रोमाञ्चक घटनाक्रमको सम्मिश्रण म्युजिक भिडिओ “परिणाम”

तुलसी गिरी ‘भावुक’

समीप निरौला र मिशेल घिमिरेको प्रमुख अभिनय रहेको म्युजिक भिडिओ ‘परिणाम’ डिजिटल बजारमा आएको छ । साक्षी-श्रेयले रचना गरेको यस गीतमा सङ्केत अगस्तीको सङ्गीत र विपना बिष्टको स्वर रहेको छ भने गीतको भिडिओ बुधबार Samip Niraula नामक युट्युब च्यानलबाट बजारमा आएको हो ।

फिमेल भर्सनमा आएको यस गीतमा विशाल निरौलाको सङ्गीत संयोजन र रन्जन राईको मिक्सिङ्/माष्टरिङ् रहेको छ । परिणाम’ को भिडिओ सङ्केत अगस्तीले निर्देशन गरेका हुन् । जसमा राम के. सी. को छायाङ्कन र टेकेन्द्र शाहको सम्पादन/भी.एफ.एक्स. रहेको छ।

बाल उमेरमै संयोगवश अपराधी बन्न पुगेको एक पुरुष पात्र, उसको कहाली लाग्दो युवा अवस्था र भताभुङ्ग भएको प्रेमकथालाई मार्मिक ढङ्गमा प्रस्तुत गरिएको यस भिडिओको कथा साक्षी-श्रेय र सुवास शाहले संयुक्त रुपमा लेखेका हुन् भने संवाद समिप निरौलाले लेखेका छन्। भिडिओ प्रेम थापा र श्रीकृष्ण निरौलाले निर्माण गरेका हुन् ।

रोमाञ्चक प्रस्तुति रहेको यस म्युजिक भिडिओमा सहायक कलाकारको रुपमा श्रेय अगस्ती, कृतिका गौतम, भूपेन्द्र निरौला, सविन मगर, सञ्चिता मगर, लक्षिता चापागाईं, सुवास शाह, युनिका श्रेष्ठ, सौगात खड्का, सुलभ खड्काका साथै बाल कलाकार नूर दाहाल र आराध्या निरौलाको अभिनय रहेको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

वि.सं.२०८३ भदौ २ मंगलवार ११:३४

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७...

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

वि.सं.२०८३ साउन ३१ आइतवार १३:१३

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...