परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेश पत्रका आधारमा कोरोना विरुद्धको खोप दिने निर्णय

सरकारले परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेश पत्रका आधारमा कोरोना विरुद्धको खोप दिने निर्णय गरेको छ । संयुक्त विद्यार्थी संगठनले कोरोना महामारीका बेला परीक्षार्थीलाई अनिवार्य रुपमा खोपको व्यवस्थापन गर्न दवाव दिँदै आएको बेला सरकारले यस्तो निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रवेशपत्रका आधारमा परीक्षार्थीलाई खोप दिने निर्णय गरेको खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए । अब विद्यार्थीले प्रवेशपत्रका आधारमा काठमाडौं जिल्लाका विभिन्न स्थानबाट कोरोनाविरुद्धको खोप पाउने भएका छन् ।

वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल पानीपोखरी, शसस्त्र प्रहरी अस्पताल बलम्बु र राधास्वामी आइसोलेसन खोप केन्द्र बसुन्धराबाट छिट्टै प्रवेश पत्रका आधारमा खोप दिइने भएको हो । सरकारले ५५ देखि ६० हजार विद्यार्थीलाई यसरी खोप लगाउने जनाएको छ । 

परीक्षामा सहभागी विद्यार्थीमा कोरोना संक्रमणको जोखिम बढ्नुका साथै मनोवैज्ञानिक त्रास उत्पन्न भएको भन्दै संयुक्त विद्यार्थी संगठनले सोमबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँग खोपको व्यवस्था गर्न संयुक्त रुपमा विद्यार्थी संगठनले माग गरेका थिए ।


“आठौं संस्थागत मञ्जु दुर्गा स्मृति समन्वय फुटसल कप – २०७८” भब्यताका साथ सम्पन्न

“आठौं संस्थागत मञ्जु दुर्गा स्मृति समन्वय फुटसल कप – २०७८” भब्यताका साथ सम्पन्न

वि.सं.२०७८ मंसिर १० शुक्रवार १४:२८

प्रकाश बराईली "अभिव्यक्ति" काठमाडौं / नेपाल मंसिर १० गतेका दिन...

पुरु शिग्देल र समारिका ढकालको अभिनयमा “ताला चाबीको” सार्वजनिक

पुरु शिग्देल र समारिका ढकालको अभिनयमा “ताला चाबीको” सार्वजनिक

वि.सं.२०७८ मंसिर ६ सोमवार १३:०२

चर्चित कलाकार पुरु शिग्देलको नयाँ सांगीतिक कोसेली "ताला चाबीको" सार्वजनिक...

नेपाली कांग्रेस म्याग्दीको सातौं जिल्ला अधिबेशनबाट खम्बिर गर्बुजाको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

नेपाली कांग्रेस म्याग्दीको सातौं जिल्ला अधिबेशनबाट खम्बिर गर्बुजाको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

वि.सं.२०७८ मंसिर ५ आइतवार ११:५९

नेपाली कांग्रेस म्याग्दीको सातौं जिल्ला अधिबेशनबाट सभापतिमा निर्वाचित खमबहादुर गर्बुजा...

प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा दिनुपर्ने माग सहित बारले एक हप्ते आन्दोलनका कार्यक्रम घोषणा

प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा दिनुपर्ने माग सहित बारले एक हप्ते आन्दोलनका कार्यक्रम घोषणा

वि.सं.२०७८ मंसिर ४ शनिवार ०१:१४

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राखेको वार्ता प्रस्ताव नेपाल बार एशोसिएसनले...

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्ध आन्दोलनमा उत्रिएका वकिल र प्रहरी बीच धक्का मुक्का

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्ध आन्दोलनमा उत्रिएका वकिल र प्रहरी बीच धक्का मुक्का

वि.सं.२०७८ मंसिर ३ शुक्रवार ०७:३२

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्ध आन्दोलनमा उत्रिएका वकिल र प्रहरी...

डाक्टर पेशा सँगै मोड्लिङ्गमा जम्दै जिशु कोईराला

डाक्टर पेशा सँगै मोड्लिङ्गमा जम्दै जिशु कोईराला

वि.सं.२०७८ मंसिर २ बिहीवार ०३:३७

बिरेन्द्र ओली , काठमान्डौ नेपाली गीत संगीत पहिल्लो समयमा अलि...