“दशौं म्यूजिक खबर म्यूजिक अवार्ड” भव्य रुपमा सम्पन्न, सञ्चारकर्मी चन्द्रमणी गौतमले पाए रेडियोकर्मी सम्मान

काठमाडौं । “दशौं म्यूजिक खबर म्यूजिक अवार्ड” भव्य रुपमा सम्पन्न भएको छ । प्रतिष्ठित गायिका तीर्थ कुमारी थापालाई ५१ हजार नगद राशिसहित दीर्घ साधना सम्मान अर्पण गरियो । कार्यक्रमका प्रमुख अतिथि माननीय उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको हातबाट गायिका थापालाई अवार्ड प्रदान गरिएको हो ।

 

त्यसैगरी प्रतिष्ठिन गायक प्रेमराजा महतलाई डायस्पोरा संगीत सम्मान अर्पण गरियो भने गायक भोजराज काफ्ले र निशा देशारलाई दशकको संगीत सम्मान अर्पण गरियो । गायिका मनिषा पोखरेललाई युवा प्रतिभा सम्मान अर्पण गरियो भने बाल गायिका आयुषा गौतमलाई बालप्रतिभा प्रोत्साहन सम्मान अर्पण गरियो ।

 

वरिष्ठ पत्रकार सानुकाजी श्रेष्ठलाई १० हजार नगद राशिसहित म्यूजिक खबर कला पत्रकारिता सम्मान अर्पण गरियो भने पत्रकार चन्द्रमणि गौतमलाई रेडियोकर्मी सम्मान अर्पण गरियो । गीतकार राम अबिरल र गीतकार राम चन्द्र ढकाललाई म्यूजिक खबर स्रष्टा सम्मान अर्पण गरियो ।

 

दशौं म्यूजिक खबर म्यूजिक अवार्डमा गायिका रिता केसी र गायक प्रकाश तिमिल्सिना उत्कृष्ट गायक गायिका छनौट भए । गायिका रिता केसीले मान्छेहरुले नि गीतबाट अवार्ड चुमेकी हुने भने गायक तिमिल्सिनाले साँचो माया गीतबाट अवार्ड चुम्न सफल भए । कार्यक्रमलाई जिएनएन एचडीले प्रत्यक्ष प्रसारण गरेको थियो ।

 

अवार्डमा गायक तथा संगीतकार अशोक राईको संयोजनमा पूर्व मेचीदेखि महाकालीसम्मका मौलिक धूनहरु प्रस्तुत भएका थिए । जसमा बाँसुरीमा धनबहादुर गुरुङ, तबलामा भरत बुढाथोकी, मादलमा षोषण घर्ती, अनिल थापा, सारङ्गीमा सूर्य पूर्वछाने मगर, बाँसुरी गोपाल देव, ट्ङ्गनामा छेवाङ्ग तेन्जिङ लामा र प्रभात लामाले वाद्यवादनमा साथ दिएका थिए ।

 

गायक रामकृष्ण ढकालको गायन प्रस्तुति रहेको थियो भने शंकर बिसी, लोसिना लामिछाने, रुविना बसेल, आयुषा गौतमले नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै गायक राजु गुरुङ, गायिका देवी घर्ती, सरोज लामिछाने, टंक तिमिल्सिनाले मौलिक गायन प्रस्तुति दिएका थिए ।

 

कार्यक्रममा दशौं वर्षसम्म सहकार्य गर्ने आयोजक कमिटि, सल्लाहकार, प्रायोजक लगायतलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

 

अवार्ड प्राप्त गर्नेहरुको सूचि निम्नानुसार रहेको छ :

सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत
जय जय हो नेपाल — शान्तिराम भट्टराई

सर्वोत्कृष्ट पप गीतकार
रमेश दाहाल – कौवा करायो

सर्वोत्कृष्ट पप संगीतकार
सरोज प्याकुरेल – नो मनी फनफनी

सर्वोत्कृष्ट पप गायक
चिरञ्जीवी भण्डारी – त्यो दिन सम्झ

सर्वोत्कृष्ट पप गायिका
सोफिया थापा – तड्का तड्का

सर्वोत्कृष्ट नवप्रतिभा लोकदोहोरी महिला
रिता रावत – माया गरम्ला

सर्वोत्कृष्ट लोकगीत पुरुष
झल्को मात्रै आँखामा – रमेश पाठक

सर्वोत्कृष्ट लोकगीत महिला
फालहान्छु मस्र्याङ्दीमा गै – रेजिना परियार

सर्वोत्कृष्ट संगीत संयोजन लोकदोहोरी
विश्वास नेपाल – सालको पात उडायो बतासैले

सर्वोत्कृष्ट ध्वनि सम्पादन लोकदोहोरी
गोविन्द सोनी – सेतो सेतो कमेरो माटो

सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल लोकदोहोरी
निक्स शर्मा – कालो ऐना

सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल लोकदोहोरी
रविना भण्डारी – उही खोलीमा पानी २

सर्वोत्कृष्ट भिडियो निर्देशक÷कोरियोग्राफर लोकदोहोरी
काजिश श्रेष्ठ – झम्के फूली

सर्वोत्कृष्ट शब्द लोकदोहोरी
प्रकाश पराजुली – सरर भागौंला
जुरी अवार्ड गीतकार लोकदोहोरी
कमल सरगम– माया गरम्ला

सर्वोत्कृष्ट भाका लोकदोहोरी
खेम सेन्चुरी – मन परेको मान्छे

सर्वोत्कृष्ट गायक लोकदोहोरी
रञ्जित परियार – हार लाएर जाउ

सर्वोत्कृष्ट गायिका लोकदोहोरी
कालिका रोका – मुग्लिन पुल तरी

पब्लिक च्वाइस अवार्ड गायिका
श्रीदेवी देवकोटा– सरर हावा पिपलुको
सर्वोत्कृष्ट लोकदोहोरी गीत
शीरफूल शीरको – ईशवर सिंह÷शान्ता रानी परियार

सर्वोत्कृष्ट कल्चरल गीत गायक
झुल्केघाम हेरुँला – आरके गुरुङ

सर्वोत्कृष्ट कल्चरल गीत गायिका
माया रिमै – निशा गुरुङ

सर्वोत्कृष्ट प्रत्यक्ष दोहोरी गायन महिला
तारा थापा

सर्वोत्कृष्ट प्रत्यक्ष दोहोरी गायन पुरुष
चिज गुरुङ

सर्वोत्कृष्ट म्यूजिक भिडियो छायाँकार
मधुर बस्नेत – मुग्लिन पुल तरी

सर्वोत्कृष्ट म्यूजिक भिडियो सम्पादक
मिलन विश्वकर्मा – नाइँ नाइँ नभन

सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष आधुनिक
सागर लम्साल – हो हो नि माया

सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला आधुनिक
समिक्षा क्षेत्री – किन मरिनँ म

पपुलर मोडल अफ दि इयर महिला
पूजा शर्मा– नथिया

पपुलर मोडल अफ दि इयर पुरुष
उमेश भट्ट – सान्बाबु

सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक आधुनिक
देवेन्द्र पाण्डे – गाउँले ठिटो

सर्वोत्कृष्ट संगीत संयोजन आधुनिक
आमोश तामाङ – सलल सलल

सर्वोत्कृष्ट ध्वनि मुद्रक आधुनिक
किशोर थापा – छुटेपछि त छुट्यो

सर्वोत्कृष्ट चलचित्र गीतकार
दिग्गज द्यौराली – पीडा भए नि ९म यस्तो गीत गाउँछु २०

सर्वोत्कृष्ट चलचित्र संगीतकार
एलिश कार्की – हर युग होस् ९प्रेम गीत–३०

सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायिका
प्रविशा अधिकारी – हर युग होस् ९प्रेम गीत–३०

सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायक
युवराज चौलागाईं – सम्झना बिर्सना ९सम्झना बिर्सना०

सर्वोत्कृष्ट गजल
जमानत गुमायौ – ध्रुव अम्गाईं

सर्वोत्कृष्ट नवप्रतिभा
आयुष्मान विष्ट – पोखरेली नानी

सर्वोत्कृष्ट युगल गायन आधुनिक
प्रविन बेडवाल र दुर्गा खरेल –नथिया

सर्वोत्कृष्ट गीतकार आधुनिक
चेतन खतिवडा – हिजो आज

सर्वोत्कृष्ट गीतकार डायस्पोरा आधुनिक
डोन कार्की – कर्मको गति

सर्वोत्कृष्ट संगीतकार आधुनिक
अर्जुन पोखरेल – नथिया

पब्लिक च्वाइस अवार्ड
अनिर मास्के – विरानो यो गाउँमा

जुरी अवार्ड संगीतकार
दिपकराज विश्वकर्मा सुनैको दरबार

सर्वोत्कृष्ट गायक आधुनिक
प्रकाश तिमिल्सिना –साँचो माया

जुरी अवार्ड गायक
आनन्द कार्की – कर्मको गति

सर्वोत्कृष्ट गायिका आधुनिक
रिता केसी – मान्छेहरुले नि

सर्वोत्कृष्ट गीत आधुनिक पप
धोकेबाज – एलिना चौहान

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...