चर्चित गायक एबम् संगीतकार हेमन्त शिशिरको नयाँ गीत “संगै जुनी काटम्ला” बिमोचन कार्यक्रम सहित सार्वजनिक

काठमाडौं । चर्चित गायक एबम् संगीतकार हेमन्त शिशिरको नयाँ गीत “संगै जुनी काटम्ला” बिमोचन कार्यक्रम सहित सार्वजनिक भएको छ। बिमोचन कार्यक्रममा हेमन्त शिशिरको अध्यक्षता रहेको थियो भने बरिष्ठ लोक गायक बम बहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतम, म्युजिक खबरका प्रधान सम्पादक सुमन बैरागी, चर्चित संगीतकार तथा संगीत प्रशिक्षक नरहरी प्रेमी, स्पेश फोरके टेलिभिजनका समाचार सम्पादक खेम बहादुर बम, चर्चित मोडल स्मारिका ढकाल, चर्चित मोडल एस.के. दाहाल लगायत थुप्रै कलाकार र पत्रकारहरुको उपस्थिती रहेको थियो। सो कार्यक्रममा जय देबकोटाले स्वागत मन्तब्य राखेका थिए।

कार्यक्रमको सञ्चालन सञ्चारकर्मी तथा गायक राज कुमार रायमाझीले गरेका थिए भने मिडिया संयोजकको भुमिका पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” ले गरेका थिए। बिमोचन कार्यक्रम सहित सार्वजनिक भएको गीत “संगै जुनी काटम्ला” गीतमा उनै हेमन्त शिशिर र पुजा देबकोटाको स्वर रहेको छ भने अञ्जु बिसीको शब्द, हेमन्त शिशिरको संगीत, एरेञ्ज तथा ध्वनी सम्पादन रहेको छ।

यस गीतको भिडियोमा प्रबिन थापाको निर्देशन, सरोज शाहीको छायांकन, अमृत चापागाईको सम्पादन रहेको छ। उक्त गीतको भिडियोमा हेमन्त शिशिर र चर्चित मोडल स्मारिका ढकालको अभिनय रहेको छ । यस गीतलाइ Hemanta Shishir युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

हेर्नुहोस् भिडियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४७

काठमाडौं। शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे...

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार १२:५१

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...