सुवास रेग्मी पक्राउ पर्नुको भित्री रहस्य यस्तो, अब सत्य र स्वरुपको पनि खोजी

काठमाडौं । विन्ध्यावासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी अहिले प्रहरी हिरासतमा छन् । नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई साइबर क्राइमको अभियोगमा पक्राउ गरेका थिए । प्रहरीका अनुसार उनीमाथि ४ जना कलाकारले उजुरी दिएका थिए ।

सुवास पक्राउको भित्री रहस्य

उज्यालो नेटवर्कलाई प्राप्त सुचना अनुसार करिब ६ महिना अगाडि फेसबुकमा लेखेको स्टाटसको आधारमा सुवास पक्राउ परेको खुलेको छ । गीतकार संघका तत्कालीन सचिव महेश आचार्यले एउटा अनलाइन समाचारमा गत असार महिनामा एउटा अन्तर्वार्ता दिएका थिए । सो अन्तर्वार्तामा उनले संगित रोयल्टी संकलन समाजको कार्यसमितिलाई भ्रष्टाचारी र अवैधानिक एवं नैतिकहिन भएको कुरा उल्लेख गरेका थिए । यसको प्रतिउत्तरमा समाचारको लिंक समेत आफ्नो फेसबुक वालमा शेयर गर्दै संगीत रोयल्टी संकलन समाजका पुर्व उपाध्यक्ष एवं कार्यसमिती सदस्य सुवास रेग्मीले केही अपशब्द लेख्दै पोष्ट गरेका थिए ।

सुवासको पोष्टको सार्वजनिक आलोचना भएसँगै केही समयपछि सुवासले उक्त पोष्ट हटाएका पनि थिए । सुवास र महेशबीचको झगडा एउटा अन्तर्वार्ताको विषयमाथि भएको थियो, जसमाथि अपशब्द प्रयोग भएपछि सुवासले स्टाटस हटाएका पनि थिए । तर, त्यही विषयलाई लिएर अहिले प्रहरीले उनलाई पक्राउ गरेका छन् । अधिवक्ता गणेश कुमार शर्माले भने विद्युतीय कारोबार ऐनअनुसार कसैले विद्युतीय माध्यम प्रयोग गरेर चरित्रहत्या गरेको पाइएमा ९० दिनभित्र उजुरी दिइसक्नुपर्ने बताउँछन् ।तर, सुवास भने त्यो स्टाटस लेखेको १ सय २० दिनभन्दा बढी समयपछि पक्राउ परेका छन् । अधिवक्ता शर्मा भन्छन्, ‘कानुनतः विद्युतीय अपराधमा ९० दिनभित्र उजुरी गर्नुपर्छ, त्योभन्दा बढी समय भएपछि उजुरी गर्न मिल्दैन वा प्रहरीमा दर्ता हुँदैन ।’

नेपाली संगीत क्षेत्रमा विगत २० बर्षदेखी अनवरत रुपमा संगीत व्यवसायी, गीतकार, संगीतकार, गायक, कलाकार र निर्देशकको भुमिकामा कृयाशिल रहेका रेग्मीले विभिन्न अवार्ड, सम्मान, एकल सांझ लगायतको सामाजिक कामहरु पनि गर्दै आइरहेका थिए ।यही सिलसिलामा थाइल्यान्ड भ्रमणमा रहेका बेला रेग्मीविरुद्ध साइबर क्राइममा जाहेरी दर्ता भएको थियो । अनुसन्धानको क्रममा २ पटक म्याद थप भएर अहिले उनी प्रहरी हिरासतमा छन् ।संस्थागत गालिगलौज,भनाभन र समाचारका बिषयमा दुई संस्थाका पधादिकारी बिच भएको जुहारीलाई साइबर क्राइममा जाहेरी दर्ता गरेर पक्राउ गरेको भन्दै रेग्मीका शुभचिन्तकले आक्रोश पनि पोखिरहेका छन् ।

रेग्मी निकटका हुसेनजी भन्छन्, ‘त्यो बिषय ब्यक्तिगत गाली बेइज्जती विषय हो । सोही गाली बेइज्जती कसुरमा अदालतमा फिरादपत्रबाट ब्यक्तिवादी मुद्धा दायर हुनु पर्ने विषयलाई साइबर क्राइममा मुद्दा दर्ता हुनु आफैमा अनुचित देखिन्छ । त्यसमा थप हदम्याद नाधी परेको निबेदन दर्ता गरी अनुसन्धानका नाममा कुनै व्यक्तिलाई दुख दिनु उचित होइन ।’

सत्य र स्वरुप कहाँ छन् ?

