लोकप्रिय गायिका सुनितामी परियारको नयाँ लोक दोहोरी गित “जुनेली रातैमा” सार्वजनिक
वि.सं.२०७९ असार २१ मंगलवार १२:३२
सांगीतिक क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । सोहि क्रममा लोकप्रिय गायिका सुनितामी परियारको नयाँ लोक दोहोरी गित “जुनेली रातैमा” सार्वजनिक भएको छ ।
लोकप्रिय गायिका सुनितामी परियार र गायक ईश्वर सुनारको स्वर रहेको उक्त गीतमा सर्जक शरद पाण्डेको रहेको शब्द, संगीत रहेको छ । यस्तै संगीत संयोजन सुनिल परियारले गरेका छन् भने ध्वनि मुद्रण श्यामश्वेत रसाइलीले गरेका छन्।
मौसम हिमालीको उत्कृष्ट निर्देशन एवम् नवराज उप्रेतीको छांयाकनमा तयार भएको गितको म्युजिक भिडियोमा चर्चित मोडल तथा डान्सर करिश्मा ढकाल, विजय पुन लगायत अन्य थुप्रै कलाकारहरुको अभिनय रहको छ ।
यस गितको म्युजिक भिडियोलाई प्रबिन भट्टले सम्पादन एवम् रंग संयोजन गरेका छन् भने भिडियोको सह-सम्पादन अधिनायक मान शेरचनले गरेका छन् ।
बिपि फिल्मस नेपालले दृश्य सम्पादन गरि तयार पारिएको उक्त गितको म्युजिक भिडियो sunitami pariyar को अफिसियल युटुव च्यानलबाट बजारमा सार्वजनिक भएको छ ।
सोही गीतको भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुहोला ।
वि.सं.२०७९ असार २१ मंगलवार १२:३२