तीज गीत “किन्दिने हो कल्ले” सार्वजनिक

काठमाडौं । नेपालीहरुको मौलिक चाड तिज नजिकिँदै गर्दा बजारमा नयाँ नयाँ गीतहरु आउनेक्रम जारी छ । संगीतकर्मीहरु तीज गीतलाई बजारमा ल्याउनमा आतुर देखिन्छन् ।

तीजको मौलिकतासँगै सन्देशमूलक गीतहरु ल्याउनु आफैंमा चुनौतिमय देखिन्छ । भड्किलो गीतहरु बजारमा ल्याएर चर्चा कमाउने एकातिर छन् भने अर्कोतिर समाजलाई भड्किलो बनाउन हुँदैन भनेर सन्देशमूलक सिर्जना पनि ल्याउने गरेका छन् ।

यसैक्रममा गायिकात्रय नम्रता तामाङ, नीलम रोका कार्की र बबी नेम्वाङ लिम्बूको स्वरमा रहेको गीत ‘किन्दिने हो कल्ले ?’ सार्वजनिक भएसँगै चर्चामा पनि रहेको छ ।

पछिल्लो समयको सामाजिक परिवेशलाई लिएर निर्माण गरिएको यो गीतले भड्किलो तीजलाई एउटा सन्देश पनि दिएको छ । पारिवारिक स्थिति र भड्किलो समाज अनुसार फरक रुपमा गीतलाई प्रस्तुत गरिएको छ । गीतकार डीपी खनालको शब्द सिर्जना रहेको गीत ‘किन्दिने हो कल्ले ?’ मा दीपक शर्माको संगीत सिर्जना रहेको छ ।

गीतको संगीत संयोजना पुरुषोत्तम सुवेदीको रहेको छ भने किशोर थापाको मिक्सिङ मास्टरिङ रहेको छ । छिमेकी, साथीसंगीको देखेर साडी लगाउने रहर, सुनको हार लगाउने रहर र झुम्का लगाउने रहर जागेको एउटा नारीको कथालाई गीतमा सरल तरिकाले प्रस्तुत गरिएको छ ।

‘किन्दिने हो कल्ले ?’ गीतको भिडियोमा नायिकात्रय कुन्जना घिमिरे ‘सुन्तली’, सनिशा बजगाईं र जुना सुन्दासको अभिनय रहेको छ । उनीहरुलाई सुरेन्द्र बसेल, निशान्त परियार र सुनिल बन्जाडेले अभिनयमा साथ दिएका छन् ।

गम्भिर विष्टको कोरियोग्राफी एवं निर्देशन रहेको भिडियोलाई नवराज उप्रेतीले छायाँकन गरेका हुने भने प्रविन भट्टले सम्पादन गरेका छन् । भिडियो ओएसआर डिजिटल यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

वि.सं.२०८३ भदौ १० बुधवार ०९:५५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

वि.सं.२०८३ भदौ ९ मंगलवार १२:२६

काठमाडौँ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा एकै मञ्चमा १४...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...