म्याग्दी कलाकार संघ काठमाडौं, नेपालको आयोजनामा “स्रष्टा सम्मान तथा सांगीतिक कार्यक्रम – २०८१” सम्पन्न हुने

काठमाडौं । “म्याग्दीको कला संस्कृती म्याग्दीको शान, राष्ट्रको पहिचान” भन्ने मुल नारा सहित स्थापित संस्था “म्याग्दी कलाकार संघ काठमाडौं, नेपाल” को आयोजनामा महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा “स्रष्टा सम्मान तथा सांगीतिक कार्यक्रम – २०८१” सम्पन्न हुने भएको छ । यस कार्यक्रम काठमाडौं, नयाँ बसपार्क स्थित बिजी ब्यांङ्क्वेटको हलमा भदौ १५ गतेका दिन भब्य रुपमा सम्पन्न गर्न लागिएको कुरा सोही संस्था की अध्यक्ष लाली बुढाथोकीले जानकारी गराएकी छिन् ।

 

कार्यक्रममा म्याग्दी जिल्लामा रहेका मौलिक कला संस्कृती, पुख्र्यौली नाँच, थाली नाँच, यानीमाया, सालैजो लगायत चर्चित कलाकारहरुको प्रस्तुती रहने कुरा अध्यक्ष बुढाथोकीले बताएकी छिन् । “म्याग्दी कलाकार संघ काठमाडौं, नेपाल” ले हरेक बर्ष महिलाहरुको महान पर्व हरितालिकाको अवसर पारेर स्रष्टा सम्मान तथा सांगीतिक कार्यक्रम आईरहेको जानकारी गराउदै कार्यक्रमलाई आर्थिक, नैतिक, भौतिक रुपले सहयोग गरी सफल बनाईदिन अनुरोध गरेकी छिन् ।

 

“स्रष्टा सम्मान तथा सांगीतिक कार्यक्रम – २०८१” मा म्याग्दीका अग्रज कलाकार, समाजसेबी, खेलाडी र अन्य ब्यक्तिहरुलाई सम्मान गरिनुका साथै कार्यक्रम सफल पार्न योग्दान दिने ब्यक्तिहरुलाई पनि सम्मान गरिने कुरा प्रचार प्रसार बिभागका संयोजक प्रकाश बराईली “अभिब्यक्ति” ले जानकारी गराए ।

 

म्याग्दी जिल्ला कला संस्कृतीले धनी भएतापनि प्रचार प्रसारका हिसावले पछाडी रहेको कुरा सुनाउदै म्याग्दीको मौलिक कला संस्कृतीलाई बिभिन्न मिडियाहरुमा स्थान दिई संरक्षणमा बिशेष टेवा पुराईदिन प्रचार प्रसार बिभागका संयोजक प्रकाश बराईली “अभिब्यक्ति” ले अनुरोध गरेका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन व्यवसायी संगठित

आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन व्यवसायी संगठित

वि.सं.२०८२ असार ३१ मंगलवार १२:३१

काठमाडौँ — आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन...

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार ३१ मंगलवार ०९:२३

काठमाडौं। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO) को समन्वयमा...

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ असार ३० सोमवार १५:४०

लन्डन । सोंपाल समाज यूकेको "गृष्मकालिन भेटघाट कार्यक्रम" सम्पन्न भएको...

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

वि.सं.२०८२ असार २९ आइतवार १३:४०

काठमाडौं।  सुष्मा ठकुरी फाउन्डेशन नेपालद्वारा असार २७ र २८ गते...

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३५

काठमाडौं, भिजिट भिषामा कठाई सगैं नक्कली होटल बुकिङमार्फत हुने मानव...

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३०

काठमाडौंः ‘साम्व सदाशिव ॐ’ भजन भगवान शिव प्रतिको भक्तिभावले ओतप्रोत...