म्याग्दी कलाकार संघ काठमाडौं, नेपालको आयोजनामा “स्रष्टा सम्मान तथा सांगीतिक कार्यक्रम – २०८१” सम्पन्न हुने

काठमाडौं । “म्याग्दीको कला संस्कृती म्याग्दीको शान, राष्ट्रको पहिचान” भन्ने मुल नारा सहित स्थापित संस्था “म्याग्दी कलाकार संघ काठमाडौं, नेपाल” को आयोजनामा महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा “स्रष्टा सम्मान तथा सांगीतिक कार्यक्रम – २०८१” सम्पन्न हुने भएको छ । यस कार्यक्रम काठमाडौं, नयाँ बसपार्क स्थित बिजी ब्यांङ्क्वेटको हलमा भदौ १५ गतेका दिन भब्य रुपमा सम्पन्न गर्न लागिएको कुरा सोही संस्था की अध्यक्ष लाली बुढाथोकीले जानकारी गराएकी छिन् ।

कार्यक्रममा म्याग्दी जिल्लामा रहेका मौलिक कला संस्कृती, पुख्र्यौली नाँच, थाली नाँच, यानीमाया, सालैजो लगायत चर्चित कलाकारहरुको प्रस्तुती रहने कुरा अध्यक्ष बुढाथोकीले बताएकी छिन् । “म्याग्दी कलाकार संघ काठमाडौं, नेपाल” ले हरेक बर्ष महिलाहरुको महान पर्व हरितालिकाको अवसर पारेर स्रष्टा सम्मान तथा सांगीतिक कार्यक्रम आईरहेको जानकारी गराउदै कार्यक्रमलाई आर्थिक, नैतिक, भौतिक रुपले सहयोग गरी सफल बनाईदिन अनुरोध गरेकी छिन् ।

“स्रष्टा सम्मान तथा सांगीतिक कार्यक्रम – २०८१” मा म्याग्दीका अग्रज कलाकार, समाजसेबी, खेलाडी र अन्य ब्यक्तिहरुलाई सम्मान गरिनुका साथै कार्यक्रम सफल पार्न योग्दान दिने ब्यक्तिहरुलाई पनि सम्मान गरिने कुरा प्रचार प्रसार बिभागका संयोजक प्रकाश बराईली “अभिब्यक्ति” ले जानकारी गराए ।

म्याग्दी जिल्ला कला संस्कृतीले धनी भएतापनि प्रचार प्रसारका हिसावले पछाडी रहेको कुरा सुनाउदै म्याग्दीको मौलिक कला संस्कृतीलाई बिभिन्न मिडियाहरुमा स्थान दिई संरक्षणमा बिशेष टेवा पुराईदिन प्रचार प्रसार बिभागका संयोजक प्रकाश बराईली “अभिब्यक्ति” ले अनुरोध गरेका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४७

काठमाडौं। शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे...

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार १२:५१

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...