गायक तथा मोडल लक्ष्मण श्रीको “म तिम्रै डल्ले हो” सार्वजनिक

काठमाडौं। गायक तथा मोडल लक्ष्मण श्रीको “म तिम्रै डल्ले हो” नामक नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । लोकप्रिय सर्जक एकनारायण भण्डारीको शब्द रचना रहेको सो गीतमा आशिष अविरलले संगीत दिएका छन् । शुक्रबार राजधानीको एक होटेलमा आयोजित कार्यक्रममा पत्रकार भेटघाटसँगै गीतको भिडियो सार्वजनिक गरिएको थियो ।

गायिका मिलन र गायक लक्ष्मणको युगल आवाज रहेको गीतमा एकले अर्कोलाई माया प्रेमका भाव प्रकट गरेका छन् । त्यस्तै, डान्सिङ बिटमा तयार भएको गीतको भिडियोमा ‘कार्टुन क्रु’का सरोज अधिकारीले निर्देशन, कोरियोग्राफी तथा सम्पादन गरेका छन् भने पवन सुश्लीङले छायांकन गरेका हुन् ।

 

सोही भिडियोमा निर्देशन गरेका सरोज अधिकारी, मोडल आश्मा विश्वकर्मा, गायक तथा मोडल लक्ष्मण श्री र मोडल स्मारिका ढकालको नृत्य रहेको छ ।

 

गायक श्रीले गीतको भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै यसपटक केही फरक एवं पृथक गीत र भिडियो ल्याएको बताए । साथै, गीतको भिडियोलाई नृत्यमा सुहाउने मोडल सरोज अधिकारी, आश्मा विश्वकर्मा र स्मारिका ढकाललाई छनोट गरेको उनले सुनाए ।

भिडियोले बजारमा राम्रै चर्चा पाउने गायक लक्ष्मणको विश्वास छ । उनले भने, ‘यस पटकको गीत र भिडियो दुवैमा केही फरक र पृथक विषयवस्तु समावेश छन्, विगतमा पनि म आफैँले आवाज दिएका गीत र भिडियोहरूले बजारमा राम्रै चर्चा पाएका थिए, अहिलेको गीतले पनि राम्रै सपलता प्राप्त गर्छ भन्नेमा विश्वास लिएको छु ।’

भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार ऋषि धमलाले देशमा अहिलेको मौलाउँदो भ्रष्टाचार र राजनीतिक दलमा भइरहेको विभिन्न गतिविधिका विषयमा पनि कलाकारले आवाज उठाउनुपर्ने बताए । गायक लक्ष्मण श्रीले अहिले ल्याएको गीत र भिडियो माया प्रेमको भावनामा ओतपोत भए पनि हाल देशमा भइरहेको भ्रष्टाचारका विषयमा पनि गीतमार्फत नै आवाज उठाउन धमलाले आग्रह गरे ।

त्यसैगरी, वरिष्ठ पत्रकार एवं एपी १ टेलिभिजनमा ‘तमसोमा ज्योतिर्गमय’ का सञ्चालक टिकाराम यात्रीले कलाकार राज्यको अंग भन्दै आफूले गीत संगीत मन पराउने बताए । साथै, कुनै पनि कलाकारले अहिलेको अवस्थालाई मात्र मध्यनजर गरेर गीत सिर्जना गर्ने र म्युजिक भिडियो बजारमा ल्याउन नहुने बताए । कलाकार सधैँ एकैनास टिकिरहन सक्नुपर्ने भन्दै विगतदेखि भविष्यलाई पनि हेरेर अघि बढ्न उनले सुझाव दिए ।

गीतको भिडियो उनको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

हेर्नुहोस् भिडियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार ३१ मंगलवार ०९:२३

काठमाडौं। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO) को समन्वयमा...

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ असार ३० सोमवार १५:४०

लन्डन । सोंपाल समाज यूकेको "गृष्मकालिन भेटघाट कार्यक्रम" सम्पन्न भएको...

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

वि.सं.२०८२ असार २९ आइतवार १३:४०

काठमाडौं।  सुष्मा ठकुरी फाउन्डेशन नेपालद्वारा असार २७ र २८ गते...

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३५

काठमाडौं, भिजिट भिषामा कठाई सगैं नक्कली होटल बुकिङमार्फत हुने मानव...

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३०

काठमाडौंः ‘साम्व सदाशिव ॐ’ भजन भगवान शिव प्रतिको भक्तिभावले ओतप्रोत...

गायिका रिता बुढाथोकीको तीज बिशेष गीत “आमा मेरी आमा” सार्वजनिक

गायिका रिता बुढाथोकीको तीज बिशेष गीत “आमा मेरी आमा” सार्वजनिक

वि.सं.२०८२ असार २५ बुधवार १०:४६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...