रतिष्ठानको महासचिवमा शिव हमाल सर्वसम्मत भएका छन् भने दुई जना उप महासचिवमा हरी डाँगी र शिरिष देबकोटा, लुम्बीनी सचिवमा दिपक गरौजा मगर, सुदुर पश्चिम सचिवमा नबिन सिंह धामी, उपत्यका सचिवमा प्रकाश सपुत, कर्णाली सचिवमा उत्तम शर्मा, बिदेश सचिवमा रामकृष्ण बम मल्ल, प्रशासनिक सचिवमा जिवन दाहाल, सांगठनिक सचिवमा पिएन सापकोटा, महिला सचिवमा जमुना राना, सांगठनिक सह सचिवमा तारानाथ आचार्य, प्रशासनिक सह सचिवमा राजकुमार रायमाझी, बिदेश सह सचिवमा दुर्गा पंगेनी, महिला सह सचिवमा सिता राना, कोषाध्यक्षमा अमृत अधिकारी, महिला सह कोषाध्यक्षमा जुना श्रीस मगर सर्व सम्मत रुपले निर्वाचित भएका छन् । त्यस्तै सात प्रदेशमध्ये भूगोल सचिवमा पनि गण्डकी प्रदेश बाहेक सबै प्रदेशबाट आउने सचिव पदमा सर्वसम्मत भएको थियो । गण्डकी प्रदेशबाट भने तीन जनाको उम्मेद्वारीमा घनश्याम रिजाल निर्वाचित भएका छन् ।

 

तीन जनाको खुला सचिव पदमा पाँचको उम्मेद्वारी परेको मध्य देबी घर्ती, युवराज मगर, महेन्द्र गौतम निर्वाचित हुन सफल भएका छन् । दुई जनाको सहकोषाध्यक्ष (खुल्ला) पदमा तीन जनाको उम्मेद्वारी परेको मध्य सम्झना लामिछाने मगर र ईश्वरी प्रसाद भुसाल निर्वाचित हुन सफल भएका छन् । ८ औं महाधिबेशनबाट खुल्ला केन्द्रिय सदस्यहरुमा शान्ती श्री परियार, रबिन लामिछाने, खेम सेञ्चुरी, मनमाया वाईवा, कुमार पुन मगर, रिना थापा मगर, प्रकाश भट्ट, सुजन लम्साल, पुरुषोत्तम भण्डारी (पुर्खे बा), श्रीकृष्ण बम मल्ल, कुमार राना मगर, बाल चन्द्र बराल, दिनेश काफ्ले, कुशल बेलबासे, रेशम निर्दाेष निर्वाचित हुन सफल भएका छन् ।

 

त्यस्तै ७ जनाको महिला सदस्य पदमा ९ जनाको उम्मेद्वारी परेको मध्य सम्झना भण्डारी, कला लम्साल, उषा सुबेदी, करिश्मा ढकाल, स्मृती तिमिल्सिना (गुरु आमा), जालुमाया गुरुङ, सुशिला गौतम निर्वाचित हुन सफल भएका छन् ।

 

प्रदेश नं १ सदस्यमा रमेश आचार्य, गण्डकी प्रदेश सदस्यमा सुरेन्द्र गुरुङ, लुम्बीनी प्रदेश सदस्यमा प्रेम शर्मा निर्वाचित भएका छन् भने भुगोल सदस्यहरुमा मधेश सदस्यमा कृष्ण प्रसाद गौतम, बागमती सदस्यमा भरत बाराकोटी, कर्णाली सदस्य राज कुमार खत्री, सुदुर पश्चिम सदस्यमा पदम बहादुर धामी, उपत्यका समन्वय सदस्यमा तिलक परियार निर्बिरोध रुपमा निर्वाचित भएका हुन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौं केन्द्रिय महाधिबेशनबाट निर्वाचित सम्पुर्ण कार्यसमितीलाई हाम्रो तर्फबाट हार्दिक बधाई एबं सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौं ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

वि.सं.२०८३ भदौ १० बुधवार ०९:५५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

वि.सं.२०८३ भदौ ९ मंगलवार १२:२६

काठमाडौँ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा एकै मञ्चमा १४...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...