“११ औं सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता” भव्य रूपमा सम्पन्न

काठमाडौँ, जेठ ५ — नेपाल सितोरियो कराते संघको वार्षिक कार्यक्रमअन्तर्गत, शाखा डोजो नक्सालको २६औं वार्षिकोत्सवको अवसरमा आयोजित “११ औं सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता” भव्य रूपमा सम्पन्न भएको छ। राष्ट्रिय खेलकुद परिषद्को स्वीकृति तथा नेपाल कराते महासंघको तत्वावधानमा सम्पन्न प्रतियोगितामा नेपाल टिम ३५ स्वर्ण पदकसहित पहिलो स्थानमा रह्यो।

 

नेपालका विभिन्न डोजोहरूमध्ये आयोजक नक्साल डोजोले उत्कृष्ट प्रदर्शन गर्दै ६ स्वर्ण र ४ रजत पदक जित्दै च्याम्पियनको उपाधि हात पार्‍यो। प्रतियोगितामा भारतले १४ स्वर्ण, २३ रजत र ४४ कास्य पदक जित्दै दोस्रो स्थान प्राप्त गर्‍यो भने बंगलादेशले १ स्वर्ण, १ रजत र २ कास्यसहित तेस्रो स्थान हासिल गर्‍यो। कतारले १ स्वर्ण पदकसहित चौथो स्थानमा सन्तोष मान्यो। प्रतियोगितामा नुवाकोट कराते टिम ‘उत्कृष्ट अनुशासित टिम’ घोषित भयो भने, न्युटन स्कुलले ‘उत्कृष्ट मार्चपास’ को उपाधि जित्न सफल भयो।

 

विजेता खेलाडीहरूलाई एक विशेष समापन समारोहका बीच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा नेपाल कराते महासंघका महासचिव दावा गुरुङ, प्रतियोगिता संयोजक एवं नक्साल डोजो अध्यक्ष गजेन्द्रबहादुर खपाङ्गी ‘ईश्वर’, कराते महासंघका सल्लाहकार निवास गोपाल वैद्य तथा विदेशी विशिष्ट अतिथिहरू मिर्जा ग्रान्सफर अली वेग, शोके सैयद, रमेश भडाङ्गे, जितेन्द्र यादव, इन्जिनियर राहुल श्रीवास्तव, अमे लस्करी, उमेश नायडु, अजय सैनी, मोहम्मद ओइराङ्गेवाज आदिको उपस्थितिमा पुरस्कार वितरण गरिएको थियो।

 

सबैका निम्ति, समान खेलकुद” भन्ने मूल नाराका साथ सम्पन्न प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र कतारका खेलाडीहरूको सहभागिता रहेको थियो। प्रतियोगिताको उद्घाटन कार्यक्रम नेपाल सरकारका पूर्व अर्थमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले शनिबार विशेष समारोहमार्फत गर्नुभएको थियो।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रियल हिरो पल शाहको हातमा हत्कडी (भिडियो सहित)

रियल हिरो पल शाहको हातमा हत्कडी (भिडियो सहित)

वि.सं.२०८२ कात्तिक ९ आइतवार ०८:१३

भारतमा बैंक लुटेको आरोपमा नायक पल शाहको हातमा हत्कडी लागेको...

गायक मिन प्रकाश ओलीको नयाँ गीत “दिदि भाई” सार्वजनिक

गायक मिन प्रकाश ओलीको नयाँ गीत “दिदि भाई” सार्वजनिक

वि.सं.२०८२ कात्तिक १ शनिवार १२:१५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

भिम गुरुङको नयाँ गीत “चुम्बक झै जोड” सार्वजनिक

भिम गुरुङको नयाँ गीत “चुम्बक झै जोड” सार्वजनिक

वि.सं.२०८२ कात्तिक १ शनिवार ११:५७

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

सह–सयोजक अर्जुन शाही र प्रवक्ता टंक धामीको नेतृत्वमा बार्ता टोली गठन हुँदै

सह–सयोजक अर्जुन शाही र प्रवक्ता टंक धामीको नेतृत्वमा बार्ता टोली गठन हुँदै

वि.सं.२०८२ असोज २५ शनिवार १०:५५

काठमाडौं । नेपालको भू–अधिकार र राष्ट्रिय स्वाभिमानलाई कूटनीतिक मार्गबाट स्थापित...

लोकप्रिय गायिका निशा सुनारको लोक दोहोरी गीत “फुल झै जोबन” सार्वजनिक

लोकप्रिय गायिका निशा सुनारको लोक दोहोरी गीत “फुल झै जोबन” सार्वजनिक

वि.सं.२०८२ असोज २३ बिहीवार १०:४८

काठमाडौं। हिन्दुहरुको महान पर्व बडा दशैं सकिए लगत्तै नेपाली गीतहरु...

राजिब चौलागाँइको नयाँ गीत “कस्ले बुझ्छ मलाई” सार्वजनिक

राजिब चौलागाँइको नयाँ गीत “कस्ले बुझ्छ मलाई” सार्वजनिक

वि.सं.२०८२ असोज ११ शनिवार १०:२५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...