विना तामझाम सर्वेन्द्र खनाल मैदानमा, जीत नजिक

काठमाडौं । धेरैलाई लाग्न सक्छ, सरकारको महत्वपुर्ण अंगको प्रमुख भएको व्यक्तिको चालचलन भव्य हुन्छ । तर, यो अनुमान सबैसंग मेल खाँदैन । यस्तै उदाहरण बनेका छन्, नेपाल प्रहरीका पुर्व प्रमुख सर्वेन्द्र खनाल । तनहुँ निर्वाचन क्षेत्र नं १ मा चुनावमा होमिएका खनाल सरल ढंगले मतदातासंग भोट मागिरहेका छन् । उनका अघिपछि न ठुलो लावालस्कर छ, न भीडभाड । न त उनले कुनै भोजभतेर गरेका छन् ।

 

एक–दुईजना सहयोगीका साथमा मतदाताका घरघर पुगेर ‘भोट मलाई है हजुर’ भनिरहेका छन् । खनालले भोट मागिरहेका देखेका बन्दिपुरका एक पसलमा चर्चा चल्दै थियो, ‘बाहिर हल्ला गरे जस्तो यी उम्मेदवार त बिलासी रहेनछन्, हेर्दै सामान्य किसानका छोरा जस्ता । कुनै उत्ताउलोपन नदेखाई भोट मागिरहेका ।’ एमालेबाट उम्मेदवार बनेका खनालको यहि साधारण शैलीले अहिले तनहुँका मतदाताको मन जितिरहेको छ । मतदाताको बीचमा उनको सालिनता र सरलपनको चर्चाले यहाँका स्थानीयको मन खिचिरहेको छ ।

 

अन्य उम्मेदवारको तडकभडक देख्दा साउथ इण्डियन चलचित्रको नाटकीयपन झल्को दिने गरेकोमा खनालको नेपालीपनको चुनावी प्रचार शैली अहिले यहाँ उदाहरणीय बनेको छ । नेपाल प्रहरीमा रहँदा बेथिति सुधारदेखि गुण्डा नियन्त्रणमा सफलता प्राप्त गरेका खनाल बाँकी जीवन जनताको सेवामा खर्चने प्रण गरेर राजनीतिमा होमिएका हुन् । गत मंसिर ४ को चुनावमा काठमाडौंबाट उठेका सर्वेन्द्र खनाल तनहुँको क्षेत्र नं १ मा बढी उत्साहित भएको बताउँछन् । उनि भन्छन्,‘म जनताको लागि काम गर्न आएको मान्छे, अनावश्यक आश्वासन दिन्न, सक्ने काम गर्ने बाचा गरेको छु, बाचा गरेको काम पुरा गरेरै छोडछु ।’

 

उनि सामु मतदाताले लघुवित्तको पीडादेखि गाउँमा उत्पादित सामग्रीले बजार नपाएकोसम्म गुनासो सुनाएका छन् । मिटरब्याजहोस वा लघुवित्तका नाममा होस, यी सबै ठगका धन्दाहरु बन्द हुनुपर्छ भन्ने मेरो अठोट हो, खनालले भने । आँफु चुनाव जितेर संसदमा गएमा जनताको गरिबी हटाउन रोजगारदेखि उत्पादनसम्मका कामहरुलाई सरकार समक्ष आवाज उठाउने उनले सुनाए । खनाल नेपाल प्रहरीका कुशल प्रमुख बनेर काम गरिसकेका छन् ।

 

सरकारी सेवामा बसेर गर्न नपाएका कयौं जनताका काम राजनीति मार्फत गर्न चुनावमा होमिएकोले सबैलाई भोट दिन खनालले आग्रह गरेका छन् । म झुट बोलेर कसैलाई झुक्कयाउन चाहन्न, जे बोलेको छु, त्यो पुरा गरेरै छोड्छु, यसपाली त्यो अवसर मलाई दिनुहोला, खनालले भने । देशभित्र जकडिएको कुशासन मात्र होइन, राजनीतिको फोहोर सफा गर्ने लक्ष्य लिएको छु, खनालले मतदातासंग भनेका छन् ।

 

गृहजिल्लाबाट चुनाव लडेका खनाललाई एमालेले उम्मेदवार बनाएको हो । सूर्य चिन्हका उम्मेदवार सर्वेन्द खनाललाई चुनाव जिताउन सबै मतदातासंग एमाले अध्यक्ष केपी ओलीले आग्रह गरेका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

कर्णाली प्रदेश समाज, जापान (कान्साई क्षेत्रीय समिति) को तेस्रो अधिवेशन हुँदै

कर्णाली प्रदेश समाज, जापान (कान्साई क्षेत्रीय समिति) को तेस्रो अधिवेशन हुँदै

वि.सं.२०८२ जेठ २६ सोमवार १२:४३

ओसाका, जापानमा रहनुहुने कर्णाली प्रदेशका सम्पुर्ण नेपालीहरू बीच आपसी एकता,...

“१२औं म्यूजिक खबर म्यूजिक अवार्ड – २०८१” भव्य रुपमा सम्पन्न

“१२औं म्यूजिक खबर म्यूजिक अवार्ड – २०८१” भव्य रुपमा सम्पन्न

वि.सं.२०८२ जेठ २५ आइतवार ११:५३

काठमाडौं । "१२औं म्यूजिक खबर म्यूजिक अवार्ड - २०८१" भव्य...

देबी घर्ती र ध्रुब जिसीको स्वरमा नयाँ गीत “बेनी बजार” सार्वजनिक

देबी घर्ती र ध्रुब जिसीको स्वरमा नयाँ गीत “बेनी बजार” सार्वजनिक

वि.सं.२०८२ जेठ २४ शनिवार ०४:०९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

शंकर बिसीको नयाँ मर्मस्पर्शी गीत “एउता नाता” सार्वजनिक

शंकर बिसीको नयाँ मर्मस्पर्शी गीत “एउता नाता” सार्वजनिक

वि.सं.२०८२ जेठ २२ बिहीवार ०७:०६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

काठमाडौं महानगरपालिकाका प्रहरी बलका प्रमुख राजु पाण्डेलाई निलम्बन

काठमाडौं महानगरपालिकाका प्रहरी बलका प्रमुख राजु पाण्डेलाई निलम्बन

वि.सं.२०८२ जेठ २० मंगलवार १३:३८

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रहरी बलका प्रमुख राजु पाण्डेलाई निलम्बन...

पर्यटन ब्यसायलाई प्रबद्र्धन गर्ने उदेश्यका साथ नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु

पर्यटन ब्यसायलाई प्रबद्र्धन गर्ने उदेश्यका साथ नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु

वि.सं.२०८२ जेठ १९ सोमवार १४:२६

काठमाडौँ । पर्यटन ब्यसायलाई प्रबद्र्धन गर्ने उदेश्यका साथ नेपालमा नै...