म्याग्दी कलाकार संघ काठमाडौं नेपालद्धारा थाली नाचको सुरुवातकर्ता हिरामाया पुन मगर र बरिष्ठ गायक एबं सर्जक खड्ग गर्बुजा सम्मानित

काठमाडौं। “म्याग्दीको कला संस्कृती म्याग्दीको शान, राष्ट्रको पहिचान” भन्ने मुल नारा सहित स्थापित संस्था “म्याग्दी कलाकार संघ काठमाडौं, नेपाल” को आयोजनामा महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा “स्रष्टा सम्मान तथा सांगीतिक कार्यक्रम – २०८१” भब्य रुपमा सम्पन्न भएको छ। यस कार्यक्रम काठमाडौं, नयाँ बसपार्क स्थित बिजी ब्यांङ्क्वेटको हलमा भदौ १५ गतेका दिन भब्य रुपमा सम्पन्न भएको हो।

“स्रष्टा सम्मान तथा सांगीतिक कार्यक्रम – २०८१” मा यसै संस्था की अध्यक्ष लोकप्रिय गायिका लाली बुढाथोकीको अध्यक्षता रहेको थियो भने प्रतिनिधी सभाका सदस्य माननिय खमबिर गर्बुजाको प्रमुख आतिथ्यता रहेको थियो। त्यसैगरी बरिष्ठ गायक एबं सर्जक खड्ग गर्बुजा, म्याग्दी उधोग बाणिज्य संघका अध्यक्ष सुबिन श्रेष्ठ, म्याग्दी कलाकार संघ काठमाडौंका संस्थापक अध्यक्ष राजन भुजेल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल म्याग्दी शाखाका अध्यक्ष ध्रुब जिसी, लोकप्रिय गायक प्रकाश दुतराज, चर्चित कलाकार रबी कार्की, गायक सुजन बराईली लगायत थुप्रै कलाकारहरु, समाजसेबी ब्यक्तित्व, ब्यवसायी, संगीतप्रेमीहरु, म्याग्दीबासीहरु र पत्रकारहरुको बिशेष उपस्थिती रहेको थियो। उक्त कार्यक्रममा यसं संस्थाका महासचिव राम गगन बिश्वकर्मा र बिमला श्रीषले कार्यक्रम सञ्चालन गरेका थिए।

कार्यक्रममा चर्चित कलाकारहरुको साथमा म्याग्दी जिल्लामा रहेका मौलिक कला संस्कृती, पुर्ख्यौली नाँच, थाली नाँच लगायत अन्य थुप्रै साँस्कृतिक प्रस्तुतीहरु प्रस्तुत भएका थिए। “म्याग्दी कलाकार संघ काठमाडौं, नेपाल” ले हरेक बर्ष महिलाहरुको महान पर्व हरितालिकाको अवसर पारेर स्रष्टा सम्मान तथा सांगीतिक कार्यक्रम गर्दै आईरहेको र कार्यक्रम सफल बनाउन सबैले आआफ्नो तर्फबाट सक्दो सहयोग गरी कायक्रमलाई सभ्य र भब्य रुपमा सफल बनाउन बिशेष योग्दान दिएकोे भन्दै आभार प्रकट गरेकी थिईन्।

“स्रष्टा सम्मान तथा सांगीतिक कार्यक्रम – २०८१” मा म्याग्दीलाई थाली नाँच मार्फत बिश्वब्यापी रुपमा चिनाउने अग्रज कलाकार एबं थाली नाचको सुरुवातकर्ता हिरामाया पुन मगर, म्याग्दीमा जन्मिएका बरिष्ठ गायक एबं सर्जक खड्ग गर्बुजालाई बिशेष सम्मान गरिएको थियो भने म्याग्दी उधोग बाणिज्य संघका अध्यक्ष सुबिन श्रेष्ठ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल म्याग्दी शाखाका अध्यक्ष ध्रुब जिसी, के.एम.कोरियन ल्याङ्ग्वेजका प्रतिनिधी, सेवा नेपालका सञ्चालक राम प्रसाद शर्मा लगायत थुप्रै सहयोगीदाता लगायत अन्य ब्यक्तिहरुलाई पनि सम्मान गरिएको कुरा प्रचार प्रसार बिभागका संयोजक प्रकाश बराईली “अभिब्यक्ति” ले जानकारी गराए ।

म्याग्दी जिल्ला कला संस्कृतीले धनी भएतापनि प्रचार प्रसारका हिसावले पछाडी रहेको कुरा भन्दै म्याग्दीको मौलिक कला संस्कृतीलाई बिभिन्न मिडियाहरुमा स्थान दिई संरक्षणमा बिशेष टेवा पुराईदिन प्रचार प्रसार बिभागका संयोजक प्रकाश बराईली “अभिब्यक्ति” ले अनुरोध पनि गरेका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

उपत्यका समन्वय समितीको “२० औं वार्षिक साधारण सभा तथा सातौं अधिबेशन – २०८२” मा प्रसाद लामिछाने निर्वाचित, अन्य कुन कुन पदमा को को निर्वाचित भए त ?

उपत्यका समन्वय समितीको “२० औं वार्षिक साधारण सभा तथा सातौं अधिबेशन – २०८२” मा प्रसाद लामिछाने निर्वाचित, अन्य कुन कुन पदमा को को निर्वाचित भए त ?

वि.सं.२०८२ मंसिर २१ आइतवार १२:५१

प्रकाश बराईली "अभिब्यक्ति" काठमाडौं, नेपाल   राष्ट्रिय लोक तथा दोहोरी...

पार्वती बिश्वकर्मा र राम परियारको स्वरमा पृथक गीत “उनिको स्विटर” सार्वजनिक (भिडियो सहित)

पार्वती बिश्वकर्मा र राम परियारको स्वरमा पृथक गीत “उनिको स्विटर” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ मंसिर १९ शुक्रवार १०:१०

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

सुजन म्युजिक प्रा. लि.को आयोजनामा “तेस्रो इन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०८२” का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक (बिबरण सहित)

सुजन म्युजिक प्रा. लि.को आयोजनामा “तेस्रो इन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०८२” का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक (बिबरण सहित)

वि.सं.२०८२ मंसिर १९ शुक्रवार ०८:४४

काठमाडौं। "सुजन म्युजिक प्रा. लि.को आयोजनामा "तेस्रो इन्डो नेपाल सुजन...

अमृत रामदामको मौलिक गीत “बासीहालो बिहानै भाले” सावजनिक

अमृत रामदामको मौलिक गीत “बासीहालो बिहानै भाले” सावजनिक

वि.सं.२०८२ मंसिर ११ बिहीवार ०६:२३

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

रमेश बिक्रम रत्नको नयाँ गीत  “टेम्पो ढोलकी” अघी सार्वजनिक

रमेश बिक्रम रत्नको नयाँ गीत  “टेम्पो ढोलकी” अघी सार्वजनिक

वि.सं.२०८२ मंसिर ११ बिहीवार ०६:०७

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

क्रोयसियाको इभान्कोभो स्थित रेलको ठक्करबाट एक नेपालीको मृत्यु

क्रोयसियाको इभान्कोभो स्थित रेलको ठक्करबाट एक नेपालीको मृत्यु

वि.सं.२०८२ मंसिर ११ बिहीवार ०५:३५

भिम ओलि युरोप सम्बाददाता (क्रोयसिया)   क्रोयसियाको इभान्कोभो स्थित रेलको...