“राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगिता र स्रष्टा सम्मान एवम् इन्द्रेणी कार्यक्रम” भब्य रुपले सम्पन्न, को को भए त बिजेता ?

कास्की /पोखरा

लोक स्रष्टा, साधक तथा शिल्पी कल्याण शेरचनको ७६ औं जन्मजयन्तीको अवसरमा आयोजित “राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगिता र स्रष्टा सम्मान एवम् इन्द्रेणी कार्यक्रम” पोखरा स्थित सभागृहमा साउन १६ गतेका दिन भब्य रुपले सम्पन्न भएको छ ।

यहि साउन १२ गते देखि सुरु भएको सो प्रतियोगिता साउन १६ गते सम्पन्न भएको हो । साउन १४ गते सम्पन्न गर्ने भनेको यस प्रतियोगितामा प्रतियोगीहरु धेरै भएर समयको अभाव भएर २ दिन म्याद थप गरिएको थियो । प्रतियोगितामा विभिन्न जिल्ला र समूहबाट गरी ४८ समुहको सहभागीता रहेको थियो ।

“लोक संस्कृति जोगाऔ, हाम्रो चिनारी बचाऔ” भन्ने मुल नारालाई आत्मसाथ गर्दै कल्याण शेरचन स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगितामा सुरुको दिन देखि अन्तिम दिन सम्म दर्शकहरुको उत्साहजनक सहभागिता रहेको थियो । यस प्रतियोगिता लोक स्रष्टा, साधक तथा शिल्पी कल्याण शेरचनको शालिक निर्माण सहयोगार्थ आयोजना गरिएको हो ।

कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपालले आयोजना गरेको सो प्रतियोगितामा गण्डकी प्रज्ञा–प्रतिष्ठान प्रमुख सहकार्यमा रहेको थियो भने पोखरा महानगरपालिका प्रबर्द्धक, पोखरा प्रज्ञा–प्रतिष्ठान, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल केन्द्रिय समिति संगै प्रतिष्ठान मातहतका विभिन्न प्रदेश र जिल्ला शाखाहरु, इन्द्रेणी सांस्कृतिक समाज, काठमाण्डौ र हिमाली साँस्कृतिक परिवार, पोखरा लगायतले सहकार्य गरेका थिए । प्रतियोगिताको अन्तिम दिन कार्यक्रम संयोजक जीवन दाहालले कार्यक्रम सञ्चालन गरेका थिए ।

लोक स्रष्टा, साधक तथा शिल्पी कल्याण शेरचनको शालिक निर्माणका लागि आयोजित यस प्रतियोगितालाई सफल बनाउन आर्थिक / नैतिक / भौतिक रुपमा सहयोग गर्नुहुने महानुभावहरुलाई कल्याण शेरचन स्मृति प्रतिष्ठानका अध्यक्ष पुर्ण बहादुर गुरुङले आभार प्रकट गर्दै कार्यक्रम समापन गरेका थिए । प्रतियोगितामा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का (बिमर्शी) को विशेष उपस्थिति रहेको थियो ।

 

नगरकोट दोहोरी साझ समुहका राजु केसि र डिला बिक प्रथम, दरबार रोधी घर समुहका टेकराज भण्डारी र लक्ष्मी भण्डारी द्वितीय, जुनकिरी रोधी घर समुहका बबिता बानिया जेरि, शंकर क्षेत्री र नेको दोहोरी साझ अस्ट्रेलिया समुहका श्याम राना, तारा थापा तृतीय हुन सफल भएका थिए भने नव प्रतिभा पुरस्कार तर्फ जुनेली दोहोरी साझकी शान्ती कार्की, अनुशासित समुह पुरस्कार तर्फ धौलागिरी दोहोरी साझ, ओशाका समुहका शान्त ओलि र निशान्त बिक, उत्कृष्ट गायिका पुरस्कार तर्फ गण्डकी प्रदेशबाट सीता परियार, उत्कृष्ट गायक पुरस्कार तर्फ गण्डकी प्रदेशका सुमन खड्का, उत्कृष्ट प्रस्तुती तर्फ मिना रायमाझी छ्नोट भएका थिए ।

 

प्रथम पुरस्कार ६ लाख रुपैयाँ, द्वितीय पुरस्कार ४ लाख रुपैयाँ, तृतीय पुरस्कार ३ लाख रुपैयाँ, नव प्रतिभा पुरस्कार १० हजार रुपैयाँ, अनुशासित समूह पुरस्कार ५० हजार रुपैयाँ, उत्कृष्ट गायक पुरस्कार ५० हजार रुपैयाँ, उत्कृष्ट गायिका पुरस्कार ५० हजार रुपैयाँ, उत्कृष्ट प्रस्तुति पुरस्कार ५० हजार रुपैयाँ तोकिएको थियो ।

बिदेश कार्यक्रमका लागि सर्वोत्कृष्ट मध्य एकलाई सिफारिस गरिदिने अवसर पनि आयोजकले प्रदान गर्ने निर्णय भएको छ । तर कस्लाई सिफारिस गर्ने भन्ने कुराको टुंगो लागेको छैन । यसबारे आयोजक र निर्णायक बिच छलफल गरेर बिदेश कार्यक्रम तथा भ्रमणको सिफारिस गरिदिने कुरा आयोजक पक्षले जानकारी गराएको छ ।

 

प्रतियोगितामा कुशल सञ्चारकर्मी राजकुमार रायमाझी र कुशल पत्रकार प्रकाश बराईली “अभिव्यक्ति” ले नेपाली रेडियो नेटवर्क र लोक सिर्जना मार्फत देशभरका एफएम स्टेशनबाट प्रत्यक्ष प्रसारण गरेका थिए ।

सो प्रतियोगितामा निर्णायक संयोजक रमेश बिजि रहेका थिए भने निर्णायकहरुमा अमर बिरही गुरुङ, पुरुषाेत्तम न्यौपाने, बद्री पराजुली, दुर्गा रायमाझी, चन्द्र शर्मा, राधिका हमाल, रिता थापा, सुवास केसि, दिपक खड्का, तारापती सुबेदी, शान्ति गुरुङ, शिब हमाल, पार्वती जिसि लगायत अन्य रहेका थिए ।

 

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

वि.सं.२०८३ साउन ३० शनिवार १०:५७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

वि.सं.२०८३ साउन २६ मंगलवार १३:५२

काठमाडौं । रगोन स्टुडियो प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको चर्चित लोकदोहोरी...

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...