सुवास रेग्मी पक्राउ पर्नुको भित्री रहस्य यस्तो, अब सत्य र स्वरुपको पनि खोजी

काठमाडौं । विन्ध्यावासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी अहिले प्रहरी हिरासतमा छन् । नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई साइबर क्राइमको अभियोगमा पक्राउ गरेका थिए । प्रहरीका अनुसार उनीमाथि ४ जना कलाकारले उजुरी दिएका थिए ।

सुवास पक्राउको भित्री रहस्य

उज्यालो नेटवर्कलाई प्राप्त सुचना अनुसार करिब ६ महिना अगाडि फेसबुकमा लेखेको स्टाटसको आधारमा सुवास पक्राउ परेको खुलेको छ । गीतकार संघका तत्कालीन सचिव महेश आचार्यले एउटा अनलाइन समाचारमा गत असार महिनामा एउटा अन्तर्वार्ता दिएका थिए । सो अन्तर्वार्तामा उनले संगित रोयल्टी संकलन समाजको कार्यसमितिलाई भ्रष्टाचारी र अवैधानिक एवं नैतिकहिन भएको कुरा उल्लेख गरेका थिए । यसको प्रतिउत्तरमा समाचारको लिंक समेत आफ्नो फेसबुक वालमा शेयर गर्दै संगीत रोयल्टी संकलन समाजका पुर्व उपाध्यक्ष एवं कार्यसमिती सदस्य सुवास रेग्मीले केही अपशब्द लेख्दै पोष्ट गरेका थिए ।

सुवासको पोष्टको सार्वजनिक आलोचना भएसँगै केही समयपछि सुवासले उक्त पोष्ट हटाएका पनि थिए । सुवास र महेशबीचको झगडा एउटा अन्तर्वार्ताको विषयमाथि भएको थियो, जसमाथि अपशब्द प्रयोग भएपछि सुवासले स्टाटस हटाएका पनि थिए । तर, त्यही विषयलाई लिएर अहिले प्रहरीले उनलाई पक्राउ गरेका छन् । अधिवक्ता गणेश कुमार शर्माले भने विद्युतीय कारोबार ऐनअनुसार कसैले विद्युतीय माध्यम प्रयोग गरेर चरित्रहत्या गरेको पाइएमा ९० दिनभित्र उजुरी दिइसक्नुपर्ने बताउँछन् ।तर, सुवास भने त्यो स्टाटस लेखेको १ सय २० दिनभन्दा बढी समयपछि पक्राउ परेका छन् । अधिवक्ता शर्मा भन्छन्, ‘कानुनतः विद्युतीय अपराधमा ९० दिनभित्र उजुरी गर्नुपर्छ, त्योभन्दा बढी समय भएपछि उजुरी गर्न मिल्दैन वा प्रहरीमा दर्ता हुँदैन ।’

नेपाली संगीत क्षेत्रमा विगत २० बर्षदेखी अनवरत रुपमा संगीत व्यवसायी, गीतकार, संगीतकार, गायक, कलाकार र निर्देशकको भुमिकामा कृयाशिल रहेका रेग्मीले विभिन्न अवार्ड, सम्मान, एकल सांझ लगायतको सामाजिक कामहरु पनि गर्दै आइरहेका थिए ।यही सिलसिलामा थाइल्यान्ड भ्रमणमा रहेका बेला रेग्मीविरुद्ध साइबर क्राइममा जाहेरी दर्ता भएको थियो । अनुसन्धानको क्रममा २ पटक म्याद थप भएर अहिले उनी प्रहरी हिरासतमा छन् ।संस्थागत गालिगलौज,भनाभन र समाचारका बिषयमा दुई संस्थाका पधादिकारी बिच भएको जुहारीलाई साइबर क्राइममा जाहेरी दर्ता गरेर पक्राउ गरेको भन्दै रेग्मीका शुभचिन्तकले आक्रोश पनि पोखिरहेका छन् ।

रेग्मी निकटका हुसेनजी भन्छन्, ‘त्यो बिषय ब्यक्तिगत गाली बेइज्जती विषय हो । सोही गाली बेइज्जती कसुरमा अदालतमा फिरादपत्रबाट ब्यक्तिवादी मुद्धा दायर हुनु पर्ने विषयलाई साइबर क्राइममा मुद्दा दर्ता हुनु आफैमा अनुचित देखिन्छ । त्यसमा थप हदम्याद नाधी परेको निबेदन दर्ता गरी अनुसन्धानका नाममा कुनै व्यक्तिलाई दुख दिनु उचित होइन ।’

सत्य र स्वरुप कहाँ छन् ?

