दर्जनौं लोकप्रिय गीतका सर्जक राजकुमार बगरको “एकल गीत वाचन कार्यक्रम” चैत २५ गते पोखरामा हुने

काठमाडौं । दर्जनौं लोकप्रिय गीतका सर्जक राजकुमार बगरको एकल गीत वाचन कार्यक्रम यही चैत २५ गते पोखरामा हुने भएको छ । गीतकार प्रतिष्ठान, नेपालको आयोजनामा गीतकार राज कुमार बगरको एकल गीत वाचन कार्यक्रम हुने भएको हो ।

 

पोखरा उद्योग वाणिज्य संघमा हुने कार्यक्रममा गीतकार बगरले आफ्नो नयाँ–पुराना दुई दर्जन गीत वाचन गर्ने छन् । दुई दर्जन मध्य एक दर्जन लोकप्रिय गीतहरु र एक दर्जन बिल्कुलै नयाँ गीतहरु बाचन हुने कुरा राज कुमार बगरले जानकारी दिएका छन् ।

 

आयोजक गीतकार प्रतिष्ठानका अध्यक्ष हरिहर खनियाले गीत संगीत भरेर गाउँदा मात्रै होइन्, गीतकारले वाचन गर्दा पनि कर्णप्रिय सुनिन्छ भन्ने ​सोचले यस प्रकारको कार्यक्रम सुरु गरिएको बताए ।

 

कविता–मुक्तक वाचन हुन सक्छ । त्यसैगरी गीत पनि वाचन हुन सक्छ र गीत संगीत भरेर गाउँदा मात्रै होइन्, गीतकारले वाचन गर्दा पनि कर्णप्रिय सुनिन्छ भन्ने सोचले गतवर्ष देखि यस प्रकारको कार्यक्रम सुरु गरेका हौं’ उनले भने । गत वर्ष तीर्थ श्रेष्ठको गीत वाचन गरिएको थियो भने यस वर्ष राजकुमार बगरले गीत वाचन गर्ने भएका छन् ।

 

एकल गीत वाचन गीतकार बगरको पहिलो अनुभव हो । गीतकारको यस प्रकारका कार्यक्रम बिरलै हुने गरेका छन् । यो मेरो पहिलो अनुभव भएकाले एकदमै उत्साहित छु’ बगरले भने । उडेर जून छुन्छु भन्थेँ’, ‘यता कुलो काट्दा’, ‘तिम्लाई आफ्नो भन्ने मेरो अधिकार गुमेपछि’ लगायतका आफ्ना​ करिब २ दर्जन गीत वाचन गर्ने राज कुमार बगरले बताए ।

 

 

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“काव्य म्युजिक अवार्ड – २०८१” भव्य रुपमा सम्पन्न

“काव्य म्युजिक अवार्ड – २०८१” भव्य रुपमा सम्पन्न

वि.सं.२०८१ असार २५ मंगलवार ०६:३८

 काठमाण्डौ । काव्य म्युजिक सेन्टर र बेलिजाई समुहको संयुक्त आयोजनामा...

पर्वते गायक सुजन बराईलीको नयाँ गीत “रोटी गुलियो” सार्वजनिक

पर्वते गायक सुजन बराईलीको नयाँ गीत “रोटी गुलियो” सार्वजनिक

वि.सं.२०८१ असार २० बिहीवार १०:४२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

लोकप्रिय गीतकार एबं कलाकार नकुल ढकाल (नबिन) को नयाँ गीत “बधाई छ बेईमानी” सार्वजनिक

लोकप्रिय गीतकार एबं कलाकार नकुल ढकाल (नबिन) को नयाँ गीत “बधाई छ बेईमानी” सार्वजनिक

वि.सं.२०८१ असार २० बिहीवार ०७:२४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

संगीतकार रामु खड्काको नयाँ गीत “तिम्रो नयाँ जिन्दगी सफल होस्” ले चर्चा बटुल्दै (भिडियो सहित)

संगीतकार रामु खड्काको नयाँ गीत “तिम्रो नयाँ जिन्दगी सफल होस्” ले चर्चा बटुल्दै (भिडियो सहित)

वि.सं.२०८१ असार १९ बुधवार १५:३३

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

विश्वराम कार्कीको यथार्थपरक गीत “तनाबै तनाब छ” सार्वजनिक

विश्वराम कार्कीको यथार्थपरक गीत “तनाबै तनाब छ” सार्वजनिक

वि.सं.२०८१ असार १७ सोमवार १०:४४

काठमाडौं । गायक विश्वराम कार्कीले नयाँ गीत ल्याएका छन् ।...