अमृत रामदामको नयाँ गीत “सुर्कने सुरुक्कै” सार्वजनिक

वि.सं.२०७९ कात्तिक २ बुधवार ०५:२७

काठमाडौं, नेपाल ।
नेपाली सांगीतिक क्षेत्रमा एक पछि अर्को गर्दै नयाँ नयाँ गीतहरु बजारमा आउने क्रम जारी नै छ । सोही क्रममा अमेरिकाबासी गायक अमृत रामदामको नयाँ गीत “सुर्कने सुरुक्कै” सार्वजनिक भएको छ ।
यस गीतमा अमृत रामदाम र सुनिता बुढा क्षत्रीको स्वर रहेको छ । यस गीतमा शब्द, संगीत, एरेञ्ज सागर बिरहीको रहेको छ ।
सुनिल क्षत्रीको निर्देशन तथा कोरियोग्राफी रहेको गीतमा दुर्गा पौडेलको छायांकन, अमृत चापागाईको सम्पादन रहेको छ ।
उक्त गीतको भिडियोमा सुनिल क्षत्री र अञ्जली अधिकारीको अभिनय रहेको छ । यस गीतलाई अमत रामदामको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

वि.सं.२०७९ कात्तिक २ बुधवार ०५:२७