नेकपाको महासचिवमा फेरि नेत्र विक्रम चन्द (विप्लव) चयन

काठमाडौं, नेपाल ।

नेकपाको महासचिवमा फेरि नेत्र विक्रम चन्द (विप्लव) चयन भएका छन् । कपिलवस्तुमा भएको नेकपाको नवौँ महाधिवेशनबाट विप्लवलाई महासचिवमा चयन गरिएको सो पार्टी निकट पत्रकार प्रकाश डुम्रेले जानकारी दिए ।

यस्तै महाधिवेशनबाट ८१ जनाको केन्द्रीय समिति, ४५ सदस्यीय वैकल्पिक केन्द्रीय समिति र १३२ सदस्यीय केन्द्रीय प्रतिनिधि समितिमा निर्वाचित गरिएको छ ।

असोज २५ गतेदेखि चलेको महाधिवेशन विप्लवद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव पनि सर्वसम्मत पारित भएको छ । विप्लवले राजनीतिक प्रतिवेदन, विधान, नीति तथा कार्यक्रम र जातीय मुक्तिसम्बन्धी प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिएका थिए । प्रतिनिधिहरूले राखेको चासो, जिज्ञासा र प्रश्नहरूको जवाफ दिँदै विप्लवले पुँजीवादी विश्व असफल भएकोले समाजवादी क्रान्ति हुने कुरामा विश्वस्त रहन कार्यकर्तालाई अपिल गरे ।

मंगलबार सम्पन्न महाधिवेशनले दलाल संसदीय व्यवस्था नेपालमा पूर्ण रूपमा असफल भएको निष्कर्ष निकाल्दै नेपालमा वैज्ञानिक समाजवाद अनिवार्य भएको र त्यो एकीकृत जनक्रान्तिको कार्यदिशाबाट मात्र पूरा गर्ने निष्कर्षसमेत निकालेको छ ।

 

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

शुभ अधिकारी ट्राभल्सले काठमाडौँ साँखु देखि पोखरा सम्मको सुविधा सम्पन्न बस सेवा सुरु गर्दै

शुभ अधिकारी ट्राभल्सले काठमाडौँ साँखु देखि पोखरा सम्मको सुविधा सम्पन्न बस सेवा सुरु गर्दै

वि.सं.२०८१ माघ १ मंगलवार ०८:२४

काठमाडौं, २९ पुस ।  शुभ अधिकारी ट्राभल्सले काठमाडौँ साँखु देखि...

“आठौँ म्याग्दी महोत्सव एवं प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला” सुरु

“आठौँ म्याग्दी महोत्सव एवं प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला” सुरु

वि.सं.२०८१ पुस २८ आइतवार ०८:३६

म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा आजदेखि "आठौँ म्याग्दी महोत्सव एवं...

सुप्रसिद्ध गायक तथा सङ्गीतकार गोविन्द मधुर आचार्यको नेतृत्वमा रापती समाज काठमाडौंको नयाँ कार्यसमिति चयन

सुप्रसिद्ध गायक तथा सङ्गीतकार गोविन्द मधुर आचार्यको नेतृत्वमा रापती समाज काठमाडौंको नयाँ कार्यसमिति चयन

वि.सं.२०८१ पुस २८ आइतवार ०७:१५

काठमाडौं-रापती समाज काठमाडौंले आफ्नो "१८औं वार्षिक साधारण सभा तथा नवौं...

रमेश श्रेष्ठको शब्द, कल्पना पराजुलीको संगीतमा “यो मन बैरागी” सार्वजनिक

रमेश श्रेष्ठको शब्द, कल्पना पराजुलीको संगीतमा “यो मन बैरागी” सार्वजनिक

वि.सं.२०८१ पुस २८ आइतवार ०६:५४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

मोडल सञ्चिता शाहीको यस्तो अवस्था कसरी आयो ? (भिडियो सहित)

मोडल सञ्चिता शाहीको यस्तो अवस्था कसरी आयो ? (भिडियो सहित)

वि.सं.२०८१ पुस १९ शुक्रवार ०६:५९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

बाल कलाकार सचिन परियारको उपचारको क्रममा निधन

बाल कलाकार सचिन परियारको उपचारको क्रममा निधन

वि.सं.२०८१ पुस १८ बिहीवार ०७:४७

काठमाडौँ । बाल कलाकार सचिन परियारको निधन भएको छ ।...