गायक तथा मोडल लक्ष्मण श्रीको “म तिम्रै डल्ले हो” सार्वजनिक

काठमाडौं। गायक तथा मोडल लक्ष्मण श्रीको “म तिम्रै डल्ले हो” नामक नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । लोकप्रिय सर्जक एकनारायण भण्डारीको शब्द रचना रहेको सो गीतमा आशिष अविरलले संगीत दिएका छन् । शुक्रबार राजधानीको एक होटेलमा आयोजित कार्यक्रममा पत्रकार भेटघाटसँगै गीतको भिडियो सार्वजनिक गरिएको थियो ।

गायिका मिलन र गायक लक्ष्मणको युगल आवाज रहेको गीतमा एकले अर्कोलाई माया प्रेमका भाव प्रकट गरेका छन् । त्यस्तै, डान्सिङ बिटमा तयार भएको गीतको भिडियोमा ‘कार्टुन क्रु’का सरोज अधिकारीले निर्देशन, कोरियोग्राफी तथा सम्पादन गरेका छन् भने पवन सुश्लीङले छायांकन गरेका हुन् ।

सोही भिडियोमा निर्देशन गरेका सरोज अधिकारी, मोडल आश्मा विश्वकर्मा, गायक तथा मोडल लक्ष्मण श्री र मोडल स्मारिका ढकालको नृत्य रहेको छ ।

गायक श्रीले गीतको भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै यसपटक केही फरक एवं पृथक गीत र भिडियो ल्याएको बताए । साथै, गीतको भिडियोलाई नृत्यमा सुहाउने मोडल सरोज अधिकारी, आश्मा विश्वकर्मा र स्मारिका ढकाललाई छनोट गरेको उनले सुनाए ।

भिडियोले बजारमा राम्रै चर्चा पाउने गायक लक्ष्मणको विश्वास छ । उनले भने, ‘यस पटकको गीत र भिडियो दुवैमा केही फरक र पृथक विषयवस्तु समावेश छन्, विगतमा पनि म आफैँले आवाज दिएका गीत र भिडियोहरूले बजारमा राम्रै चर्चा पाएका थिए, अहिलेको गीतले पनि राम्रै सपलता प्राप्त गर्छ भन्नेमा विश्वास लिएको छु ।’

भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार ऋषि धमलाले देशमा अहिलेको मौलाउँदो भ्रष्टाचार र राजनीतिक दलमा भइरहेको विभिन्न गतिविधिका विषयमा पनि कलाकारले आवाज उठाउनुपर्ने बताए । गायक लक्ष्मण श्रीले अहिले ल्याएको गीत र भिडियो माया प्रेमको भावनामा ओतपोत भए पनि हाल देशमा भइरहेको भ्रष्टाचारका विषयमा पनि गीतमार्फत नै आवाज उठाउन धमलाले आग्रह गरे ।

त्यसैगरी, वरिष्ठ पत्रकार एवं एपी १ टेलिभिजनमा ‘तमसोमा ज्योतिर्गमय’ का सञ्चालक टिकाराम यात्रीले कलाकार राज्यको अंग भन्दै आफूले गीत संगीत मन पराउने बताए । साथै, कुनै पनि कलाकारले अहिलेको अवस्थालाई मात्र मध्यनजर गरेर गीत सिर्जना गर्ने र म्युजिक भिडियो बजारमा ल्याउन नहुने बताए । कलाकार सधैँ एकैनास टिकिरहन सक्नुपर्ने भन्दै विगतदेखि भविष्यलाई पनि हेरेर अघि बढ्न उनले सुझाव दिए ।

गीतको भिडियो उनको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

हेर्नुहोस् भिडियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...