रोमाञ्चक घटनाक्रमको सम्मिश्रण म्युजिक भिडिओ “परिणाम”

तुलसी गिरी ‘भावुक’

समीप निरौला र मिशेल घिमिरेको प्रमुख अभिनय रहेको म्युजिक भिडिओ ‘परिणाम’ डिजिटल बजारमा आएको छ । साक्षी-श्रेयले रचना गरेको यस गीतमा सङ्केत अगस्तीको सङ्गीत र विपना बिष्टको स्वर रहेको छ भने गीतको भिडिओ बुधबार Samip Niraula नामक युट्युब च्यानलबाट बजारमा आएको हो ।

 

फिमेल भर्सनमा आएको यस गीतमा विशाल निरौलाको सङ्गीत संयोजन र रन्जन राईको मिक्सिङ्/माष्टरिङ् रहेको छ । परिणाम’ को भिडिओ सङ्केत अगस्तीले निर्देशन गरेका हुन् । जसमा राम के. सी. को छायाङ्कन र टेकेन्द्र शाहको सम्पादन/भी.एफ.एक्स. रहेको छ।

 

बाल उमेरमै संयोगवश अपराधी बन्न पुगेको एक पुरुष पात्र, उसको कहाली लाग्दो युवा अवस्था र भताभुङ्ग भएको प्रेमकथालाई मार्मिक ढङ्गमा प्रस्तुत गरिएको यस भिडिओको कथा साक्षी-श्रेय र सुवास शाहले संयुक्त रुपमा लेखेका हुन् भने संवाद समिप निरौलाले लेखेका छन्। भिडिओ प्रेम थापा र श्रीकृष्ण निरौलाले निर्माण गरेका हुन् ।

 

रोमाञ्चक प्रस्तुति रहेको यस म्युजिक भिडिओमा सहायक कलाकारको रुपमा श्रेय अगस्ती, कृतिका गौतम, भूपेन्द्र निरौला, सविन मगर, सञ्चिता मगर, लक्षिता चापागाईं, सुवास शाह, युनिका श्रेष्ठ, सौगात खड्का, सुलभ खड्काका साथै बाल कलाकार नूर दाहाल र आराध्या निरौलाको अभिनय रहेको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार ३१ मंगलवार ०९:२३

काठमाडौं। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO) को समन्वयमा...

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ असार ३० सोमवार १५:४०

लन्डन । सोंपाल समाज यूकेको "गृष्मकालिन भेटघाट कार्यक्रम" सम्पन्न भएको...

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

वि.सं.२०८२ असार २९ आइतवार १३:४०

काठमाडौं।  सुष्मा ठकुरी फाउन्डेशन नेपालद्वारा असार २७ र २८ गते...

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३५

काठमाडौं, भिजिट भिषामा कठाई सगैं नक्कली होटल बुकिङमार्फत हुने मानव...

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३०

काठमाडौंः ‘साम्व सदाशिव ॐ’ भजन भगवान शिव प्रतिको भक्तिभावले ओतप्रोत...

गायिका रिता बुढाथोकीको तीज बिशेष गीत “आमा मेरी आमा” सार्वजनिक

गायिका रिता बुढाथोकीको तीज बिशेष गीत “आमा मेरी आमा” सार्वजनिक

वि.सं.२०८२ असार २५ बुधवार १०:४६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...