अमेरिकामा अग्रस्थानमा रहेको संस्था “हरिसबर्ग गोर्खाज भलिबल टिम” द्धारा शंकर बिसीको संयोजकत्वमा प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा २ लाख ९९ हजार ५०० रुपैयाँ आर्थिक सहयोग प्रदान
वि.सं.२०८३ भदौ २२ सोमवार ११:१७
काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको बाढीले धनजनको क्षती हुनुका साथै मानबिय क्षती पनि भायो। कतिपयले ज्यान गुमााए त कति अझै बेपत्ता भएका छन्। जिवित ब्यक्तिहरु बाढीबाट प्रभाबित भएका छन्। बाढीबाट प्रभाबितहरुको लागी नेपाल सरकार तथा प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा देश तथा बिदेशबाट आर्थिक सहयोग संगै राहतहरु प्रदान पनि भएको छ।
सोही कुरालाई मध्य नजर गर्दै बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै अमेरिकामा अग्रस्थानमा रहेको संस्था “हरिसबर्ग गोर्खाज भलिबल टिम” ले प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा २ लाख ९९ हजार ५०० रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। लोकप्रिय मोडल तथा निर्देशक, खेलाडी शंकर बिसीको संयोजकत्वमा प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा सो रकम प्रदान गरिएको हो। बिपदको समयमा बाढीबाट प्रभाबितहरुलाई केही मात्र भएपनि मलम लगाउनका लागी प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको कुरा शंकर बिसीले बताएका छन्। बिपदमा परेका नेपालीहरुलाई सबैले आफ्नो तर्फबाट सक्दो सहयोग गरिदिन पनि शंकर बिसीले अनुरोध गरेका छन्।
“हरिसबर्ग गोर्खाज भलिबल टिम अमेरिका” ले अमेरिकाका हरेक प्रतियोगिता र कार्यक्रमहरुमा सहभागिता जनाउनुका साथै प्रथम, द्धितिय स्थान हासिल गर्ने गर्दछ। यस संस्थाले सामाजिक, साँस्कतिक क्रियाकलापहरु गर्नुका साथै दुख पीडामा परेका नेपालीलाई उद्धार गर्ने, राहत प्रदान गर्ने गर्दछ।
प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्नेहरु शंकर बिसी, जितेन्द्र बिश्वकर्मा, श्री पुन, सोम तिम्सिना, राज राई, विष्णु थपलिया, दधी सुवेदी, मनोज क्षेत्री, मनोज दर्लाम, विकास रिजाल, पूजन थापा, भवानी महत, सागर विश्वकर्मा, रामु धिमाल, कमल पौडेल, यम लाल विश्वकर्मा, मित्र धिमाल, केशर गुरागाईं, तुलसी, बाला ढुङ्गाना, सुरज गुरुङ, विनोद रिजाल, कृष्ण दाहाल, केशर गुरागाई आदि रहेका छन्।
वि.सं.२०८३ भदौ २२ सोमवार ११:१७















