“सारेगम म्युजिक अवार्ड – २०८१” सम्पन्न

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले देशका मौलिक लोकसंस्कृति र हरेक विधाका कलाले विभिन्न जातीय, धर्म, लैंगिक र भाषाभाषीलाई एकै ठाउँमा जोडेको बताएका छन् ।

 

बुधबार राजधानीमा आयोजित पहिलो संस्करणको सारेगम म्युजिक अवार्ड वितरण तथा सम्मान कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष दाहालले राज्यका लागि विभिन्न कला र मौलिक लोक संस्कृति अतिआवश्यक अंग भएको भन्दै यस्तो बताएका हुन् ।

 

उनले नेपाली गीत संगीतले देशलाई विश्वमा चिनाएको स्मरण गर्दै हामी जुन देशको कुनाकन्तरामा छरिएर रहे पनि विभिन्न मौलिक कला र लोक संस्कृतिलाई भुल्न नसकिने बताए । साथै, अध्यक्ष दाहालले मौलिक लोक संस्कृतिको संरक्षण र विकासमा आमनागरिक लाग्नुपर्ने बताए । उनले गीत संगीतको आफ्‌नै फरक खालको धुन भएको र विश्वभर जुन देशका संगीतमा पनि सारेगम नै मुख्य संगीतको पहिलो खुड्किलो भएको उल्लेख गरे ।

 

‘विभिन्न नेपाली मौलिक गीतसंगीत तथा लोक संस्कृतिले कुनै जातीय वर्ग, समुदाय, धर्म तथा संस्कारलाई विभेद गर्दैन, हरेक क्षेत्रलाई एकापसमा जोडेको हुन्छ,’ अध्यक्ष दाहालले भने, ‘हामी विश्वका जुन कुनाकन्तरामा रहे पनि आफ्‌नै देशको माटो र नेपाली मौलिक लोक संस्कृतिले मोहित बनाइरहेको हुन्छ, समग्र विश्वका जुन देशका संगीतमा पनि ‘सारेगम’ भन्ने शब्द नै संगीतको मुख्य खुड्किलो मानिँदै आइएको छ ।’

 

सो अवार्ड वितरण समारोहमा अध्यक्ष दाहालले विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरूलाई सम्मानपत्रद्वारा सम्मानित गरेका थिए । कार्यक्रममा पत्रकारिता सम्मानबाट सौर्यकर्मी तथा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका केन्द्रीय सदस्य बाबुराम सिग्देल र दशक साधना डायस्पोरा सम्मानबाट हरि उप्रेती सम्मानित भएका छन् ।

त्यसैगरी सारेगम म्युजिक अवार्ड सम्मानबाट मिमा छिरिङ शेर्पा, चेतन सापकोटा, सुरेश अधिकारी, जानुका पौडेल, नायक सविन श्रेष्ठ, शिवन पोखरेल, पूर्ण रावल, विरेन्द्र हमाल, आईटी राजेन्द्र अर्याल, ज्ञानेन्द्र थापा क्षेत्री, ज्ञानेन्द्र क्षेत्री र सुनील श्रेष्ठलगायत सम्मानित भएका छन् । त्यस्तै, विभिन्न मिडियामा आबद्ध अन्य धेरै पत्रकार तथा सञ्चारकर्मीहरूलाई समेत कदरपत्र प्रदान गरिएको थियो ।

 

सम्मानपत्र प्रदान गर्दै अध्यक्ष दाहालले पत्रकारहरूका सकारात्मक समाचार सम्प्रेषणबाट नै लामो समयदेखि प्रतिपक्ष दलले अवरोध गर्दै आइहेको राष्ट्रिय सभा बैठक सञ्चालन गर्न आफैँ सफल भएको बताए । त्यस्तै, कार्यक्रममा सारेगम म्युजिक अवार्डकी अध्यक्ष तृप्ती खड्‌का गुरुङले गीत संगीतका विभिन्न २९ विधामा अवार्ड वितरण गरिएको जानकारी दिइन् ।

 

पहिलो संस्करणको यस अवार्ड वितरण गगरिएको सुनाउँदै अध्यक्ष खड्‌काले आगामी वर्षहरूमा पनि यस कार्यक्रमलाई निरन्तरता दिइने बताइन् । पहिलो संस्करणको कार्यक्रममार्फत गीतसंगीतमा योगदान दिएका विभिन्न कलाकारहरूलाई प्रोत्साहनस्वरूप अवार्ड प्रदान गरिएको सारेगम स्टुडियोका प्रबन्ध निर्देशक विजय गुरुङले बताए । आगामी वर्षहरूका अवार्ड कार्यक्रम थप व्यवस्थित बनाउने गुरुङको भनाइ थियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

वि.सं.२०८३ भदौ १० बुधवार ०९:५५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

वि.सं.२०८३ भदौ ९ मंगलवार १२:२६

काठमाडौँ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा एकै मञ्चमा १४...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...