“हाम्रो बसेरी राम्रो बसेरी” गीतको बिमोचनको अवसरमा मृगौला पिडितलाई ६८ हजार ५ सय ५१ रुपैया हस्तान्तरण

बसेरी उदयपुर सोसियल ग्रुप तथा व्यवस्थापन टिमले निर्माण गरेको गीत तथा म्युजिक भिडियो “हाम्रो बसेरी राम्रो बसेरी ” विमोचन कार्यक्रम सहित सार्वजनिक भएको छ ।

कटारी नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष चन्द्रदिप पौडेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एंव पूर्व मन्त्री श्री शंकर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा अम्बर ब. राउतले स्वागत मन्तब्य राखेका थिए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका युवा नेता पुर्व सभासद मोहन ब. खत्री र समाजसेवी दुर्गा प्रसाद ढकाल, बरिष्ठ सञ्चारकर्मि नेपाल टेलिभिजन कर्मचारी सघका पुर्व अध्यक्ष मनोहरी थापा, सामाजिक अभियन्ता पुन्य गौतम, बाल गायिका पुजा सेञ्चुरी लगायत अन्य कलाकार र पत्रकारहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन शिवन पोखरेलले गरेका थिए भने पत्रकार प्रकाश बराईली “अभिव्यक्ति” ले मिडिया संयोजकको भुमिका निर्वाह गरेका थिए ।

बिगत ४,५ बर्ष देखि दुबै मृगौला फेल भै उपचार गराउदै आएकी हिरा खड्कालाई आर्थिक संकलन गरि ६८ हजार ५ सय ५१ रुपैया हस्तान्तरण गरिएको थियो भने रुकुमकी बाल गायिका पुजा सेन्चुरीलाई प्रोत्सान स्वरुप ५ हजार रुपैया सहयोग गरिएको थियो ।

यस गीतमा नृपध्वज खत्री (निरीप) को शब्द रहेको छ भने चर्चित संगीतकार सुरेश अधिकारीको संगीत रहेको छ ।  योगेश काजि र रेश्मा पुनको स्वर रहेको यस गीतमा हरिश महराको छायांकन, हिम्मत चैशिरको सम्पादन र नृत्य निर्देशन नृपध्वज खत्री ( निरीप) र शिवन पोखरेलको निर्देशन रहेको छ। सो गीतलाई सहारा टिभी नेपालको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

बसेरी सोसियल ग्रुप तथा ब्यबस्थापन टीममा नरेश मगर, मनिष गजमेर , बिकाश श्रेष्ठ, नृपध्वज खत्री (निरीप) र शिवन पोखरेल रहेका छन् । सोही गीतको भिडियो हेर्नका लागि तलको लिन्क क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

वि.सं.२०८३ साउन २ शनिवार १३:३२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

वि.सं.२०८३ असार २५ बिहीवार १३:३९

सहरसा (बिहार)। भारतको बिहार राज्यस्थित सहरसामा आयोजित "रक्तदाता महाकुम्भ–२" कार्यक्रममा...

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

वि.सं.२०८३ असार २५ बिहीवार ०९:१४

काठमाडौं। नेपाली सङ्गीत क्षेत्रमा आफ्नो सुमधुर स्वरले लाखौँ श्रोताको मन...

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

वि.सं.२०८३ असार २१ आइतवार ०७:०६

काठमाडौं। धुनीबेशी नगरपालिकामा आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीलाई परेको...