अमेरिकाबासी गायक भिम चापागाईको “मायाको हाँसो” ले चर्चा कमाउन सफल (भिडियो सहित)
वि.सं.२०८२ जेठ ७ बुधवार ०९:३९
काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा अमेरिका बसोबास गर्दै आएका शास्त्रिय, लोक तथा आधुनिक गायक भिम चापागाईको नयाँ गीत “मायाको हाँसो” केही साता अघी सार्वजनिक भएको थियो।
यस गीतले छोटो समयमा नै अत्याधिक चर्चा कमाउन सफल भएको छ। चापागाईका खेतै भरी आलु, पर्वते कान्छो, अरे हो काईली, चट्ट बसम देउरालीमा लगायत गीतहरु चर्चामा रहेका छन्। उनले महानायक राजेश हमाल, महानायिका करिश्मा मानन्धर, उषा उप्रेती, बिना राउत, शान्ती श्री परियार लगायत धेरै कलाकारहरु सँग सहकार्य गरिसकेका छन्।
यस गीतमा भिम चापागाईको स्वर रहेको छ भने लोकप्रिय गीतकार नेत्र अर्यालको शब्द, चर्चित संगीतकार एबं एरेञ्जर लक्षु प्रकाश मल्लको संगीत तथा एरेञ्ज रहेको छ। यस गीतको भिडियोमा अशोक बिकको निर्देशन रहेको छ भने नवराज उप्रेतीको छायांकन, मिलन बिश्वकर्माको सम्पादन रहेको छ।
उक्त गीतको भिडियोमा चर्चित नायक पुष्पा खड्का र आयुषा क्षत्रीको अभिनय रहेको छ। यस गीतलाई भिम चापागाईको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।
वि.सं.२०८२ जेठ ७ बुधवार ०९:३९














