गायक प्रताप सुब्बाको आफ्नो नवीनतम सिर्जना “कहिले कहीँ मैले” सार्वजनिक

काठमाडौं। नेपाली संगीत संसारमा गायक प्रताप सुब्बाले आफ्नो नवीनतम सिर्जना “कहिले कहीँ मैले” मार्फत नयाँ ऊर्जा भरेका छन्।

 

प्रेम, विछोड र समर्पणका भावना गहिरो रूपमा उजागर गरिएको यस गीतमा प्रताप सुब्बाले सन् १९७८ तिर भूटानको सर्भाङमा विद्यार्थी जीवन र साथीभाइसँगको प्रेम सम्झिँदै शब्द रचना गरेका थिए। संगीत, शब्द र स्वर तीनै पक्षमा प्रताप सुब्बाको गीतमा थप आत्मीयता र मौलिकता थपिएको देखिन्छ।

 

भिडियो निर्देशन विशाल गुरुङले गरेका छन् भने केदार उप्रेतीले सह-निर्देशकको रूपमा साथ दिएका छन्। सिनेम्याटोग्राफी, सम्पादन र रङ संयोजनमा सुरेन्द्रमान सिंहले आफ्नो कलात्मकता प्रस्तुत गरेका छन्। निर्देशक गुरुङ भन्छन्, “हाम्रो इतिहास र पुस्ताको सम्मानमा सधैं कार्य गर्दै नयाँ पुस्तासम्म पुर्‍याउने AB Dream को योजना हो।”

 

गीतमा भायोलिनवादनले विशेष जीवन्तता थपेको छ। मुस्कान बलम्पाकी, सेलेना गुरुङ, येमा चम्लागाईं, ग्रीश्मा खतीवडा, लाकिएशा तामाङ, प्रिशा गुरुङ, जेनी गुरुङ र दक्षिणा सुनुवारले आफ्नो प्रतिभाबाट गीतलाई अझ सजीव बनाएका छन्।

 

संगीत संयोजनमा Flamingo Band का सदस्यहरू रत्न गुरुङ, ज्याक लोजा गुरुङ, साइमन छेत्री, सुसान्त राई, लोकेश गुरुङ, दीपक गुरुङ, ग्रीश (तमु) गुरुङ, विमान रेम्जग र धनपति शिवाकोटीले महत्वपूर्ण योगदान दिएका छन्। ध्वनि सम्पादनको जिम्मेवारी धन राईले सम्हालेका छन्।

 

संगीत संयोजन सञ्चिब बराइलीले गरेका हुन् भने रेकर्डिङ तथा भोकल व्यवस्थापन मनिश मिलन चाम्लिङले सम्हालेका छन्, जसले गीतको भावनात्मक गहिराइ अझै प्रखर बनाएको छ।

 

गीतको छायांकन एभरेस्ट स्पाइस मास्क बार र शाङ्ग्रिला हिबाची सुशी इन्डियन–नेपाली रेस्टुरेन्टमा सम्पन्न गरिएको हो। यस परियोजनामा राम गुरुङ, धन लेप्चा, कृष्ण रिजाल, नरेश मैनाली, खडानन्द अधिकारी, मुक्तिराज गुरुङ, जीवन गुरुङ, रोनन सुब्बा लगायत अन्य सहयोगीहरूको महत्त्वपूर्ण योगदान रहेको छ।

 

गीतको प्रचारमा ग्लोबल भूटानीज न्युज र ग्लोबलपोस्टइन्फो.युएस , पत्रकार अर्जुन प्रधान र लक्ष्मि अधिकारी जस्ता मिडिया संस्थाहरूले सक्रिय भूमिका खेलेका छन्, जसले यस सिर्जनालाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने अपेक्षा गरिएको छ।

 

गायक प्रताप सुब्बाले भनेका छन्, “यो गीत मैले १९७८ तिर विद्यार्थी जीवन र साथीभाइको प्रेम सम्झिँदै लेखेको हुँ।”

 

“कहिले कहीँ मैले” गीतले नेपाली संगीतमा प्रेम, विछोड र समर्पणको गहिरो मिठास भरेको छ। यसले भविष्यमा नेपाली संगीतमा मौलिकता र भावनात्मकता थप्ने सम्भावनालाई अझ बलियो बनाएको छ। गायक प्रताप सुब्बाको आगामी सिर्जनाहरूप्रति अब स्रोताहरूको अपेक्षा उच्च बनेको छ। 

 

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

पार्वती बिश्वकर्मा र राम परियारको स्वरमा पृथक गीत “उनिको स्विटर” सार्वजनिक (भिडियो सहित)

पार्वती बिश्वकर्मा र राम परियारको स्वरमा पृथक गीत “उनिको स्विटर” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ मंसिर १९ शुक्रवार १०:१०

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

सुजन म्युजिक प्रा. लि.को आयोजनामा “तेस्रो इन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०८२” का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक (बिबरण सहित)

सुजन म्युजिक प्रा. लि.को आयोजनामा “तेस्रो इन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०८२” का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक (बिबरण सहित)

वि.सं.२०८२ मंसिर १९ शुक्रवार ०८:४४

काठमाडौं। "सुजन म्युजिक प्रा. लि.को आयोजनामा "तेस्रो इन्डो नेपाल सुजन...

अमृत रामदामको मौलिक गीत “बासीहालो बिहानै भाले” सावजनिक

अमृत रामदामको मौलिक गीत “बासीहालो बिहानै भाले” सावजनिक

वि.सं.२०८२ मंसिर ११ बिहीवार ०६:२३

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

रमेश बिक्रम रत्नको नयाँ गीत  “टेम्पो ढोलकी” अघी सार्वजनिक

रमेश बिक्रम रत्नको नयाँ गीत  “टेम्पो ढोलकी” अघी सार्वजनिक

वि.सं.२०८२ मंसिर ११ बिहीवार ०६:०७

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

क्रोयसियाको इभान्कोभो स्थित रेलको ठक्करबाट एक नेपालीको मृत्यु

क्रोयसियाको इभान्कोभो स्थित रेलको ठक्करबाट एक नेपालीको मृत्यु

वि.सं.२०८२ मंसिर ११ बिहीवार ०५:३५

भिम ओलि युरोप सम्बाददाता (क्रोयसिया)   क्रोयसियाको इभान्कोभो स्थित रेलको...

अदालतले पुष्टि गरेको नेतृत्वकै मान्यता रहेको उशु महासंघको दावी

अदालतले पुष्टि गरेको नेतृत्वकै मान्यता रहेको उशु महासंघको दावी

वि.सं.२०८२ मंसिर ११ बिहीवार ०५:२४

काठमाडौं, २०८२ मंसिर ९ – नेपाल उशु महासंघले पछिल्ला दिनहरूमा उशु...