आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक
वि.सं.२०८३ साउन २३ शनिवार १२:०७
काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा तीज गीतहरु आउनेक्रम जारी छ। हरितालिका तीजलाई मध्यनजर गर्दै थम्मन परियार र चर्चित मोडल एबं कलाकार आशा बिश्वकर्माको मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक भएको छ।
मै प्यारी छोरी गीतमा बाबा, आमा, दाई, दिदी सबैको प्यारी भएर मायाले फुर्किएकी अनी मायाले फुर्किएपनि संस्कारी छोरी रहेकी र परिवार कसैको पनि शिर झुक्न नदिने असल छोरीको कथालाई समेटिएको छ। सबैको मायाले फुर्किएपनि आफ्नो संस्कार भुल्न हुँदैन, परिवारको शिर झुक्न दिनु हुँदैन, नारी असल हुनुपर्छ र हिम्मतीलो पनि हुर्नपर्छ भन्ने कुरालाई भिडियोमा समेट्ने प्रयास गरिएको छ। यस कुराले समाजमा सकारात्मक सन्देश जान सक्ने अनुमान गरिएको छ।
“मै प्यारी छोरी” गीतमा गंगा सोनामको स्वर रहेको छ भने थम्मान परियारको शब्द, संगीत रहेको छ। गीतको भिडियोमा राजेन्द्र परियारको कथा तथा निर्देशन रहेको छ भने भरुण तामाङको कोरियोग्राफी, बिशाल परियारको छायांकन, अनिल बिष्ट प्युठानीको सम्पादन रहेको छ।
उक्त गीतको भिडियोमा आशा बिश्वकर्मा, बल बहादुर घतानी, रिगन घतानी, रती कार्की आदीको अभिनय रहेको छ भने बाल कलाकार तर्फ रोशुका महराको अभिनय रहेको छ। यस गीतलाई आशा बिश्वकमर्काको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो हेर्न तलको लिंक किलक गर्नुहोला।
वि.सं.२०८३ साउन २३ शनिवार १२:०७















