सिन्दुर लगाएका र सिन्दुर लगाउन रहर भएकाहरुको कथामा बन्यो “एक चिम्टी सिन्दुर” (भिडियो सहित)

काठमाडौं । नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्

सोही क्रममा सेन्टिमेन्टल गीत “एक चिम्टी सिन्दूर” म्यूजिक खबर यूट्यूब च्यानल मार्फत् सार्वजनिक भएको छ । गायिका अन्जु पन्तको स्वरमा रहेको गीत “एक चिम्टी सिन्दूर” मा गीतकार सबिता पोखरेलको शब्द एवं सरोज कोइरालाको सङ्गीत रहेको छ । “एक चिम्टी सिन्दूर” को सङ्गीत संयोजन विष्णु अधिकारीले गरेका हुन् भने मिक्सिङ विप्लव अधिकारीले गरेका छन् ।

 

यस भिडिओमा लोकप्रिय कलाकार सागर लम्साल ‘बले’, अन्जली अधिकारी र समीक्षा क्षेत्रीको त्रिकोणात्मक कथा जोडिएको छ । माया प्रेमभित्र समेटिएको रोदनमा ‘एक चिम्टी सिन्दूर’को महत्व र अभावलाई झल्काइएको छ । ‘एक चिम्टी सिन्दूर’ कोही लाएर रुन्छन् कोही लाउन नपाएर रुन्छन् भन्ने भावभित्र मायाप्रेम, धोका र विश्वासघातका विषयहरु जोडिएका छन् । नारी लम्पट पुरुषको द्वैध चरित्र देखाईएको यस भिडिओमा कसैलाई सिन्दुर लाउने रहर त कसैलाई सिन्दुर लाउनु नै अभिशाप भएको कुरा देखाईएको छ ।

 

यथार्थपरक सामाजिक कथावस्तुमा आधारित रहेको यस गीत तथा भिडिओले हाम्रो समाजभित्रको एउटा घिनलाग्दो पाटोलाई उजागर गरेको छ l भिडिओमा नवराज उप्रेतीको छायाङ्कन र नवीन उप्रेतीको सम्पादन रहेको छ । मेकअप आर्टिष्टको रुपमा सविना उप्रेती रहेकी छन् भने कला ग्रेडिङको काम मिलन विश्वकर्माले गरेका छन् ।

 

हेर्नुहोस् भिडियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

कर्णाली प्रदेश समाज, जापान (कान्साई क्षेत्रीय समिति) को तेस्रो अधिवेशन हुँदै

कर्णाली प्रदेश समाज, जापान (कान्साई क्षेत्रीय समिति) को तेस्रो अधिवेशन हुँदै

वि.सं.२०८२ जेठ २६ सोमवार १२:४३

ओसाका, जापानमा रहनुहुने कर्णाली प्रदेशका सम्पुर्ण नेपालीहरू बीच आपसी एकता,...

“१२औं म्यूजिक खबर म्यूजिक अवार्ड – २०८१” भव्य रुपमा सम्पन्न

“१२औं म्यूजिक खबर म्यूजिक अवार्ड – २०८१” भव्य रुपमा सम्पन्न

वि.सं.२०८२ जेठ २५ आइतवार ११:५३

काठमाडौं । "१२औं म्यूजिक खबर म्यूजिक अवार्ड - २०८१" भव्य...

देबी घर्ती र ध्रुब जिसीको स्वरमा नयाँ गीत “बेनी बजार” सार्वजनिक

देबी घर्ती र ध्रुब जिसीको स्वरमा नयाँ गीत “बेनी बजार” सार्वजनिक

वि.सं.२०८२ जेठ २४ शनिवार ०४:०९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

शंकर बिसीको नयाँ मर्मस्पर्शी गीत “एउता नाता” सार्वजनिक

शंकर बिसीको नयाँ मर्मस्पर्शी गीत “एउता नाता” सार्वजनिक

वि.सं.२०८२ जेठ २२ बिहीवार ०७:०६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

काठमाडौं महानगरपालिकाका प्रहरी बलका प्रमुख राजु पाण्डेलाई निलम्बन

काठमाडौं महानगरपालिकाका प्रहरी बलका प्रमुख राजु पाण्डेलाई निलम्बन

वि.सं.२०८२ जेठ २० मंगलवार १३:३८

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रहरी बलका प्रमुख राजु पाण्डेलाई निलम्बन...

पर्यटन ब्यसायलाई प्रबद्र्धन गर्ने उदेश्यका साथ नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु

पर्यटन ब्यसायलाई प्रबद्र्धन गर्ने उदेश्यका साथ नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु

वि.सं.२०८२ जेठ १९ सोमवार १४:२६

काठमाडौँ । पर्यटन ब्यसायलाई प्रबद्र्धन गर्ने उदेश्यका साथ नेपालमा नै...