मोडल तथा नायिका दिपाशा बिसीको बिहिबार निधन, शनिबार पशुपती आर्यघाटमा अन्त्यष्टी

काठमाडौं । मोडल तथा नायिका दिपाशा बिसीको बिहिबार निधन भएको थियो । उनले बुधबार बिष सेवन गरेपछि उनलाई थापाथली स्थित नर्भिक हस्पिटलमा लगिएको थियो । दिपाशा बिसीको निधन भएको घोषणा भईसकेपछि बिहिबार पोष्टमार्टमका लागी टिचिङ लगिएको थियो । उनको आमा दुबईबाट आउन समय लाग्ने भएपछि शनिबार सम्म कुरिएको थियो । आमा आईसकेपछि शनिबार बिहान पोष्टमार्टम गरि शबयात्रा गरी पशुपती आर्यघाटमा लगिएको थियो ।

 

पशुपती आर्यघाटमा कलाकारहरु, पत्रकारहरुको बाक्लो उपस्थिती संगै रुवाबासी पनि भएको थियो । कलाकारहरुले दिपाशा बिसीको परिवारलाई समबेदना प्रकट गर्दै फुल चढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । दिपाशा बिसीको २०४८ साल साउन २८ गतेका दिन सुर्खेतमा जन्म भएको थियो भने २०८० कात्तिक २३ गते निधन भयो । ऋण अनि चर्काे ब्याजका कारण तनाबग्रस्त भएर मृत्युको बाटो रोजेर आफ्नो ब्युटी पार्लरका स्टाफहरुलाई भिडियो कल गर्दै बिष सेवन गरेको निकट ब्यक्तिहरुले बताएका छन् । उनले काठमाडौं मलमा ब्युटी पार्लर ब्यवसाय गर्दै आईरहेकी थिईन् । उनले ब्युटी पार्लर ब्यवसाय सुरु गरे लगत्तै केही महिनापछि कोरोनाको महामारीका कारण केही समय ब्यवसाय ठप्प पनि भएको थियो । लकडाउनका कारण धेरै ब्यवसायी र नेपाली जनताहरु मारमा परे । यसै कारण पनि उनी ऋणको भारी बोकेको अनुमान गर्न सकिन्छ ।

 

उनी घरको जेठी छोरी थिईन् । उनले जेठो छोराको सरह सम्पुर्ण ब्यबहार सम्हालेकी थिईन् । साथै भाई र बहिनीलँई पनि आफैले पढाएकी थिईन् । उनका एक भाई र एक बहिनी छन् । दिपाशा बिसीको निधनले सिंगो कलाकारिता क्षेत्र स्तब्ध भएको छ । सबै कलाकारहरु भाबुक भएका छन् । धेरै कलाकारहरुले दिपाशा बिसीले किन यस्तो गरिन्, किन गलत बाटो रोजिन् भनेका छन् । पछिल्लो समय सांगीतिक क्षेत्र पनि धरासायी बन्दै गएको छ । सोचेको अनी राम्रो गीतले पनि बजार पाउन सकेको स्थिती छैन । पछिल्लो समय सांगीतिक क्षेत्रमा कमै ब्यक्तिहरुले मात्र सफलता पाएका छन् । सोचे जस्तो सफलता नपाएका कलाकारहरु डिप्रेशनको शिकार पनि बनेका छन् ।

 

दिपाशा बिसीमा हरेक प्रकारमा क्षमता हुँदापनि सांगीतिक क्षेत्रको बजार ओरालो लाग्ने स्थिती देखेर, ऋणको भारी अनी चर्काे ब्याजका कारण डिप्रशनमा पुगेर बिष सेवन गर्न बाध्य भएको अनुमान गर्न सकिन्छ । उनी बि.सं. २०६८ सालमा फिल्म दुलही रानीबाट चलचित्र क्षेत्रमा डेब्यु गरेकी उनले बिरानो माया, चाल, दुलही रानी र झेली, चँैबन्दी आदी चलचित्रमा अभिनय गरेकी छिन् । उनी ‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा परिचित थिइन् । दिपाशा बिसी प्रती हाम्रो तर्फबाट मृत्तात्माको चिरशान्तीको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन प्रती धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछौं

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सन्देशमुलक गीत “भुलको बाटो” सार्वजनिक (भिडियो सहित)

सन्देशमुलक गीत “भुलको बाटो” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०१:३७

काठमाडौं । बुधबार राजधानीमा एउटा निकै राम्रो संदेश मुलक गीतको...

देउडा सम्राट नन्दकृष्ण जोशीकी छोरी श्रृंखला जोशीको नयाँ गीत “छैन हो छैन” सार्वजनिक

देउडा सम्राट नन्दकृष्ण जोशीकी छोरी श्रृंखला जोशीको नयाँ गीत “छैन हो छैन” सार्वजनिक

वि.सं.२०८२ वैशाख १ सोमवार ०४:३८

गायिका श्रृंखला जोशीको नयाँ गीत छैन हो छैन सार्बजनिक भएको...

चर्चित नायिका एलिजा गौतमलाई इण्डोनेसियामा ‘बेष्ट योङ अन्टरप्रन्यूर’ अवार्ड

चर्चित नायिका एलिजा गौतमलाई इण्डोनेसियामा ‘बेष्ट योङ अन्टरप्रन्यूर’ अवार्ड

वि.सं.२०८२ वैशाख १ सोमवार ०४:३४

काठमाडौं । चर्चित नायिका एवम् प्राइम टिभीकी निर्देशक एलिजा गौतम...

“जुनकिरी दोहोरी धमाका एबं सम्मान कार्यक्रम – २०८२” हुने, सो अवसरमा ग्राहकहरुलाई २० प्रतिशत छुट हुने

“जुनकिरी दोहोरी धमाका एबं सम्मान कार्यक्रम – २०८२” हुने, सो अवसरमा ग्राहकहरुलाई २० प्रतिशत छुट हुने

वि.सं.२०८१ चैत २६ मंगलवार १६:५८

काठमाडौं। नेपालीहरुको नयाँ बर्ष २०८२ को सुरुवात हुन लागेको बेला...

काठमाडौँ फोटोग्राफर संघद्वारा नयाँ वर्ष २०८२ को शुभकामना आदान–प्रदान, चियापान तथा क्यालेन्डर विमोचन कार्यक्रम भव्य रूपमा सम्पन्न

काठमाडौँ फोटोग्राफर संघद्वारा नयाँ वर्ष २०८२ को शुभकामना आदान–प्रदान, चियापान तथा क्यालेन्डर विमोचन कार्यक्रम भव्य रूपमा सम्पन्न

वि.सं.२०८१ चैत २४ आइतवार १२:२६

काठमाडौँ, चैत्र २३ - काठमाडौँ फोटोग्राफर संघको आयोजनामा नयाँ वर्ष...

“पुरूषोत्तम न्यौपाने सांगीतिक साँझ २०८१” पोखरामा भब्य रुपले सम्पन्न

“पुरूषोत्तम न्यौपाने सांगीतिक साँझ २०८१” पोखरामा भब्य रुपले सम्पन्न

वि.सं.२०८१ चैत २४ आइतवार ०८:१९

काठमाडौँ । बि.संं २०४६ सालमा ‘बलाम देवीथान’ बोलको गीत रेकर्ड...