सारिका केसी र टिका भुजेलको अभिनयमा “धोकेबाज” सार्वजनिक (भिडियो सहित)
वि.सं.२०७९ मंसिर १७ शनिवार ०७:०९
काठमाडौं, नेपाल । नेपाली सांगीतिक क्षेत्रमा एक पछि अर्को गर्दै नयाँ नयाँ गीतहरु बजारमा आउने क्रम जारी नै छ । नेपाली गीत संगीतमा बेला–बेलामा कर्णप्रिय गीतहरु सार्वजनिक हुने गरेका छन् । सोही क्रममा तिलक रामदामको नयाँ गीत धोकेबाज सार्वजनिक भएको छ ।
नवलपुरका तिलक रामदामले “धोकेबाज” गित भिडियो सहित सार्वजनिक गरेका छन् । नवलपुर जिल्ला बुलिङ्गटार १, थामबेसीमा जन्मेका गायक अनि मोडल तिलक रामदाम बिगत लामो समय देखि नै गीत संगीतमा लाग्दै आएका छन् ।
यस गीतमा लय सुक तमाङ्ग (सागर) ले गरेका हुन् । शब्द आफै गायक रामदामले लेखेका हुन् । यस गीतमा सुनिता बुढा र स्वयम् रामदामको स्वर रहेको छ । कुमार केसीको निर्देशन रहेको गीतमा महेश महराको छायांकन, अमृत चापागाईको सम्पादन रहेको छ ।
उक्त गीतको भिडियोमा सारिका केसी र टिका भुजेलको अभिनय रहेको छ । यस गीतलाई तिलक रामदाम कै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।
वि.सं.२०७९ मंसिर १७ शनिवार ०७:०९