विना तामझाम सर्वेन्द्र खनाल मैदानमा, जीत नजिक

काठमाडौं । धेरैलाई लाग्न सक्छ, सरकारको महत्वपुर्ण अंगको प्रमुख भएको व्यक्तिको चालचलन भव्य हुन्छ । तर, यो अनुमान सबैसंग मेल खाँदैन । यस्तै उदाहरण बनेका छन्, नेपाल प्रहरीका पुर्व प्रमुख सर्वेन्द्र खनाल । तनहुँ निर्वाचन क्षेत्र नं १ मा चुनावमा होमिएका खनाल सरल ढंगले मतदातासंग भोट मागिरहेका छन् । उनका अघिपछि न ठुलो लावालस्कर छ, न भीडभाड । न त उनले कुनै भोजभतेर गरेका छन् ।

 

एक–दुईजना सहयोगीका साथमा मतदाताका घरघर पुगेर ‘भोट मलाई है हजुर’ भनिरहेका छन् । खनालले भोट मागिरहेका देखेका बन्दिपुरका एक पसलमा चर्चा चल्दै थियो, ‘बाहिर हल्ला गरे जस्तो यी उम्मेदवार त बिलासी रहेनछन्, हेर्दै सामान्य किसानका छोरा जस्ता । कुनै उत्ताउलोपन नदेखाई भोट मागिरहेका ।’ एमालेबाट उम्मेदवार बनेका खनालको यहि साधारण शैलीले अहिले तनहुँका मतदाताको मन जितिरहेको छ । मतदाताको बीचमा उनको सालिनता र सरलपनको चर्चाले यहाँका स्थानीयको मन खिचिरहेको छ ।

 

अन्य उम्मेदवारको तडकभडक देख्दा साउथ इण्डियन चलचित्रको नाटकीयपन झल्को दिने गरेकोमा खनालको नेपालीपनको चुनावी प्रचार शैली अहिले यहाँ उदाहरणीय बनेको छ । नेपाल प्रहरीमा रहँदा बेथिति सुधारदेखि गुण्डा नियन्त्रणमा सफलता प्राप्त गरेका खनाल बाँकी जीवन जनताको सेवामा खर्चने प्रण गरेर राजनीतिमा होमिएका हुन् । गत मंसिर ४ को चुनावमा काठमाडौंबाट उठेका सर्वेन्द्र खनाल तनहुँको क्षेत्र नं १ मा बढी उत्साहित भएको बताउँछन् । उनि भन्छन्,‘म जनताको लागि काम गर्न आएको मान्छे, अनावश्यक आश्वासन दिन्न, सक्ने काम गर्ने बाचा गरेको छु, बाचा गरेको काम पुरा गरेरै छोडछु ।’

 

उनि सामु मतदाताले लघुवित्तको पीडादेखि गाउँमा उत्पादित सामग्रीले बजार नपाएकोसम्म गुनासो सुनाएका छन् । मिटरब्याजहोस वा लघुवित्तका नाममा होस, यी सबै ठगका धन्दाहरु बन्द हुनुपर्छ भन्ने मेरो अठोट हो, खनालले भने । आँफु चुनाव जितेर संसदमा गएमा जनताको गरिबी हटाउन रोजगारदेखि उत्पादनसम्मका कामहरुलाई सरकार समक्ष आवाज उठाउने उनले सुनाए । खनाल नेपाल प्रहरीका कुशल प्रमुख बनेर काम गरिसकेका छन् ।

 

सरकारी सेवामा बसेर गर्न नपाएका कयौं जनताका काम राजनीति मार्फत गर्न चुनावमा होमिएकोले सबैलाई भोट दिन खनालले आग्रह गरेका छन् । म झुट बोलेर कसैलाई झुक्कयाउन चाहन्न, जे बोलेको छु, त्यो पुरा गरेरै छोड्छु, यसपाली त्यो अवसर मलाई दिनुहोला, खनालले भने । देशभित्र जकडिएको कुशासन मात्र होइन, राजनीतिको फोहोर सफा गर्ने लक्ष्य लिएको छु, खनालले मतदातासंग भनेका छन् ।

 

गृहजिल्लाबाट चुनाव लडेका खनाललाई एमालेले उम्मेदवार बनाएको हो । सूर्य चिन्हका उम्मेदवार सर्वेन्द खनाललाई चुनाव जिताउन सबै मतदातासंग एमाले अध्यक्ष केपी ओलीले आग्रह गरेका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...