तीज गीत “किन्दिने हो कल्ले” सार्वजनिक

काठमाडौं । नेपालीहरुको मौलिक चाड तिज नजिकिँदै गर्दा बजारमा नयाँ नयाँ गीतहरु आउनेक्रम जारी छ । संगीतकर्मीहरु तीज गीतलाई बजारमा ल्याउनमा आतुर देखिन्छन् ।

 

तीजको मौलिकतासँगै सन्देशमूलक गीतहरु ल्याउनु आफैंमा चुनौतिमय देखिन्छ । भड्किलो गीतहरु बजारमा ल्याएर चर्चा कमाउने एकातिर छन् भने अर्कोतिर समाजलाई भड्किलो बनाउन हुँदैन भनेर सन्देशमूलक सिर्जना पनि ल्याउने गरेका छन् ।

 

यसैक्रममा गायिकात्रय नम्रता तामाङ, नीलम रोका कार्की र बबी नेम्वाङ लिम्बूको स्वरमा रहेको गीत ‘किन्दिने हो कल्ले ?’ सार्वजनिक भएसँगै चर्चामा पनि रहेको छ ।

 

पछिल्लो समयको सामाजिक परिवेशलाई लिएर निर्माण गरिएको यो गीतले भड्किलो तीजलाई एउटा सन्देश पनि दिएको छ । पारिवारिक स्थिति र भड्किलो समाज अनुसार फरक रुपमा गीतलाई प्रस्तुत गरिएको छ । गीतकार डीपी खनालको शब्द सिर्जना रहेको गीत ‘किन्दिने हो कल्ले ?’ मा दीपक शर्माको संगीत सिर्जना रहेको छ ।

 

गीतको संगीत संयोजना पुरुषोत्तम सुवेदीको रहेको छ भने किशोर थापाको मिक्सिङ मास्टरिङ रहेको छ । छिमेकी, साथीसंगीको देखेर साडी लगाउने रहर, सुनको हार लगाउने रहर र झुम्का लगाउने रहर जागेको एउटा नारीको कथालाई गीतमा सरल तरिकाले प्रस्तुत गरिएको छ ।

 

‘किन्दिने हो कल्ले ?’ गीतको भिडियोमा नायिकात्रय कुन्जना घिमिरे ‘सुन्तली’, सनिशा बजगाईं र जुना सुन्दासको अभिनय रहेको छ । उनीहरुलाई सुरेन्द्र बसेल, निशान्त परियार र सुनिल बन्जाडेले अभिनयमा साथ दिएका छन् ।

 

गम्भिर विष्टको कोरियोग्राफी एवं निर्देशन रहेको भिडियोलाई नवराज उप्रेतीले छायाँकन गरेका हुने भने प्रविन भट्टले सम्पादन गरेका छन् । भिडियो ओएसआर डिजिटल यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लोकप्रिय गीतकार, संगीतकार कस्तुप पन्तको “मनमा पिर भएनी नाँचिन्छ” गीतको भिडियो सार्वजनिक

लोकप्रिय गीतकार, संगीतकार कस्तुप पन्तको “मनमा पिर भएनी नाँचिन्छ” गीतको भिडियो सार्वजनिक

वि.सं.२०८३ असोज २० मंगलवार ११:१४

काठमाडौँ। नेपाली सांगीतिक क्षेत्रका सुप्रसिद्ध गीतकार तथा सङ्गीतकार रुपमा स्थापित...

“परिवर्तन नेपाल पत्रकारिता सम्मान” द्धारा रंग पत्रकार सबिता पोखरेल सम्मानित

“परिवर्तन नेपाल पत्रकारिता सम्मान” द्धारा रंग पत्रकार सबिता पोखरेल सम्मानित

वि.सं.२०८३ असोज २० मंगलवार ०८:३०

काठमाडौं। कला, संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका क्षेत्रमा लामो समयदेखि सक्रिय...

तनहुँ क्षेत्र नम्बर १ बाट लोकप्रिय लोक तथा दोहोरी गायक राजु ढकाल श्रमिक तर्फ महाधिवेशन प्रतिनिधिमा भारी मत सहित विजयी

तनहुँ क्षेत्र नम्बर १ बाट लोकप्रिय लोक तथा दोहोरी गायक राजु ढकाल श्रमिक तर्फ महाधिवेशन प्रतिनिधिमा भारी मत सहित विजयी

वि.सं.२०८३ असोज १८ आइतवार १३:०३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत तनहुँ क्षेत्र नम्बर...

प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा

प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा

वि.सं.२०८३ असोज १८ आइतवार १२:५५

काठमाडौं । चर्चित गायिका तथा राष्ट्रिय लोक तथा दोहोरी गीत...

बहुप्रतिभाका धनी कृष्ण रेउले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि सल्यान जिल्लाबाट श्रमिकतर्फ महाधिवेशन प्रतिनिधिमा विजयी

बहुप्रतिभाका धनी कृष्ण रेउले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि सल्यान जिल्लाबाट श्रमिकतर्फ महाधिवेशन प्रतिनिधिमा विजयी

वि.सं.२०८३ असोज १८ आइतवार १२:४८

काठमाडौं। बहुप्रतिभा धनी कृष्ण रेउले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि...

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं. १ बाट चर्चित गायक एबं समाजसेबी दीपक खड्का नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं. १ बाट चर्चित गायक एबं समाजसेबी दीपक खड्का नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित

वि.सं.२०८३ असोज १८ आइतवार ०९:५२

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि नवलपरासी (बर्दघाट सुस्ता...