सुवास पक्राउपछि गायक तथा संगीतकारद्धय सत्यराज आचार्य र स्वरुपराज आचार्यको पनि खोजी भएको छ । भजन शिरोमणी भक्तराज आचार्यको नाम, मर्यादा, गरिमा र सामाजिक इज्जतको दुरुपयोग गरेर सत्य र स्वरुपले सुवासलाई लामो समय हिरासतमा राख्न खोजेको भन्दै उनीहरुको खोजी भएको हो । खुल्न आए अनुसार जाहेरी दरखास्तमा घट्ना सम्बन्धि जान्नेसुन्नेमा सत्य र स्वरुपको नाम उल्लेख छ । त्यसैको आधारमा प्रहरीले साक्षी बकपत्रका लागि पटक पटक् बोलाउँदा पनि बकपत्रका लागि आउन आलटाल गरिरहेको बुझिएको छ ।

सत्य र स्वरुपले अस्वभाविक आलटाल गरेसँगै उनीहरुलाई सुवासका आफन्तले पनि खोजी गरिरहेका छन् । प्रहरीले पनि उनीहरुलाई तारन्तार बोलाइरहेका छन् । सुवासका आफन्तले भने सुवासको हिरासत अवधि बढाउनका लागि सत्य र स्वरुपले बयान दिन आलटाल गरिरहेको आरोप लगाएका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

उपत्यका समन्वय समितीको “२० औं वार्षिक साधारण सभा तथा सातौं अधिबेशन – २०८२” मा प्रसाद लामिछाने निर्वाचित, अन्य कुन कुन पदमा को को निर्वाचित भए त ?

उपत्यका समन्वय समितीको “२० औं वार्षिक साधारण सभा तथा सातौं अधिबेशन – २०८२” मा प्रसाद लामिछाने निर्वाचित, अन्य कुन कुन पदमा को को निर्वाचित भए त ?

वि.सं.२०८२ मंसिर २१ आइतवार १२:५१

प्रकाश बराईली "अभिब्यक्ति" काठमाडौं, नेपाल   राष्ट्रिय लोक तथा दोहोरी...

पार्वती बिश्वकर्मा र राम परियारको स्वरमा पृथक गीत “उनिको स्विटर” सार्वजनिक (भिडियो सहित)

पार्वती बिश्वकर्मा र राम परियारको स्वरमा पृथक गीत “उनिको स्विटर” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ मंसिर १९ शुक्रवार १०:१०

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

सुजन म्युजिक प्रा. लि.को आयोजनामा “तेस्रो इन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०८२” का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक (बिबरण सहित)

सुजन म्युजिक प्रा. लि.को आयोजनामा “तेस्रो इन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०८२” का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक (बिबरण सहित)

वि.सं.२०८२ मंसिर १९ शुक्रवार ०८:४४

काठमाडौं। "सुजन म्युजिक प्रा. लि.को आयोजनामा "तेस्रो इन्डो नेपाल सुजन...

अमृत रामदामको मौलिक गीत “बासीहालो बिहानै भाले” सावजनिक

अमृत रामदामको मौलिक गीत “बासीहालो बिहानै भाले” सावजनिक

वि.सं.२०८२ मंसिर ११ बिहीवार ०६:२३

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

रमेश बिक्रम रत्नको नयाँ गीत  “टेम्पो ढोलकी” अघी सार्वजनिक

रमेश बिक्रम रत्नको नयाँ गीत  “टेम्पो ढोलकी” अघी सार्वजनिक

वि.सं.२०८२ मंसिर ११ बिहीवार ०६:०७

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

क्रोयसियाको इभान्कोभो स्थित रेलको ठक्करबाट एक नेपालीको मृत्यु

क्रोयसियाको इभान्कोभो स्थित रेलको ठक्करबाट एक नेपालीको मृत्यु

वि.सं.२०८२ मंसिर ११ बिहीवार ०५:३५

भिम ओलि युरोप सम्बाददाता (क्रोयसिया)   क्रोयसियाको इभान्कोभो स्थित रेलको...