“मिस मगर इटरनेशनल सिजन १” का लागी आफ्नो जन्मदिनको अवसरमा चर्चित मोडल रश्मी तामाङले गरिन् ५० हजार आर्थिक सहयोग

काठमाडौं । मिस मगर इटरनेशनल सिजन १ को फारम खुलेको छ । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलन मार्फत मिस मगर इटरनेशनल सिजन १ को फारम खुलेको औपचारिक जानकारी गराइएको थियो । यस कार्यक्रमलाई देश तथा बिदेशबाट सहयोग आउनेक्रम जारी छ । सोही क्रममा कुनै बेला लोक दोहोरी क्षेत्रमा एकछत्र राज गरेकी मोडल रश्मी तामाङले आफ्नो जन्मदिनको अवसरमा मिस मगर ईन्टरनेशनललाई सफलताको शुभकामना सहित ५० हजार रुपैया आर्थिक सहयोग गरेकी छिन् ।

 

उनी हालः अमेरिकामा बसोबास् गर्दै आईरहेकी छिन् । अमेरिका बसेतापनि आफ्नो बिगतका पलहरु र लोक दोहोरी क्षेत्रलाई नबिर्सिएको उनले बताईन् । केही समयपछि नेपाल आएर म्युजिक भिडियो र फिल्म निर्माण गर्ने उनले जानकारी गराएकी छिन् । लोक दोहोरी क्षेत्रले नै मलाई यो स्थान सम्म पुराएकोले लोक दोहोरीलाई भुल्न सक्दिन । म लोक दोहोरी क्षेत्रलाई सक्दो सहयोग पनी गर्न सक्छु उनले भनिन् ।

 

देशभरबाट मिस मगर इटरनेशनल मा भाग लिन इच्छुकले वेबसाइट तथा सामाजिक सञ्जालमार्फत आवेदन दिन सकिनेछ । २०८० वैशाख २३ गते प्रतियोगीहरूको छनौट हुनेछ भने जेठ २० गते फाइनल कार्यक्रम हुनेछ । आयोजक सुनगाभा नेपालले मिस मगर इटरनेशनल मा भाग लिन केही सर्तहरू राखेको छ । जसअनुसार यस प्रतियोगितामा १८ वर्षदेखि २८ वर्ष उमेर समूहका मगर समुदायका युवतीहरूले भाग लिन सक्नेछन् । न्यूनतम् ५ फिट् १ इन्च उचाइ हुनुपर्नेछ । फर्मका लागि ३ हजार रूपैयाँ शुल्क तोकिएको छ । ३० प्रतिशत भोटिङ र ३५ प्रतिशत निर्णायक र ३५ प्रतिशत ट्यालेन्टका आधारमा उत्कृष्ट प्रतियोगिहरुको छनौट गरिने आयोजकले जनाएको छ ।

 

मिस मगर इन्टरनेश्नलको विजेतालाई ४ लाख रुपैयाँ नगद र आधा तोला सुन, यसै गरी फर्स्ट रनर अपलाई ३ लाख रुपैयाँ र १ तोला चाँदी, सेकेन्ड रनर अपलाई २ लाख चाँदी, थर्ड रनर अपलाई १ लाख रुपैयाँ र १ तोला चाँदी र चौथो हुनेलाई ५० हजार रुपैयाँ र १ तोला चाँदी पुरस्कार स्वरूप प्रदान गरिने आयोजकले बताएको छ । नायक, गायक, डान्सर रमेशबाबु थापामगरले हराउँदै गएको मगर भाषा, संस्कृति, वेशभूषा, परम्परालाई चिनाउन मिस मगर इटरनेशनल कार्यक्रमको आयोजना गरिएको बताए । यस्तै सुनगाभा नेपालका अध्यक्ष थमप्रकाश पुनले मगर जातीको जनसंख्या नेपालमै तेस्रो ठुलो रहेकोले आफ्नो भाषा, रहनसहन, धर्म, संस्कार, खानपानलाई संसारमै चिनाउन लागि पर्ने बताए । ‘यो कार्यक्रमलाई हामीले सफल बनायौँ भने पछिको पुस्ताले पनि यसलाई अङ्गाल्नेछ ।’ अध्यक्ष पुनले बताए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४७

काठमाडौं। शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे...

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार १२:५१

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...