सहरमा बस्ने हुने खाने वर्गका असभ्य मानिसहरुलाई व्यङ्ग्य गरिएको गीत “म त सहरिया” सार्वजनिक

मेलोडी सुल्तानको उपनामले विख्यात सङ्गीतकार/गायक शिशिर योगीले सहरमा बस्ने हुनेखाने वर्गका असभ्य मानिसहरुलाई व्यङ्ग्य गरिएको गीत ‘म त सहरिया’ को भिडिओ सार्वजनिक गरेका छन् l योगीको आफ्नै सङ्गीत तथा स्वरमा रहेको यस गीतको भिडिओ केही घण्टा अघि उनले आफ्नै अफिसियल युट्युब च्यानल Shishir Yogi  बाट सार्वजनिक गरेका हुन् l

गीतले हुनेखाने र आफूलाई जान्नेसुन्ने ठान्ने सहरिया मान्छेहरुको वास्तविक चरित्र कति स्वार्थी, अनैतिक, व्यक्तिवादी र कपटपूर्ण हुँदै गईरहेको छ भन्ने कुरा छर्लङ्ग पारेको छ l यथार्थपरक भाव बोकेको यस गीतले व्यङ्ग्य सँगसँगै सहरिया मान्छेहरुलाई सन्देश पनि दिएको छ l मूल रचनाकार पुरुषोत्तम अधिकारी र शव्द सम्पादक हरिहर तिमिल्सिना रहेको यस गीतमा सचिन सिंहले सङ्गीत संयोजन गरेका छन् भने अडियो मिक्सिङ प्रकाश मिश्रले गरेका हुन् l

वर्ल्ड कभर मिडियाको पोष्ट प्रोडक्शनमा निर्मित यो भिडिओ वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन, छायाङ्कन र सम्पादनमा तयार भएको हो l जसमा लोकेश भाट सह सम्पादकको रुपमा रहेका छन् l भिडिओमा सङ्गीतकार / गायक शिशिर योगीका साथै मोडल कलाकारको रुपमा मिठाराम के. सी., कृष्णभक्त महर्जन, अर्जुन कुँवर, शिबु पाण्डे आदिले अभिनय गरेका छन् l

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

दोहोरी साँझहरुमा देखाइने अपाच्य श्रव्य दृश्य सामाग्री प्रति “राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ” द्धारा ध्यानाकर्षण (बिज्ञप्ती सहित)

दोहोरी साँझहरुमा देखाइने अपाच्य श्रव्य दृश्य सामाग्री प्रति “राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ” द्धारा ध्यानाकर्षण (बिज्ञप्ती सहित)

वि.सं.२०८० असोज १६ मंगलवार १६:३४

काठमाडौं, असोज १५ । पछिल्लो समय व्यवसायिक रुपमा सञ्चालित विभिन्न...

सिडी विजय अधिकारीको स्वरमा “जीवनको रेल” सार्वजनिक

सिडी विजय अधिकारीको स्वरमा “जीवनको रेल” सार्वजनिक

वि.सं.२०८० असोज १६ मंगलवार ०२:३७

दुई हप्ता अगाडि गायिका समीक्षा अधिकारीको स्वरमा बजारमा आईसकेको "जीवनको...

किरणबाबु पुनको आवाजमा “पिपल बोट मुनी” बोलको गीत सार्वजनिक

किरणबाबु पुनको आवाजमा “पिपल बोट मुनी” बोलको गीत सार्वजनिक

वि.सं.२०८० असोज १५ सोमवार ११:४६

काठमाडौं । लोकप्रिय भारतिय गायिका सञ्जीवनी र गायक तथा संगीतकार...

लोकप्रिय सञ्चारकर्मी, गायक राज कुमार रायमाझी “लोक पत्रकारिता सम्मान” द्धारा ११,१११/- नगद पुरस्कार सहित सम्मानित

लोकप्रिय सञ्चारकर्मी, गायक राज कुमार रायमाझी “लोक पत्रकारिता सम्मान” द्धारा ११,१११/- नगद पुरस्कार सहित सम्मानित

वि.सं.२०८० असोज १५ सोमवार ११:३४

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका...

चर्चित मोडल एबं डान्सर रुबिना अधिकारीले “सर्बाेत्कृष्ट नायिका नृत्य” बिधाबाट अवार्ड पाउन सफल

चर्चित मोडल एबं डान्सर रुबिना अधिकारीले “सर्बाेत्कृष्ट नायिका नृत्य” बिधाबाट अवार्ड पाउन सफल

वि.सं.२०८० असोज १५ सोमवार १०:५५

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका...

अभिनेता अनमोल केसी ठगीको आरोपमा पक्राउ

अभिनेता अनमोल केसी ठगीको आरोपमा पक्राउ

वि.सं.२०८० असोज १२ शुक्रवार १५:२३

काठमाडौँ । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगीको...