नरेश खातीको राजामा नायक पलसंगै बालकलाकार प्रीन्स बम पनि (भिडियो सहित)

काठमाडौं । गायक एवं मोडल नरेश खातीले नयाँ सिर्जना बजारमा ल्याएका छन् । दर्शकको मन मुटुमा बस्न सफल सर्जक खातीले आफ्नै युट्युव च्यानल मेक्सम नरेश अफिसियल ( Meksam Naresh Official ) बाट “राजा” बोलको गीत सार्वजनिक गरेका हुन् । ‘

मेरो आफ्नै शान छ, मेरो आफ्नै मान छ, जसले आफ्नो ठान्छ मलाई, यो ज्यान उतै जान्छ’ बोलको लोकगीतमा नेपालका चर्चित नायक एवं मोडल पल शाहले अभिनय गरेका छन् । साथै गरिमा शर्माले पनि गीतमा अभिनय गरेकी छन् । काठमाडौंमै छायांकन गरिएको गीतमा बालकलाकारहरुको पनि सहभागीता रहेको छ ।

बालकलाकारमा प्रिन्स बम, शान अधिकारी, हिमांशु शाही र देश्मा देवकोटाले अभिनय गरेका छन् । गीतमा नरेश खाती र एलिना चौहानको स्वर रहेको छ । विक्रम चौहानले निर्देशन गरेको म्यूजिक भिडियोमा अन्य धेरै कलाकारहरुको सहभागिता रहेको छ । गीतले नेपालको मौलिकतालाई नै झल्काएको छ । व्यक्तिमा हुने शान, मान र घमण्डलाई नियन्त्रणमा नराख्दा अर्कोले पनि त्यस्तै व्यवहार गर्छ भन्ने विषयलाई उतार्न खोजिएको छ ।

चराचर जगतमा सबैको आआफ्नो अस्तित्व हुन्छ कसैलाई पनि कम आँक्ने र व्यहोरा देखाउने कार्य हानिकारक हुने विषयलाई गीतले उजागर गर्न खोजेको छ । सानालाई माया र ठूलालाई सम्मान गर्ने समाजको रित भएकोले सबैले त्यो बाटो अंगाल्नुपर्ने गायक खाती बताउँछन् । पछिल्लो समय दर्शकहरु झुम्नका लागि यो गीतले भूमिका खेल्ने उनको दाबी छ ।

यता, नेपाली चलचित्रका नायक शाहसँग बालकलाकार प्रिन्स बमले पनि म्यूजिक भिडियोमा प्रवेश गरेका छन् । डोटीको बोगटान फुड्सिल गाउँपालिका घर भई हाल काठमाडौं बस्दै आएका बमले पहिलो म्यूजिक भिडियोका रुपमा ‘कि मलाई जोवन देउ, कि सीधै नो भन्देऊ’ नामक लोक गीतमा अभिनयका लागि अवसर पाएका हुन् ।

उमेरले ११ वर्ष पूरा गरेका प्रिन्स सानै छँदादेखि नृत्यमा रुची राख्दै आएका थिए । नायक पलसँगको घुलमिल र आत्मियताका कारण उनलाई थप सहज हुँदै गएको छ । पहिलो लोकगीत ‘कि मलाई जोवन देउ, कि सीधै नो भन्देऊ’ मा उत्कृष्ट अभिनय गरेका प्रिन्सले आफूलाई अब्बल बनाउँदै लगेका छन् । उनको “राजा” दोस्रो म्यूजिक भिडियो हो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

वि.सं.२०८३ भदौ १० बुधवार ०९:५५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

वि.सं.२०८३ भदौ ९ मंगलवार १२:२६

काठमाडौँ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा एकै मञ्चमा १४...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...