सुवास पक्राउपछि गायक तथा संगीतकारद्धय सत्यराज आचार्य र स्वरुपराज आचार्यको पनि खोजी भएको छ । भजन शिरोमणी भक्तराज आचार्यको नाम, मर्यादा, गरिमा र सामाजिक इज्जतको दुरुपयोग गरेर सत्य र स्वरुपले सुवासलाई लामो समय हिरासतमा राख्न खोजेको भन्दै उनीहरुको खोजी भएको हो । खुल्न आए अनुसार जाहेरी दरखास्तमा घट्ना सम्बन्धि जान्नेसुन्नेमा सत्य र स्वरुपको नाम उल्लेख छ । त्यसैको आधारमा प्रहरीले साक्षी बकपत्रका लागि पटक पटक् बोलाउँदा पनि बकपत्रका लागि आउन आलटाल गरिरहेको बुझिएको छ ।

सत्य र स्वरुपले अस्वभाविक आलटाल गरेसँगै उनीहरुलाई सुवासका आफन्तले पनि खोजी गरिरहेका छन् । प्रहरीले पनि उनीहरुलाई तारन्तार बोलाइरहेका छन् । सुवासका आफन्तले भने सुवासको हिरासत अवधि बढाउनका लागि सत्य र स्वरुपले बयान दिन आलटाल गरिरहेको आरोप लगाएका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला शाखा पर्वतको तेस्रो अधिबेशन सम्पन्न, भिम बहादुर पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिती चयन

राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला शाखा पर्वतको तेस्रो अधिबेशन सम्पन्न, भिम बहादुर पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिती चयन

वि.सं.२०८३ वैशाख ३० बुधवार १३:०६

काठमाडौं। राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला शाखा पर्वतको तेस्रो अधिबेशन सम्पन्न...

यानीमाया रोधी घरको १५ औं वार्षिकोत्सब भब्य रुपमा सम्पन्न

यानीमाया रोधी घरको १५ औं वार्षिकोत्सब भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ वैशाख ३० बुधवार १२:२१

काठमाडौं। यानीमाया रोधी घरको १५ औं वार्षिकोत्सब भब्य रुपमा सम्पन्न...

३ पटक सफल रुपमा सगरमाथा आरोहरण गरेका बिजय घिमिरे बिश्वकर्मा चौथो पटक कहिल्यै नफर्कने गरी अस्ताए

३ पटक सफल रुपमा सगरमाथा आरोहरण गरेका बिजय घिमिरे बिश्वकर्मा चौथो पटक कहिल्यै नफर्कने गरी अस्ताए

वि.सं.२०८३ वैशाख २७ आइतवार ११:५४

काठमाडौं। सोलुदुधकुण्ड नगरपालिका वडा नं.७ निवासी विजय घिमिरे विश्वकर्माको लेक...

रमेश बिक्रम रत्न र मनु बेलबासेको स्वरमा “आधा मन” सार्वजनिक

रमेश बिक्रम रत्न र मनु बेलबासेको स्वरमा “आधा मन” सार्वजनिक

वि.सं.२०८३ वैशाख २४ बिहीवार १३:३३

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” को उत्कृष्ठ पाँच नोमिनेशन सार्वजनिक

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” को उत्कृष्ठ पाँच नोमिनेशन सार्वजनिक

वि.सं.२०८३ वैशाख २४ बिहीवार १२:५४

काठमाडौं-  "पाँचौ काव्य म्युजिक अवार्ड - २०८३" को उत्कृष्ठ पाँच...

बैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठगी गर्ने कलाकार तथा मेकअप आर्टिष्ट शान्ती लिम्बु बिरुद्ध ठगी मुद्धामा जाहेरी, नेपाल प्रहरीद्धारा खोजी कार्य जारी

बैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठगी गर्ने कलाकार तथा मेकअप आर्टिष्ट शान्ती लिम्बु बिरुद्ध ठगी मुद्धामा जाहेरी, नेपाल प्रहरीद्धारा खोजी कार्य जारी

वि.सं.२०८३ वैशाख २३ बुधवार ०७:१४

काठमाडैं। केही बर्ष यता बैदेशिक रोजगारीको शिलशिलामा ठगी गर्ने गिरोह...