“तेस्रो नाट्यश्वर म्युजिक अवार्ड – २०७९” मा बिशेष कला सम्मानद्वारा कृष्ण कंडेल र दशक पत्रकारिता सम्मानद्वारा प्रकाश बराईली “अभिव्यक्ति” सम्मानित

काठमाडौं । राजधानीको चाबहिल स्थित चलचित्र बिकाश बोर्डमा “तेस्रो नाट्यश्वर म्युजिक अवार्ड – २०७९” भब्य रुपमा सम्पन्न भएको छ । यस कार्यक्रममा प्रल्हाद केसीको अध्यक्षता रहेको थियो भने नेपाली कांग्रेसका युवा नेता तथा सांसद प्रदिप पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

“नाट्यश्वर भगवान हामी सबै कलाकारको शान, कलाकार र कलाकारिताको जग्रेना गर्ने हाम्रो अभियान” भन्ने मूल नाराका साथ आयोजना गरिएको सो अवार्ड समारोहमा गीत संगीत, पत्रकारिता र समाजका विविध क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई समेत सम्मान गरिएको थियो । अवार्डमा विसं २०७७ असारदेखि ०७९ असार मसान्तसम्मका गीतबाट आवेदन दिएका गीतमध्ये उत्कृष्ट पाँचबाट सर्वोत्कृष्टलाई अवार्ड प्रदान गरिएको कार्यक्रम निर्देशक किरण अधिकारीले बताए ।

गीत संगीत सहित विशेष प्रस्तुतिका साथ सम्पन्न भएको अवार्ड समारोहमा विभिन्न ६४ विधामा अवार्ड प्रदान गरिएको थियो । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई दीर्घ साधाना सम्मान गरिएको छ । अवार्ड समारोहका प्रमुख अतिथि सांसद तथा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलका साथै अन्य अतिथिले दोसल्ला, फूलमाला र दीर्घ साधाना सम्मान पत्रका साथै नगद ५१ हजार एक सय एघार रुपैयाँ सहित सम्मान गरिएको थियो ।

यस कार्यक्रमममा बिशेष कला सम्मानद्धारा ईन्द्रणीका सञ्चालक कृष्ण कंडेल, सञ्चारकर्मी सम्मान अन्तर्गत “दशक पत्रकारिता सम्मान” द्धारा पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” लाई सम्मान गरिएको थियो । साथै बरिष्ठ लोक दोहोरी गायक ईन्द्र जिसी, सागर गुरुङ, प्रदिप कार्की, शिखर श्रेष्ठ, बिष्णु तरुके, पुष्पा शर्मा, बिजयरत्न तुलाधर, बबिता श्रेष्ठ, नायिका तथा मोडल सबिना कार्की, गायक अलिफ खान, पत्रकार बर्षा खनाल लगायतका ब्यक्तिहरु सम्मानित भएका छन् । त्यस्तै सागर लम्साल (बले), दुर्गेश थापा, जनक सिंह, निरेन श्रेष्ठ, रमिला न्यौपाने, सुनितामी परियार, शोभा त्रिपाठी, जुनु रिजाल लगायत अन्यले बिभिन्न बिधामा ६० जनाले अवार्ड चुमेका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

वि.सं.२०८३ साउन २ शनिवार १३:३२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

वि.सं.२०८३ असार २५ बिहीवार १३:३९

सहरसा (बिहार)। भारतको बिहार राज्यस्थित सहरसामा आयोजित "रक्तदाता महाकुम्भ–२" कार्यक्रममा...

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

वि.सं.२०८३ असार २५ बिहीवार ०९:१४

काठमाडौं। नेपाली सङ्गीत क्षेत्रमा आफ्नो सुमधुर स्वरले लाखौँ श्रोताको मन...

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

वि.सं.२०८३ असार २१ आइतवार ०७:०६

काठमाडौं। धुनीबेशी नगरपालिकामा आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीलाई परेको...