नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुग्यो

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । यो वर्ष २०७८ मा सम्पन्न गरिएको जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार  कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको बुधबार तथ्यांक विभागले जानकारी दिएको हो ।

पुरुषको संख्या महिलाको तुलनामा कम छ । ६८ सालको असार महिनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो ।  यो १० वर्षमा नेपालको जनसंख्या २७ लाखले बढेको छ । 

विभागले यो वर्ष दुई चरण गरेर देशको जनगणना सम्पन्न गरेको थियो । यसका लागि ५० हजारभन्दा बढी जनशक्ति खटाइएको थियो । 

जनगणनाबाट सबैभन्दा बढी परिवार मधेश प्रदेशमा पाइएको छ भने सबैभन्दा कम परिवार गण्डकी प्रदेशमा छन् । यस्तै, यो १० वर्षमा प्रतिपरिवार जनसंख्यामा पनि गिरावट आएको छ । २०६८ सालमा नेपालमा एउटा परिवारमा ५ जना बस्थे । अहिले प्रतिपरिवार ४.३२ जना बस्न थालेका छन् ।

नेपालको कुल जनसंख्याको २१ प्रतिशत जनसंख्या मधेश प्रदेशमा बसोबास गर्ने गरेका छन् । यसपछि बागमती प्रदेशमा सबैभन्दा बढी जनसंख्या रहेको यो वर्षको जनगणनाले देखाएको छ । मधेश प्रदेशमा ६१ लाखभन्दा बढी, बागमतीमा ६० लाख जनसंख्या बसोबास गर्ने गरेको पाइएको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

वि.सं.२०८३ भदौ २ मंगलवार ११:३४

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७...

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

वि.सं.२०८३ साउन ३१ आइतवार १३:१३

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...