साँस्कृतिक महासंघमा बेथिति बढ्न थालेपछि वास्तविक कलाकर्मी बाहिरिन थालेको बरिष्ठ गायक दुर्गा रायमाझीको गुनासो

काठमाडौं । नेपाल साँस्कृतिक महासंघमा नेतृत्वको बेथितिका कारण वास्तविक असली कलाकर्मी महासंघ बाट बाहिरिन थालेको महासंघका केन्द्रीय महामन्त्री बरिष्ठ लोक गायक दुर्गा रायमाझीले बताउनु भयो ।

केही दिनको सुदूरपश्चिम प्रदेश भ्रमणमा धनगढी पुग्नु भएका नेपाल साँस्कृतिक महासंघका केन्द्रीय महामन्त्री बरिष्ठ लोक गायक दुर्गा रायमाझीले सुदूरपश्चिम प्रदेशका जिल्ला अध्यक्षहरु संगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सो कुरा बताउनु भएको हो ।

अहिलेको अवस्थामा महासंघमा बेथिति झन बढ्दै गएको र स्वयं संस्था नेपाल साँस्कृतिक महासंघले महासंघको स्वरुप पाउन नसकेको बताउनु भयो । संघकै पुर्णता नभएको बेला यहाँ महासंघको नाममा गरिने हरेक क्रियाकलाप बैध नभएको रायमाझीको भनाई छ । हामीलाई पार्टीले ३ बर्षका लागि मनोनीत गरिएका ५ जनाकै ९ बर्ष पुगिसक्यो बैधानिक संकट आईसकेको अवस्थामा कसैले ब्यक्तिगत रुपमा पत्र बाडदै हिड्नु हास्यास्पद भएको बताउनु भयो ।

पहिले हामीले महासंघको संरचना तयार गर्न सबै संघहरु गठन प्रक्रियामा लाग्नु पर्ने बताउनु भयो । फरक कार्यक्रमका लागि कैलाली पुग्नु भएका महामन्त्री रायमाझीले अब साथीहरू सबै संग सल्लाह गरि देश ब्यापी संगठन बिस्तारका लागि पार्टी नेतृत्व संग छलफल गरि अघि बढ्ने बताउनु भयो ।

महासंघले पुर्णता पाएपछि मात्रै अन्य प्रक्रिया सुरु हुने भएकाले अहिले यो पद त्यो पद भन्दै पत्र बितरण बढी आतंक भएको भन्दै साथीहरूमा तिक्तता ल्याउने कार्य गर्नु गराउनु जो कसैलाई छुट नहुने बताउनु भयो । मैले सुरुवात बाटै संस्था बिधिले चल्नु पर्छ भन्ने अडान राख्दै आएको हो तर पटक -पटक बिधिको खिल्ली उडाउने काम भइरहेको छ यसैले असली कलाकर्मिहरु महासंघ प्रति रुचि राख्न छाडेका छन।

महासंघको बेथिति विरुद्ध पार्टी नेतृत्वले चाडैं निकास ल्याउनेमा आफू बिश्वस्त रहेक बताउनु भयो । आफू नेतृत्व आउने कुरा अहिले नै नसोचेको साथीहरूको सल्लाह बमोजिम अघि बढ्ने बताउनु भयो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

वि.सं.२०८३ भदौ २ मंगलवार ११:३४

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७...

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

वि.सं.२०८३ साउन ३१ आइतवार १३:१३

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...