“११ औं सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता” भव्य रूपमा सम्पन्न

काठमाडौँ, जेठ ५ — नेपाल सितोरियो कराते संघको वार्षिक कार्यक्रमअन्तर्गत, शाखा डोजो नक्सालको २६औं वार्षिकोत्सवको अवसरमा आयोजित “११ औं सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता” भव्य रूपमा सम्पन्न भएको छ। राष्ट्रिय खेलकुद परिषद्को स्वीकृति तथा नेपाल कराते महासंघको तत्वावधानमा सम्पन्न प्रतियोगितामा नेपाल टिम ३५ स्वर्ण पदकसहित पहिलो स्थानमा रह्यो।

नेपालका विभिन्न डोजोहरूमध्ये आयोजक नक्साल डोजोले उत्कृष्ट प्रदर्शन गर्दै ६ स्वर्ण र ४ रजत पदक जित्दै च्याम्पियनको उपाधि हात पार्‍यो। प्रतियोगितामा भारतले १४ स्वर्ण, २३ रजत र ४४ कास्य पदक जित्दै दोस्रो स्थान प्राप्त गर्‍यो भने बंगलादेशले १ स्वर्ण, १ रजत र २ कास्यसहित तेस्रो स्थान हासिल गर्‍यो। कतारले १ स्वर्ण पदकसहित चौथो स्थानमा सन्तोष मान्यो। प्रतियोगितामा नुवाकोट कराते टिम ‘उत्कृष्ट अनुशासित टिम’ घोषित भयो भने, न्युटन स्कुलले ‘उत्कृष्ट मार्चपास’ को उपाधि जित्न सफल भयो।

विजेता खेलाडीहरूलाई एक विशेष समापन समारोहका बीच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा नेपाल कराते महासंघका महासचिव दावा गुरुङ, प्रतियोगिता संयोजक एवं नक्साल डोजो अध्यक्ष गजेन्द्रबहादुर खपाङ्गी ‘ईश्वर’, कराते महासंघका सल्लाहकार निवास गोपाल वैद्य तथा विदेशी विशिष्ट अतिथिहरू मिर्जा ग्रान्सफर अली वेग, शोके सैयद, रमेश भडाङ्गे, जितेन्द्र यादव, इन्जिनियर राहुल श्रीवास्तव, अमे लस्करी, उमेश नायडु, अजय सैनी, मोहम्मद ओइराङ्गेवाज आदिको उपस्थितिमा पुरस्कार वितरण गरिएको थियो।

सबैका निम्ति, समान खेलकुद” भन्ने मूल नाराका साथ सम्पन्न प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र कतारका खेलाडीहरूको सहभागिता रहेको थियो। प्रतियोगिताको उद्घाटन कार्यक्रम नेपाल सरकारका पूर्व अर्थमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले शनिबार विशेष समारोहमार्फत गर्नुभएको थियो।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

वि.सं.२०८३ भदौ १० बुधवार ०९:५५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

वि.सं.२०८३ भदौ ९ मंगलवार १२:२६

काठमाडौँ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा एकै मञ्चमा १४...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...