गायक तथा सर्जक सुदर्शन बुढा क्षेत्रीको नयाँ गीत “गए सारा खुसी” सार्वजनिक

वि.सं.२०८१ चैत १७ आइतवार ०३:००

काठमाडौं । नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा बिगत ८ बर्ष देखी सांगीतिक क्षेत्रमा प्रबेश गरेका गायक तथा सर्जक सुदर्शन बुढा क्षेत्रीको नयाँ गीत “गए सारा खुसी” सार्वजनिक भएको छ।
क्षेत्रीका दर्जन भन्दा बढी गीतहरु बजारमा आईसकेका छन् भने केही गीतहरु आउनेक्रममा पनि छन्। हालै सार्वजनिक भएको गीत “गए सारा खुसीमा” पुर्ण संयोग र चित्र रोकाको स्वर रहेको छ भने तिलसरा शर्माको शब्द, सुदर्शन बुढा क्षेत्रीको संगीत रहेको छ।
यस गीतको भिडियोमा रामु बिरही मललको निर्देशन, हरिश महराको छायांकन, रामु बिरही मल्लको सम्पादन रहेको छ। उक्त गीतको भिडियोमा कृष्ण रुचाल, रश्मी थापा, बिबेक लकान्द्री, सुशिल बजगाई, गरिश्मा बजगाई आदीको अभिनय रहेको छ। यस गीतलाई BMSG – OFFICIAL नामक युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
हेर्नुहोस् भिडियो।

वि.सं.२०८१ चैत १७ आइतवार ०३:००