“उत्कृष्ट पत्रकारिता अवार्ड” बाट पत्रकार एवम् समाजसेवी खेम बहादुर बम सम्मानित

काठमाडौं । युवाहरुको प्रतिनिधिमूलक संस्था क्यासनेप फाउण्डेशनले उत्कृष्ट पत्रकारिता अवार्डबाट पत्रकार एवम् समाजसेवी खेमबहादुर बमलाई सम्मानित गरेपछि बागमती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले बधाई तथा धन्यवाद ज्ञापन गर्नुभएको छ ।

सांसद श्रेष्ठले पत्रकार बमलाई भेटी आगामी भविष्यको उत्तरोत्तर प्रगतीको कामना गर्नुभएको छ । शालीन शैलीमा पत्रकारितामा जमिरहेका बमलाई श्रेष्ठले दुरदराजका आवाजहरुलाई सञ्चारमाध्यममा स्थान दिएको भन्दै आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे ।

कर्ममा विश्वस गर्ने बमले काठमाडौं भित्रिएपछि निकै ठूलो मेहनत र जोखिम बहन गर्नुपरेको छ । कैलालीको टीकापूरस्थित सामूदायिक रेडियो टीकापूर एफएमबाट आफ्नो पत्रकारिता सुरुवात गरेका बम टीकापूरकै काइट्स एफ.एम.मा समाचार प्रमुख, डोटीको त्रिवेणी एफ.एम.मा स्टेशन म्यानेजर, डोटीबाट राससको संवाददाता हुँदै काठमाडौंको क्यापिटल एफ.एम.मा समाचार शाखा कोर्डिनेटर र जनता टेलिभिजनको जिल्ला संयोजक हुँदै समाचार सम्पादक बन्नुभएको छ ।

नेपालमा कोरोनाको जोखिम बढेसँगै उद्दार र राहतमा मध्यमार्गी बनेका बमले जनता टेलिभिजनबाट जनताको साथमा जनता टेलिभिजन कार्यक्रम सञ्चालन गनुभएको थियो । कोरोनाले चुल्हो निभेका जनताको घाउमा मल्हमपट्टी लगाउने काममा सक्रिय बनेका बमलाई धेरैले प्रशंसा गरेका छन् ।

कैलालीको टीकापूर अस्पतालमा दैनिक चार पाँच जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइरहेको बेला बमले त्यहाँका संक्रमितहरुलाई आहारा र खाजाको व्यवस्थापन गर्नुभएको थियो । उक्त कार्यका निम्ति टीकापूरस्थित कञ्चन खाद्य उद्योगले सहयोग गरेको थियो ।

सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बुमा बाढीपहिरो जाँदा सोही स्थानमा पुगेर बमले राहात र उद्दार कार्य गर्नुभएको थियो । जसका निम्ति शान्ति सेवा गृहले सहयोग गरेको थियो । कुनै संस्था, फाउण्डेशन नबनाइ, कसैबाट पनि रकम नउठाई मध्यमार्गी मात्रै भएर पनि बमले कैयौँ नागरिकको उद्दार गर्नुभएको छ ।

आगामी दिनमा पनि बमले सामाजिक कार्यमा सक्रिय हुने प्रतिवद्धता गर्नुभएको छ । डोटीको ग्रामिण क्षेत्र बोगटान फुडसिल गाउँपालिका वडा नम्बर ७ मा जन्मिएका बम जनता टेलिभिजनमा कार्यरत हुनुहुन्छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

उपत्यका समन्वय समितीको “२० औं वार्षिक साधारण सभा तथा सातौं अधिबेशन – २०८२” मा प्रसाद लामिछाने निर्वाचित, अन्य कुन कुन पदमा को को निर्वाचित भए त ?

उपत्यका समन्वय समितीको “२० औं वार्षिक साधारण सभा तथा सातौं अधिबेशन – २०८२” मा प्रसाद लामिछाने निर्वाचित, अन्य कुन कुन पदमा को को निर्वाचित भए त ?

वि.सं.२०८२ मंसिर २१ आइतवार १२:५१

प्रकाश बराईली "अभिब्यक्ति" काठमाडौं, नेपाल   राष्ट्रिय लोक तथा दोहोरी...

पार्वती बिश्वकर्मा र राम परियारको स्वरमा पृथक गीत “उनिको स्विटर” सार्वजनिक (भिडियो सहित)

पार्वती बिश्वकर्मा र राम परियारको स्वरमा पृथक गीत “उनिको स्विटर” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ मंसिर १९ शुक्रवार १०:१०

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

सुजन म्युजिक प्रा. लि.को आयोजनामा “तेस्रो इन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०८२” का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक (बिबरण सहित)

सुजन म्युजिक प्रा. लि.को आयोजनामा “तेस्रो इन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०८२” का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक (बिबरण सहित)

वि.सं.२०८२ मंसिर १९ शुक्रवार ०८:४४

काठमाडौं। "सुजन म्युजिक प्रा. लि.को आयोजनामा "तेस्रो इन्डो नेपाल सुजन...

अमृत रामदामको मौलिक गीत “बासीहालो बिहानै भाले” सावजनिक

अमृत रामदामको मौलिक गीत “बासीहालो बिहानै भाले” सावजनिक

वि.सं.२०८२ मंसिर ११ बिहीवार ०६:२३

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

रमेश बिक्रम रत्नको नयाँ गीत  “टेम्पो ढोलकी” अघी सार्वजनिक

रमेश बिक्रम रत्नको नयाँ गीत  “टेम्पो ढोलकी” अघी सार्वजनिक

वि.सं.२०८२ मंसिर ११ बिहीवार ०६:०७

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

क्रोयसियाको इभान्कोभो स्थित रेलको ठक्करबाट एक नेपालीको मृत्यु

क्रोयसियाको इभान्कोभो स्थित रेलको ठक्करबाट एक नेपालीको मृत्यु

वि.सं.२०८२ मंसिर ११ बिहीवार ०५:३५

भिम ओलि युरोप सम्बाददाता (क्रोयसिया)   क्रोयसियाको इभान्कोभो स्थित रेलको...