हरी भक्त बुढाथोकीको नयाँ गीत “जोवन नै ढल्की गएसी” सार्वजनिक
वि.सं.२०८२ असोज १० शुक्रवार ०८:५८
काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा हरी भक्त बुढाथोकीको नयाँ गीत “जोवन नै ढल्की गएसी” सार्वजनिक भएको छ।
यस गीतमा टेक बिसी र मेलिना राईको स्वर रहेको छ भने हरी भक्त बुढाथोकीको शब्द, भिम बिजीको संगीत रहेको छ। यस गीतको भिडियोमा शान थापाको निर्देशन, बिशाल कैनीको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, बिबेक सुनारको सम्पादन, मिलन बिश्वकर्माको रंग संयोजन रहेको छ।
उक्त गीतको भिडियोमा शलोन बस्नेत, टेक बिसी, बिनिता ओली आदीको अभिनय रहेको छ। यस गीतलाई हरी भक्त बसढाथोकीको युटुबच्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।
वि.सं.२०८२ असोज १० शुक्रवार ०८:५८















