चर्चित गायक राजन भुजेल बिश्वकर्माको नयाँ गीत “शिरमा चन्दन” सार्वजनिक

वि.सं.२०८१ चैत १७ आइतवार ०३:१७

काठमाडौं । नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा चर्चित गायक राजन भुजेल बिश्वकर्माको नयाँ गीत “शिरमा चन्दन” सार्वजनिक भएको छ।
यस गीतमा चर्चित गायिका शान्ती श्री परियार र राजन भुजेल बिश्वकर्मा कै स्वर रहेको छ। यस गीतमा रमेश परियारको शब्द, संगीत रहेको छ। यस गीतमा बिशाल घिमिरेको निर्देशन, प्रकाश खड्काको छायांकन, दिपक बिष्टको सम्पादन रहेको छ।
उक्त गीतको भिडियोमा जुना बिश्वकर्मा र रयन बस्यालको अभिनय रहेको छ। यस गीतलाई गलेश्वर म्युजिक सेन्टरको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला।

वि.सं.२०८१ चैत १७ आइतवार ०३:१७