“हाम्रो बसेरी राम्रो बसेरी” गीतको बिमोचनको अवसरमा मृगौला पिडितलाई ६८ हजार ५ सय ५१ रुपैया हस्तान्तरण

बसेरी उदयपुर सोसियल ग्रुप तथा व्यवस्थापन टिमले निर्माण गरेको गीत तथा म्युजिक भिडियो “हाम्रो बसेरी राम्रो बसेरी ” विमोचन कार्यक्रम सहित सार्वजनिक भएको छ ।

कटारी नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष चन्द्रदिप पौडेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एंव पूर्व मन्त्री श्री शंकर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा अम्बर ब. राउतले स्वागत मन्तब्य राखेका थिए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका युवा नेता पुर्व सभासद मोहन ब. खत्री र समाजसेवी दुर्गा प्रसाद ढकाल, बरिष्ठ सञ्चारकर्मि नेपाल टेलिभिजन कर्मचारी सघका पुर्व अध्यक्ष मनोहरी थापा, सामाजिक अभियन्ता पुन्य गौतम, बाल गायिका पुजा सेञ्चुरी लगायत अन्य कलाकार र पत्रकारहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन शिवन पोखरेलले गरेका थिए भने पत्रकार प्रकाश बराईली “अभिव्यक्ति” ले मिडिया संयोजकको भुमिका निर्वाह गरेका थिए ।

बिगत ४,५ बर्ष देखि दुबै मृगौला फेल भै उपचार गराउदै आएकी हिरा खड्कालाई आर्थिक संकलन गरि ६८ हजार ५ सय ५१ रुपैया हस्तान्तरण गरिएको थियो भने रुकुमकी बाल गायिका पुजा सेन्चुरीलाई प्रोत्सान स्वरुप ५ हजार रुपैया सहयोग गरिएको थियो ।

यस गीतमा नृपध्वज खत्री (निरीप) को शब्द रहेको छ भने चर्चित संगीतकार सुरेश अधिकारीको संगीत रहेको छ ।  योगेश काजि र रेश्मा पुनको स्वर रहेको यस गीतमा हरिश महराको छायांकन, हिम्मत चैशिरको सम्पादन र नृत्य निर्देशन नृपध्वज खत्री ( निरीप) र शिवन पोखरेलको निर्देशन रहेको छ। सो गीतलाई सहारा टिभी नेपालको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

बसेरी सोसियल ग्रुप तथा ब्यबस्थापन टीममा नरेश मगर, मनिष गजमेर , बिकाश श्रेष्ठ, नृपध्वज खत्री (निरीप) र शिवन पोखरेल रहेका छन् । सोही गीतको भिडियो हेर्नका लागि तलको लिन्क क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

उपत्यका समन्वय समितीको “२० औं वार्षिक साधारण सभा तथा सातौं अधिबेशन – २०८२” मा प्रसाद लामिछाने निर्वाचित, अन्य कुन कुन पदमा को को निर्वाचित भए त ?

उपत्यका समन्वय समितीको “२० औं वार्षिक साधारण सभा तथा सातौं अधिबेशन – २०८२” मा प्रसाद लामिछाने निर्वाचित, अन्य कुन कुन पदमा को को निर्वाचित भए त ?

वि.सं.२०८२ मंसिर २१ आइतवार १२:५१

प्रकाश बराईली "अभिब्यक्ति" काठमाडौं, नेपाल   राष्ट्रिय लोक तथा दोहोरी...

पार्वती बिश्वकर्मा र राम परियारको स्वरमा पृथक गीत “उनिको स्विटर” सार्वजनिक (भिडियो सहित)

पार्वती बिश्वकर्मा र राम परियारको स्वरमा पृथक गीत “उनिको स्विटर” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ मंसिर १९ शुक्रवार १०:१०

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

सुजन म्युजिक प्रा. लि.को आयोजनामा “तेस्रो इन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०८२” का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक (बिबरण सहित)

सुजन म्युजिक प्रा. लि.को आयोजनामा “तेस्रो इन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०८२” का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक (बिबरण सहित)

वि.सं.२०८२ मंसिर १९ शुक्रवार ०८:४४

काठमाडौं। "सुजन म्युजिक प्रा. लि.को आयोजनामा "तेस्रो इन्डो नेपाल सुजन...

अमृत रामदामको मौलिक गीत “बासीहालो बिहानै भाले” सावजनिक

अमृत रामदामको मौलिक गीत “बासीहालो बिहानै भाले” सावजनिक

वि.सं.२०८२ मंसिर ११ बिहीवार ०६:२३

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

रमेश बिक्रम रत्नको नयाँ गीत  “टेम्पो ढोलकी” अघी सार्वजनिक

रमेश बिक्रम रत्नको नयाँ गीत  “टेम्पो ढोलकी” अघी सार्वजनिक

वि.सं.२०८२ मंसिर ११ बिहीवार ०६:०७

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

क्रोयसियाको इभान्कोभो स्थित रेलको ठक्करबाट एक नेपालीको मृत्यु

क्रोयसियाको इभान्कोभो स्थित रेलको ठक्करबाट एक नेपालीको मृत्यु

वि.सं.२०८२ मंसिर ११ बिहीवार ०५:३५

भिम ओलि युरोप सम्बाददाता (क्रोयसिया)   क्रोयसियाको इभान्कोभो स्थित रेलको...