“मिस मगर इटरनेशनल सिजन १” का लागी आफ्नो जन्मदिनको अवसरमा चर्चित मोडल रश्मी तामाङले गरिन् ५० हजार आर्थिक सहयोग

काठमाडौं । मिस मगर इटरनेशनल सिजन १ को फारम खुलेको छ । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलन मार्फत मिस मगर इटरनेशनल सिजन १ को फारम खुलेको औपचारिक जानकारी गराइएको थियो । यस कार्यक्रमलाई देश तथा बिदेशबाट सहयोग आउनेक्रम जारी छ । सोही क्रममा कुनै बेला लोक दोहोरी क्षेत्रमा एकछत्र राज गरेकी मोडल रश्मी तामाङले आफ्नो जन्मदिनको अवसरमा मिस मगर ईन्टरनेशनललाई सफलताको शुभकामना सहित ५० हजार रुपैया आर्थिक सहयोग गरेकी छिन् ।

 

उनी हालः अमेरिकामा बसोबास् गर्दै आईरहेकी छिन् । अमेरिका बसेतापनि आफ्नो बिगतका पलहरु र लोक दोहोरी क्षेत्रलाई नबिर्सिएको उनले बताईन् । केही समयपछि नेपाल आएर म्युजिक भिडियो र फिल्म निर्माण गर्ने उनले जानकारी गराएकी छिन् । लोक दोहोरी क्षेत्रले नै मलाई यो स्थान सम्म पुराएकोले लोक दोहोरीलाई भुल्न सक्दिन । म लोक दोहोरी क्षेत्रलाई सक्दो सहयोग पनी गर्न सक्छु उनले भनिन् ।

 

देशभरबाट मिस मगर इटरनेशनल मा भाग लिन इच्छुकले वेबसाइट तथा सामाजिक सञ्जालमार्फत आवेदन दिन सकिनेछ । २०८० वैशाख २३ गते प्रतियोगीहरूको छनौट हुनेछ भने जेठ २० गते फाइनल कार्यक्रम हुनेछ । आयोजक सुनगाभा नेपालले मिस मगर इटरनेशनल मा भाग लिन केही सर्तहरू राखेको छ । जसअनुसार यस प्रतियोगितामा १८ वर्षदेखि २८ वर्ष उमेर समूहका मगर समुदायका युवतीहरूले भाग लिन सक्नेछन् । न्यूनतम् ५ फिट् १ इन्च उचाइ हुनुपर्नेछ । फर्मका लागि ३ हजार रूपैयाँ शुल्क तोकिएको छ । ३० प्रतिशत भोटिङ र ३५ प्रतिशत निर्णायक र ३५ प्रतिशत ट्यालेन्टका आधारमा उत्कृष्ट प्रतियोगिहरुको छनौट गरिने आयोजकले जनाएको छ ।

 

मिस मगर इन्टरनेश्नलको विजेतालाई ४ लाख रुपैयाँ नगद र आधा तोला सुन, यसै गरी फर्स्ट रनर अपलाई ३ लाख रुपैयाँ र १ तोला चाँदी, सेकेन्ड रनर अपलाई २ लाख चाँदी, थर्ड रनर अपलाई १ लाख रुपैयाँ र १ तोला चाँदी र चौथो हुनेलाई ५० हजार रुपैयाँ र १ तोला चाँदी पुरस्कार स्वरूप प्रदान गरिने आयोजकले बताएको छ । नायक, गायक, डान्सर रमेशबाबु थापामगरले हराउँदै गएको मगर भाषा, संस्कृति, वेशभूषा, परम्परालाई चिनाउन मिस मगर इटरनेशनल कार्यक्रमको आयोजना गरिएको बताए । यस्तै सुनगाभा नेपालका अध्यक्ष थमप्रकाश पुनले मगर जातीको जनसंख्या नेपालमै तेस्रो ठुलो रहेकोले आफ्नो भाषा, रहनसहन, धर्म, संस्कार, खानपानलाई संसारमै चिनाउन लागि पर्ने बताए । ‘यो कार्यक्रमलाई हामीले सफल बनायौँ भने पछिको पुस्ताले पनि यसलाई अङ्गाल्नेछ ।’ अध्यक्ष पुनले बताए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार ३१ मंगलवार ०९:२३

काठमाडौं। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO) को समन्वयमा...

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ असार ३० सोमवार १५:४०

लन्डन । सोंपाल समाज यूकेको "गृष्मकालिन भेटघाट कार्यक्रम" सम्पन्न भएको...

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

वि.सं.२०८२ असार २९ आइतवार १३:४०

काठमाडौं।  सुष्मा ठकुरी फाउन्डेशन नेपालद्वारा असार २७ र २८ गते...

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३५

काठमाडौं, भिजिट भिषामा कठाई सगैं नक्कली होटल बुकिङमार्फत हुने मानव...

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३०

काठमाडौंः ‘साम्व सदाशिव ॐ’ भजन भगवान शिव प्रतिको भक्तिभावले ओतप्रोत...

गायिका रिता बुढाथोकीको तीज बिशेष गीत “आमा मेरी आमा” सार्वजनिक

गायिका रिता बुढाथोकीको तीज बिशेष गीत “आमा मेरी आमा” सार्वजनिक

वि.सं.२०८२ असार २५ बुधवार १०:४६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...